Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भूकम्प पीडितको पैसा गैरभूकम्प पीडितले पाएपछि…

२९ असोज, गोरखा । २०७२ सालको भूकम्पले उनको घर सग्लो राखेन । प्रवलिकरणमा नाम निस्कियो तर घर टालटुल गरेर बस्न मिल्ने अवस्थामा छैन । पूर्ण लाभग्राही सूचीमा नपरेपछि गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका सिताराम सार्कीले गुनासो फारम पनि भरे । तर सम्बोधन भएको छैन । वडाध्यक्ष मार्फत सम्झौताको समयावधी सकिन लागेको जानकारी पाएका उनी मन नहुँदा नहुँदै […]

एसिड पीडित मुस्कान खातुनलाई भेटे पारस खड्काले

२९ असोज, काठमाडौं । एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई बुधबार क्रिकेटर पारस खड्काले भेट गरेका छन् । मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहरा मुस्कानलाई भेट्न पुगेका थिए । मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले मुस्कान आफूहरु सबैका लागि अनुकरणीय भएको […]

भारत लैजाँदै गरेको मदिरासहित २ जना पक्राउ

२९ असोज, वीरगञ्ज । भारतको बिहारमा मदिरा निषेध गरेपछि छेउछाउका मदिरा पारखीले नेपाललाई गन्तव्य बनाएका छन् । उनीहरुलाई लक्षित गरेर पर्साको सीमावर्ती इलाकामा मदिरा भट्टी र पसल खोलिएका छन् । तर, अलि टाढाका न नेपाल आउन पाउँछन, न मदिरा पिउन पाउँछन् । त्यस्ता मदिरा पारखीलाई लक्षित गरेर नेपालबाट भारततर्फ मदिरा तस्करी हुने गरेको छ । […]

दक्षिण एसियाली राष्ट्रमध्ये नेपालमा भोकमरी न्यून

२९ असोज, काठमाडौं । भोकमरी न्यूनिकरणमा नेपालले खासै प्रगति गर्न नसकेको एक अध्ययनले देखाएको छ । तर, दक्षिण एसियाली स्तरमा भने नेपाल राम्रो स्थितिमा छ । ग्लोबल हंगर इन्डेक्स (विश्वव्यापी भोकमरी सम्बन्धी सूचकांक) २०१९ मा नेपाल ७३ औं स्थानमा रहेको हो । अघिल्लो वर्ष ७२ औं स्थानमा थियो । यस सूचीमा कूल १ सय १७ […]

नेपाल–भारत–चीन साझेदारीको आधार बन्दैछ : प्रचण्ड

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताए । यो भ्रमणका धेरै […]

सांसदलाई रिहा गर्न माग गर्दै राजपाको प्रदर्शन

२९ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसदलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुरमा प्रदर्शन गरेको छ । राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले सांसद प्रमोदकुमार साहलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् । अदालतले भने सांसद साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न […]

‘अब चितवनमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु हुन्छ’

चितवन । चिकित्सा विज्ञानमा अति विशिष्ट मानिने कलेजो प्रत्यारोपण सेवा चितवनको पुरानो मेडिकल कलेजमा पनि सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले गत वैशाख ३० गते पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको छ । प्रत्यारोपणको अनुमति दुई वर्षको छ […]

विमानस्थलमा तोडफोड गर्ने एनआरएनका थापालाई ५० हजार जरिवाना

२८ असोज, काठमाडौं । एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापा थुनामुक्त भएका छन् । उनलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार उनले तोडफोड गरेपछि पक्राउ परेका थिए । रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ […]

पोखरामा पार्किङस्थलका लागि सडक नै ठेक्कामा !

२९ असोज, पोखरा । पोखराका मुख्य क्षेत्रमामात्र नभई सबैजसो शाखा सडकमा एउटै समस्या छ पार्किङको । सडकमा दिनानुदिन बढिरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न महानगरले पार्किङस्थल बनाइसकेको छैन । पार्किङ समस्यालाई व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अगाडि नै अस्तव्यस्त पार्किङ हुने गरेका छन् । लाखौंका संख्यामा दैनिक गुड्ने गाडी सडकका दुवै किनारामा अस्तव्यस्त पार्किङ गर्दा […]

ससुरा हत्याको आरोपमा बुहारी पक्राउ

२९ असोज, रामेछाप । ससुरा हत्याको आरोपमा मन्थली नगरपालिका १२ गेलुकी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ६५ वर्षका ससुरा डिकबहादुर अछामीको हत्या गरेको आरोपमा पक्राउ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई […]

एनआरएनएको प्रतिनिधि छनोटमा धाँदली भएको भन्दै उजुरी

२९ , असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँदली गरेको भन्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् । उजुरीमा छानविन पूरा नहुन्जेलसम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न […]

एनआरएनएको चुनाव होस्, पार्टीको नहोस्

हामीले जुनबेलामा सन् २००३ मा एनआरएनए स्थापना गर्‍यौं, त्यसबेलादेखि नै विदेशमा नेपालीहरुका धेरै संघ संस्थाहरु थिए । सामाजिक संस्था, जातीय, क्षेत्रीय, राजनीतिक, धार्मिक संस्थाहरु हुँदाहुँदै पनि ती छरिएर रहे र केही सीमित कुराहरुमा मात्र व्यस्त भए । नेपाल बाहिर बसेका नेपालीहरुले देशका लागि धेरै योगदान गर्न सक्छन् भनेर हामीले छलफल थाल्यौं । त्यही छलफलपछि हामीले […]

सांसद साहमाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिन म्याद

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए । म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने […]

शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति

२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकप्टर चढेर विमानस्थल पुगेकी छन् । यसअघि  सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा बुधबार बिहान हेलिकप्टरमार्फत विमानस्थल पुगेकी हुन् । सडक मार्ग नभएर राष्ट्रपति किन हेलिकप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन । म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान […]

२ अर्ब लागतमा कागज उद्योग खोल्दै प्रदेश ३ सरकार

२९ असोज, काठमाडौं । प्रदेश ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा […]

जनमोर्चा डोटीका उपाध्यक्ष नेकपा प्रवेश

२९ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका डोटी जिल्ला उपाध्यक्ष मीनबहादुर मलासीसहित १ दर्जन नेता–कार्यकर्ता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखराज भट्टले मलासीसहित जनमोर्चाका नेता–कार्यकर्र्तालाई बुधबार बिहान कैलालीमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन । मलासीसँगै जिल्ला कमिटी सदस्य सिद्धराज बिकलगायत एक दर्जन कार्यकर्ता पनि पार्टी […]

विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे निर्वाचित

२९ असोज, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन् । करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन् । महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, […]

नेकपाले भन्यो- उपनिर्वाचनका उम्मेदवार कात्तिक १० भित्र सिफारिस गर

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन-तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो […]

खाद्य सुरक्षामा अपेक्षित सुधार गर्न सकेनौं : कृषि मन्त्री खनाल

२९ असोज, काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले समग्र खाद्य सुरक्षामा अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गरेका छन् । २०७३ मा गरिएको नेपाल जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको सर्भेक्षणले देशको आधाभन्दा बढी जनसंख्या खाद्य असुरक्षामा रहेको औंल्याएको थियो । कतिपय हिमाली र दुर्गम पहाडी भूभागमा पर्याप्त खाद्यवस्तुको उत्पादन नहुँदा यस्तो अवस्था आएको भन्दै […]

नेकपाको संगठन विभागमा तीन सदस्य थप

२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा तीन जना थप गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । तीन जना सदस्य थपिएसँगै नेकपाको […]

मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण

२९ असोज, म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सीधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सीधा सवारी सञ्चालन […]



from समाचार – Online Khabar https://ift.tt/2MGcefC
via IFTTT
Powered by Blogger.