समाचार
१४ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैनचौर र महाराजगञ्ज प्रहरी वृत्तको अत्याधुनिक भवन उद्घाटन गरेका छन् । मंगलबार बिहान आयोजित औपचारिक कार्यक्रमका बीच खनालले प्रहरी कार्यालयको उद्घाटन गरेका हुन् । प्रहरी प्रधान कार्यालयबाहेक अन्य प्रहरी भवनमध्ये ‘लिफ्ट’सहितको सुविधा भएको पहिलो भवन महाराजगञ्ज वृत्तको भएको प्रहरी अधिकृतहरु बताउँछन् । भवनमा महिला, पुरुष, भीआईपी÷भीभीआईपी र […]
१४ असोज, काठमाडौं । गोरखाका नेताहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा भइरहेको ढिलाइप्रति चिन्ता जनाएका छन् । मंगलबार गोरखा पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा केन्द्रीय सदस्य हरिराज अधिकारीले बुढीगण्डकी आयोजनामा ढिलाइ हुँदा गोरखाको विकास पछि परेको बताए । नेता भट्टराईले बुढीगण्डकी आयोजना नेपालीले नै बनाउने मोडलमा नगए आयोजना […]
१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन् । तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दावी समेत गरे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]
१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे छानबिन गर्न माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले यो गम्भीर आरोप भएकाले निश्पक्ष छानबिन गर्न माग गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘सभामुखमाथि गम्भीर आरोप लागेको छ । यसमा निश्पक्ष छानविन होस् ।’ संसद सचिवालयकै […]
१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहारमा परेकी संसद सचिवालयकी कर्मचारीले केही महिनाअघि विष सेवन गरेर आत्महत्याको प्रयास गरेको खुलेको छ । केही समययता उनी ‘डिप्रेसन’ को शिकार बनिरहेकी छिन् । उनी निकै लामो समयदेखि तनावमा थिइन् । सभामुखबाट बलात्कारमा परेको आरोप लगाउने कर्मचारीका बारेमा चर्चा गर्नुपूर्व आइतबार राति तीनकुनेमा भएको घटनाबारे चर्चा […]
१४ असोज, काठमाडौं । पर्सामा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाईै पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-४ नारायणी अस्पताल अगाडि सडकबाट वडानम्बर १६ का ४५ वर्षीय आवाश अलि र उनका छोरा २२ वर्षीय अस्ताक आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ४ हजार ५ सय […]
१४ असोज, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले यही असोज २३ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ भने असोज २८ गते जोर्डनसँग उसैको भूमिमा खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले […]
१४ असोज, काठमाडौं । सभामुखमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएकी संसदकी कर्मचारीले ‘घटना’ भएलगतै आइतबार राति नै सांसदहरुलाई फोन गरेर सहयोग मागेको खुलासा भएको छ । शनिबार राति ७ बजेतिर सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएको र यौन दुर्व्यवहार गरेको पीडितको दाबी छ । उनले त्यही रात साढे ११ बजे नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई […]
१४ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाब्वे विरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । त्यो हारको बदला लिने लक्ष्यमा पनि नेपाल रहेको छ […]
चिनियाँ राष्ट्रपति नेपाल आउने निश्चित भएको छ । उनको भ्रमणको टुंगो लागेसँगै अहिले नेपाली राजनीतिमा सी विचारधारा, बीआरआई, इण्डोप्यासिफिक रणनीतिलगायतका विषयले चर्चा पाएका छन् । यी विषयहरुलाई फरक–फरक कोणबाट विश्लेषण गरिँदैछ । यी विषयहरुका सन्दर्भमा नेपाल तथा नेपाली जनताको भूमिका कस्तो हुने ? एउटा स्पष्ट विश्लेषण र त्यस आधारमा आफ्नो भूमिका निर्धारण गर्नुपर्ने हुन्छ । […]
१४ असोज, डोटी । जिल्लाका प्रमुख व्यापारी केन्द्र दीपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएभन्दा महँङ्गो मूल्यका सामान किन्न बाध्य छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दीपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य […]
१४ असोज,काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ । नेकपाका एक शीर्ष नेताका अनुसार महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । […]
१४ असोज, चितवन । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो । अर्बुदरोगका कारण […]
१४ असोज, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने बताएका छन् । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय […]
१४ असोज, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए । रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, […]
१४ असोज, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र एउटा भवनमा बिहानदेखि रातिसम्मै ठाकठुक–ठाकठुक,र्याइँ–र्याइँ रुँइ–रुइँको आवाज आइरहन्छ । सुन्दा कहिले फर्निचर कम्पनी हो कि जस्तो लाग्छ त कहिले मोटर ग्यारेजजस्तो । विश्वविद्यालयभित्र उद्योगमै जसरी काम भइरहेको यो भवनमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ रहेको छ । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको परिकल्पना हो । यो नेपाली युवाका लागि आविष्कार […]
१४ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालको योगदान अतुलतीय रहेकाे बताएका छन् । उनले नेपालकाे सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसंघ प्रतिबद्ध रहेको पनि बताए । राष्ट्रसंघको ७४औं महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा […]
१४ असोज, नवलपरासी । नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध […]
१४ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट […]
पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकेर्युता । प्रसादं तनुने महं चन्द्रघण्टेति विश्रुता ।। नवरात्रिको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा आराधना गरेर मनाइँदै छ । नवरात्र अवधिमा नौ देवी पुजिने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा–आराधना गर्न लागिएको हो । चन्द्रघण्टायो देवीको निधारमा घण्टी आकारको आधा चन्द्रमा छ । देवीको यो स्वरूप परम शान्तिदायक र कल्याणकारी हुने धार्मिक वचन छ । उनकाे […]
१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले लगाएको दुर्व्यवहारको आरोप निराधार भएको उनको सचिवालयले दाबी गरेको छ । संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर, सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै महिलाले लगाएको आरोपको खण्डन गरेका […]
from समाचार – Online Khabar https://ift.tt/2noWViP
via IFTTT