समाचार
१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले नैतिकताको आधारमा पदबाट राजिनामा दिएका महरा सभामुखको जिम्मेवारीमा फर्कने बताएका छन् । महराको राजिनामाबारे विभिन्न प्रश्न उठिरहेका बेला मल्लले समाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन । प्रेस सल्लाहकार मल्लले महराको राजिनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुशी हुनु पर्ने कारण नरहेको उल्लेख गरेका […]
१४ असोज, काठमाडौं । जबरजस्तीकरणीकोआरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बतायो । अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँगभने, ‘हामीले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेका छौं ।’ आफ्नै कर्मचारीले […]
१४ असोज, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्छन् । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उनको वार्षिक कार्यक्रमजस्तै बनेको छ । यस वर्ष पनि दशैँका लागि नोट साट्न बिहानै पाँच बजे घाचोकबाट गाडी चढेर पोखराको राष्ट्र बैंक चोकस्थित बैंकको […]
१४ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघको नयाँ नेतृत्वको स्वागत गरेको छ । संघको हालै सम्पन्न विशेष अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । आईसीसीले मंगलबार विज्ञप्ति जारी गर्दै चुनावको स्वागत गरेको छ । आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्, ‘काठमाडौंमा भएको यो विकासक्रमप्रति हामी खुसी छौं, […]
१४ असोज, मान्म (कालीकोट) । जिल्लाको खाँडाचक्र नगरपालिका- ५ बिहानीखोलामा मंगलबार बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने, ‘अहिले जिल्ला […]
१४ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैनचौर र महाराजगञ्ज प्रहरी वृत्तको अत्याधुनिक भवन उद्घाटन गरेका छन् । मंगलबार बिहान आयोजित औपचारिक कार्यक्रमका बीच खनालले प्रहरी कार्यालयको उद्घाटन गरेका हुन् । प्रहरी प्रधान कार्यालयबाहेक अन्य प्रहरी भवनमध्ये ‘लिफ्ट’सहितको सुविधा भएको पहिलो भवन महाराजगञ्ज वृत्तको भएको प्रहरी अधिकृतहरु बताउँछन् । भवनमा महिला, पुरुष, भीआईपी÷भीभीआईपी र […]
१४ असोज, काठमाडौं । गोरखाका नेताहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा भइरहेको ढिलाइप्रति चिन्ता जनाएका छन् । मंगलबार गोरखा पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा केन्द्रीय सदस्य हरिराज अधिकारीले बुढीगण्डकी आयोजनामा ढिलाइ हुँदा गोरखाको विकास पछि परेको बताए । नेता भट्टराईले बुढीगण्डकी आयोजना नेपालीले नै बनाउने मोडलमा नगए आयोजना […]
१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् । तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख […]
१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन् । तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दावी समेत गरे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]
१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे छानबिन गर्न माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले यो गम्भीर आरोप भएकाले निश्पक्ष छानबिन गर्न माग गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘सभामुखमाथि गम्भीर आरोप लागेको छ । यसमा निश्पक्ष छानविन होस् ।’ संसद सचिवालयकै […]
१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी […]
१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहारमा परेकी संसद सचिवालयकी कर्मचारीले केही महिनाअघि विष सेवन गरेर आत्महत्याको प्रयास गरेको खुलेको छ । केही समययता उनी ‘डिप्रेसन’ को शिकार बनिरहेकी छिन् । उनी निकै लामो समयदेखि तनावमा थिइन् । सभामुखबाट बलात्कारमा परेको आरोप लगाउने कर्मचारीका बारेमा चर्चा गर्नुपूर्व आइतबार राति तीनकुनेमा भएको घटनाबारे चर्चा […]
१४ असोज, काठमाडौं । पर्सामा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाईै पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-४ नारायणी अस्पताल अगाडि सडकबाट वडानम्बर १६ का ४५ वर्षीय आवाश अलि र उनका छोरा २२ वर्षीय अस्ताक आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ४ हजार ५ सय […]
१४ असोज, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले यही असोज २३ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ भने असोज २८ गते जोर्डनसँग उसैको भूमिमा खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले […]
१४ असोज, काठमाडौं । सभामुखमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएकी संसदकी कर्मचारीले ‘घटना’ भएलगतै आइतबार राति नै सांसदहरुलाई फोन गरेर सहयोग मागेको खुलासा भएको छ । शनिबार राति ७ बजेतिर सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएको र यौन दुर्व्यवहार गरेको पीडितको दाबी छ । उनले त्यही रात साढे ११ बजे नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई […]
१४ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाब्वे विरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । त्यो हारको बदला लिने लक्ष्यमा पनि नेपाल रहेको छ […]
चिनियाँ राष्ट्रपति नेपाल आउने निश्चित भएको छ । उनको भ्रमणको टुंगो लागेसँगै अहिले नेपाली राजनीतिमा सी विचारधारा, बीआरआई, इण्डोप्यासिफिक रणनीतिलगायतका विषयले चर्चा पाएका छन् । यी विषयहरुलाई फरक–फरक कोणबाट विश्लेषण गरिँदैछ । यी विषयहरुका सन्दर्भमा नेपाल तथा नेपाली जनताको भूमिका कस्तो हुने ? एउटा स्पष्ट विश्लेषण र त्यस आधारमा आफ्नो भूमिका निर्धारण गर्नुपर्ने हुन्छ । […]
१४ असोज, डोटी । जिल्लाका प्रमुख व्यापारी केन्द्र दीपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएभन्दा महँङ्गो मूल्यका सामान किन्न बाध्य छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दीपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य […]
१४ असोज,काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ । नेकपाका एक शीर्ष नेताका अनुसार महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । […]
१४ असोज, चितवन । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो । अर्बुदरोगका कारण […]
१४ असोज, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने बताएका छन् । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय […]
from समाचार – Online Khabar https://ift.tt/2oTCEST
via IFTTT