समाचार
२८ असोज, काठमाडौं । एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापा थुनामुक्त भएका छन् । उनलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार उनले तोडफोड गरेपछि पक्राउ परेका थिए । रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ […]
२९ असोज, पोखरा । पोखराका मुख्य क्षेत्रमामात्र नभई सबैजसो शाखा सडकमा एउटै समस्या छ पार्किङको । सडकमा दिनानुदिन बढिरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न महानगरले पार्किङस्थल बनाइसकेको छैन । पार्किङ समस्यालाई व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अगाडि नै अस्तव्यस्त पार्किङ हुने गरेका छन् । लाखौंका संख्यामा दैनिक गुड्ने गाडी सडकका दुवै किनारामा अस्तव्यस्त पार्किङ गर्दा […]
२९ असोज, रामेछाप । ससुरा हत्याको आरोपमा मन्थली नगरपालिका १२ गेलुकी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ६५ वर्षका ससुरा डिकबहादुर अछामीको हत्या गरेको आरोपमा पक्राउ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई […]
२९ , असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँदली गरेको भन्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् । उजुरीमा छानविन पूरा नहुन्जेलसम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न […]
२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए । म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने […]
२९ असोज, काठमाडौं । प्रदेश ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा […]
२९ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका डोटी जिल्ला उपाध्यक्ष मीनबहादुर मलासीसहित १ दर्जन नेता–कार्यकर्ता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखराज भट्टले मलासीसहित जनमोर्चाका नेता–कार्यकर्र्तालाई बुधबार बिहान कैलालीमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन । मलासीसँगै जिल्ला कमिटी सदस्य सिद्धराज बिकलगायत एक दर्जन कार्यकर्ता पनि पार्टी […]
२९ असोज, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन् । करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन् । महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, […]
२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन-तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो […]
२९ असोज, काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले समग्र खाद्य सुरक्षामा अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गरेका छन् । २०७३ मा गरिएको नेपाल जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको सर्भेक्षणले देशको आधाभन्दा बढी जनसंख्या खाद्य असुरक्षामा रहेको औंल्याएको थियो । कतिपय हिमाली र दुर्गम पहाडी भूभागमा पर्याप्त खाद्यवस्तुको उत्पादन नहुँदा यस्तो अवस्था आएको भन्दै […]
२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा तीन जना थप गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । तीन जना सदस्य थपिएसँगै नेकपाको […]
२९ असोज, म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सीधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सीधा सवारी सञ्चालन […]
२९ असोज, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दैछ । बुधबार मध्याह्न काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागिएको हो । नेकपा महासचिव विष्णु पौडेलका अनुसार १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई निम्तो गरिएको छ […]
२९ असोज, काठमाडौं । नेपाली चेली बोनीता शर्मा विश्वका प्रेरणादायक र प्रभावशाली १०० महिलाको सूचीमा पर्न सफल भएकी छन् । बीबीसीले सन् २०१३ देखि हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक महिलाको सूची सार्वजनिक गर्दै आइरहेको छ । महिलाको अनुकरणीय काम विश्वभर फैलाउने उद्देश्यका साथ प्रकाशित गर्ने गरेको सूचीमा श्रृंगार सामग्री उद्यमी बाँबी ब्राउन, संयुक्त राष्ट्रसंघकी […]
२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि बुधबार म्यानमार जाँदैछिन् । राष्ट्रपति भण्डारी समकक्षी विन मिन्टको निमन्त्रणामा बिहान ११ बजे म्यानमारतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन […]
२९ असोज, काठमाडौं । सिरियामा युद्धविराम गर्न अमेरिकाले राखेको प्रस्ताव टर्कीले अस्वीकार गरेको छ । टर्कीका राष्ट्रपति रेजेप एर्दोगानले उत्तरी सिरियामा युद्धविराम गर्न अस्वीकार गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगानलाई टेलिफोनमार्फत तत्काल युद्धविराम रोक्न भनेका थिए । सिरियामा युद्ध विरामको पहल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ […]
२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले […]
२९ असोज, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको […]
२९ असोज, काठमाडौं । घरेलु टोली स्विडेनसँग १–१ गोलको बराबरी खेलेसँगै स्पेन युरो कप २०२० को लागि छनोट भएको छ । मंगलबार राति समूह ‘एफ’ को खेलमा स्पेनले घरेलु टोली स्विडेनसँग अन्तिम समयमा गोल गर्दै १–१ गोलको बराबरी खेलेको हो । स्पेनलाई युरोकपमा छनोट गराउन रोड्रिगोले गोल गरे । यता, स्विडेनका लागि भने मार्कुस बेर्गले […]
२९ असोज, काठमाडौं । काठमाडौंको गोंगबुबाट साढे चार किलो चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाढ नगरपालिका-१ घर भइ हाल चन्द्रागिरि नगरपालिका-१० थानकोट बस्ने २३ वर्षीय भुवन बुढामगर र जाजरकोटको नलगाढ नगरपालिका-३ घर हाल थानकोट बस्ने २८ वर्षीय नविनप्रकाश पुन छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी […]
२९ असोज, काठमाडौं । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । अम्मान अन्तर्राष्ट्रिय रंगशाला मंगलबार राति भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० गोलअन्तरले पराजित भएको हो । बलियो टोली मानिएको जोर्डनसँग पराजित भएसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सबै अवे खेल खेलिसकेको छ । नेपाली टिमले जोर्डनसँग […]
from समाचार – Online Khabar https://ift.tt/2qinnM8
via IFTTT






















