Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश ५ मा मागेर खान निषेध गरिने : मन्त्री बराल

२६ असोज, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मठ मन्दिरमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी भएको बताएका छन् । मानव सेवा आश्रमले आइतबार बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमबारदेखि सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गरिने र क्रमशः प्रदेशका सबै मठ मन्दिरमा यो नियम लागू गरिने बताए । ‘माग्ने […]

तनहुँमा भएको दुर्घटनामा एक युवकको मृत्यु   

२६ असोज, दमौली  । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जीप चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ […]

दशैँपछि सौराहा आउने पर्यटक बढे

२६ असोज, भरतपुर । दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन […]

महोत्तरीबाट तीन लाख भारुसहित युवक पक्राउ

६ असोज, जनकपुरधाम । महोत्तरीबाट श्रोत नखुलेको तीन लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले मटिहानी–जलेश्वर सडक खण्ड अन्तर्गत जलसागर पोखरी नजिकैबाट एक जनालाई पक्राउ गरेको हो । मटिहानी नगरपालिका ८ निवासी २२ बर्षीय राजकुमार साहलाई ३ लाख भारुसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागर महोत्तरीका […]

तरकारीको झोलामा लागूऔषध

२६ असोज, वीरगञ्ज । सशस्त्र प्रहरी बलले वीरगञ्जबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका –१५ भेडियाही बस्ने २० बर्षका जितेन्द्र पासवान लागु औषध इन्जेक्सनसहित पक्राउ परेका हुन् । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउदै गर्दा पासवानले तरकारीको झोलामा लागूऔषध राखेर सुरक्षाकर्मीको आँखा छल्ने प्रयास गरेका थिए । उनको साथबाट लागूऔषध इन्जेक्सन डाइजेपाम, […]

नेकपालाई सीका पाँच सन्देश

२६ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु […]

सी र नेकपा नेताहरूबीच भेटवार्ता

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले होटल सोल्टी पुगेर सीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ । सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि […]

नवलपरासीबाट १० जुवाडे पक्राउ

२६ असोज, नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट भैसाखोरीबाट प्रहरीले नगदसहित १० जुवाडेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, गैंडाकोटको टोलीले गैडाकोट–१० स्थित भैंसाखोरीका राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, […]

वीरगञ्जमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

२६ असोज, वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा वेथान नगरपालिका–७, दार्चुलाकी ४० वर्षीया विसन खत्रीको मृत्यु भएको हो । वीरगञ्ज–१४ स्थित चिनिमिल आवासक्षेत्रमा बस्दै आएकी उनलाई वीरगञ्जबाट गण्डकतर्फ गइरहेको ना ६१ प ४४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । […]

सकियो यस वर्षको बडा दशैं, महालक्ष्मीको पूजा–आराधना गरिँदै

२६ असोज, काठमाडौं । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको यस वर्षको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आजबाट सकिएको छ । दशैंको अन्तिम दिन आजलाई कोजाग्रत पू्र्णिमा भनिन्छ । आजको दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बसेर १५ दिन लामो दशैं समापन गर्ने प्रचलन छ । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको […]

जापानमा आँधीको कहर : कम्तीमा ५ को मृत्यु, ७० लाख मानिसलाई घर छाड्न उर्दी

२६ असोज, काठमाडौं । जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ । राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा […]

आज देशैभर कांग्रेसको चियापान

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज देशैभर चियापान कार्यक्रम गर्दैछ । उपत्यकामा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको छ । बाँकी ७६ वटै जिल्लामा पनि चियापान कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उपत्यकामा हुने […]

युरोकप २०२० मा इटलीको स्थान सुरक्षित

२६ असोज, काठमाडौं । ग्रिसलाई हराउँदै इटलीले युरोकप २०२० मा स्थान सुरक्षित गरेको छ । रोममा शनिबार राति भएको खेलमा इटलीले ग्रिसलाई २–० गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको इटलीले मात्र एकपटक विपक्षी पोष्टमा सही प्रहार गरेको थियो । तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको उसका लागि ६३ औं मिनेटमा जोर्निन्योले […]

सीको कार्यतालिका : नेकपा नेताहरूसँग सामूहिक भेट, १ बजे चीन प्रस्थान

२६ असोज, काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिने भएका छन् । शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्दैछन् । नेकपाका एक नेताका अनुसार, नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा […]

दशैं अवधिमा प्रदेश ५ मा दुर्घटना नै दुर्घटना, २४ ले गुमाए ज्यान, ६२ गम्भीर

२६ असोज, बुटवल । बडा दशैंको अविधमा प्रदेश ५ मा सवारी दुर्घटनामा परी २४ जनाको ज्यान गएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार, असोज १२ देखि २४ सम्म प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र ४ महिला गरी २४ जनाको ज्यान गएको हो । सवारी दुर्घटना र मृत्यु संख्या अघिल्लो […]

कपनको जुवाखालबाट १९ लाख रुपैयाँसहित २१ जुवाडे पक्राउ

२६ असोज, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बौद्ध प्रहरीले जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई नियन्त्रणमा लिइएको बताएको छ । पक्राउ परेका […]

हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा

२५ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् । शीर्ष नेताहरुको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले […]

राजकीय भोजमा राष्ट्रपति भण्डारी र सीको ‘ग्यान्बे’ !

२५ असोज, काठमाडौं । दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् । राष्ट्रपति सी बसेकै होटल सोल्टी क्राउन प्लाजामा राष्ट्रपति भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । सीको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा केही नेपाली परिकारहरुको पनि व्यवस्था गरिएको थियो । रात्रीभोज कार्यक्रमलाई दुवै देशका […]

नेपाल भ्रमणमा आए चिनियाँ राष्ट्रपति

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । उनी भारतको चेन्नाई हुँदै शनिबार राजधानी काठमाडौं आएका हुन् । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको यो २३ वर्षपछि हो । त्यसैले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको स्वागत सम्मान तथा सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रयास नेपाल सरकारले गरेको […]

काठमाडौंमा चिनियाँ राष्ट्रपतिको सवारी

२५ असोज, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलमा स्वागतपछि होटल पुगेका छन् । शनिबार अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । त्यसपछि उनलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट पदाधिकारी, मन्त्रीहरुले स्वागत गरेपछि चिनियाँ राष्ट्रपति सीको सवारी होटल सोल्टीतर्फ भएको थियो […]

चिनियाँ लगानीका आयोजना : कुनैमा कम्पनी नै गायव, कुनैमा धमाधम काम

२५ असोज, काठमाडौं । चीनले नेपालमा विभिन्न आयोजनाहरुमा लगानी गरेको छ । सरकार, सरकारी कम्पनी तथा चीनको एक्जिम बैंकमार्फत थुप्रै आयोजना निर्माणको जिम्मा चीनले लिएको छ । तर, कतिपय आयोजनाहरु निर्माण सुरु नहुँदै अन्योलमा छन् भने कतिपय आयोजनाहरुमा धमाधम काम भइरहेका छन् । करिब २५ वटा साना-ठूला आयोजनाहरु अहिले चिनियाँ सरकारको लगानीमा बनिरहेका छन् ।  चीन सरकारको लगानीमा […]



from समाचार – Online Khabar https://ift.tt/2VCrqOL
via IFTTT
Powered by Blogger.