Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सामाजिक सुरक्षा कोषमा आउने म्याद भोली सकिँदै, ६ हजार रोजगारदाता जोडिए

२९ असोज, काठमाडौं । सरकारले निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई अनिवार्य गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद भोलि (बिहीबार) सकिँदैछ । अघिल्लो सदनसम्म करिब करिब ६ हजार रोजगारदाता र ८५ हजार कामदार कोषमा जोडिएका छन् । हालसम्म कोषमा कामदारको ५ करोड सामाजिक सुरक्षाबापतको रकम जम्मा भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए । उनका […]

एनआरएनएको चुनाव : प्रचारमा बेस्त उम्मेदवार

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ । उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ-आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन् । प्रचार अभियानका क्रममा पन्त र […]

रामेछापका विद्यालयहरुको पुनर्निर्माणको काम अन्तिम चरणमा

२९ असोज, रामेछाप । रामेछाप जिल्लामा भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । २०७२ सालको विनासकारी भूकम्पले क्षति भएका विद्यालहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्व्यन इकाई शिक्षाका प्रमुख निर्मलकुमार घिमिरेल बताए । रामेछाप जिल्लामा भूकम्पले जिल्लामा भएका सबै ४ सय ९ वटा विद्यालयमा क्षति पुर्‍याएको थियो […]

मेलम्ची बाँधस्थलको पनि ठेक्का, चिनियाँ कम्पनी फिल्डमा

२९ आसेज, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क (बाँधस्थल) निर्माणको लागि पनि ठेक्का सम्झौता गरेको छ । १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको हो । यसअघि सिनोसँग नै सुरुङमार्गको बाँकी काम १२ महिनामा सक्ने गरी असोज १२ गते सम्झौता भएको थियो । अहिले सिनो फिल्डमा काम सुरु गर्ने तयारीमा […]

उपनिर्वाचनअघि मन्त्रिपरिषद पुनर्गठन हुँदैन : नेता नेपाल

२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् । मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने उनले बताए । मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेका बेला पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले ग¥यो भने उपचुनाव प्रभावित हुन्छ ।’ प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा […]

यो वर्षको भाइटीकामा पनि रानीपोखरी नखुल्ने

२९ असोज काठमाडौं । भाइटीकाको दिन मात्रै खुल्ने रानीपोखरीको बाल गोपालेश्वर महादेव मन्दिर विगतका ४ बर्षको जस्तै यस बर्ष पनि नखुल्ने भएको छ । भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीभित्र रहेको बालगोपोश्वरको मन्दिर र पुलकोे पुनर्निर्माण नसकिने भएकाले यस बर्षको तिहारमा पनि बालगोपालेश्वर नखुल्ने भएको हो । बालगोपालेश्वर मन्दिर मात्रै भए पनि तिहारअघि खुलाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले […]

३४ देशको सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट

२८ असोज, काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको ६ असोजमा गएको टोलीले पदक पाएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार २४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो, जसमा नेपालसहित ३४ देश र बेलायती फौजका […]

प्रमोद साहले हिरासतमा रहँदासम्म सांसदको हैसियत नपाउने

२९ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको सांसदको हैसियतमा काम गर्न नपाउने भएका छन् । संसद सचिवालयले बुधबार प्रतिनिधिसभा नियमावलीको नियम २४४ को ३ अनुसार सूचना जारी गरी साहले हिरासतमा रहेको अवस्थामा सांसदको हैसियतले कुनै कार्य गर्न र उन्मुक्ति प्राप्त नहुने उल्लेख गरेको छ । सांसद साहले हिरासतमा […]

भूकम्प पीडितको पैसा गैरभूकम्प पीडितले पाएपछि…

२९ असोज, गोरखा । २०७२ सालको भूकम्पले उनको घर सग्लो राखेन । प्रवलिकरणमा नाम निस्कियो तर घर टालटुल गरेर बस्न मिल्ने अवस्थामा छैन । पूर्ण लाभग्राही सूचीमा नपरेपछि गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका सिताराम सार्कीले गुनासो फारम पनि भरे । तर सम्बोधन भएको छैन । वडाध्यक्ष मार्फत सम्झौताको समयावधी सकिन लागेको जानकारी पाएका उनी मन नहुँदा नहुँदै […]

एसिड पीडित मुस्कान खातुनलाई भेटे पारस खड्काले

२९ असोज, काठमाडौं । एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई बुधबार क्रिकेटर पारस खड्काले भेट गरेका छन् । मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहरा मुस्कानलाई भेट्न पुगेका थिए । मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले मुस्कान आफूहरु सबैका लागि अनुकरणीय भएको […]

भारत लैजाँदै गरेको मदिरासहित २ जना पक्राउ

२९ असोज, वीरगञ्ज । भारतको बिहारमा मदिरा निषेध गरेपछि छेउछाउका मदिरा पारखीले नेपाललाई गन्तव्य बनाएका छन् । उनीहरुलाई लक्षित गरेर पर्साको सीमावर्ती इलाकामा मदिरा भट्टी र पसल खोलिएका छन् । तर, अलि टाढाका न नेपाल आउन पाउँछन, न मदिरा पिउन पाउँछन् । त्यस्ता मदिरा पारखीलाई लक्षित गरेर नेपालबाट भारततर्फ मदिरा तस्करी हुने गरेको छ । […]

दक्षिण एसियाली राष्ट्रमध्ये नेपालमा भोकमरी न्यून

२९ असोज, काठमाडौं । भोकमरी न्यूनिकरणमा नेपालले खासै प्रगति गर्न नसकेको एक अध्ययनले देखाएको छ । तर, दक्षिण एसियाली स्तरमा भने नेपाल राम्रो स्थितिमा छ । ग्लोबल हंगर इन्डेक्स (विश्वव्यापी भोकमरी सम्बन्धी सूचकांक) २०१९ मा नेपाल ७३ औं स्थानमा रहेको हो । अघिल्लो वर्ष ७२ औं स्थानमा थियो । यस सूचीमा कूल १ सय १७ […]

नेपाल–भारत–चीन साझेदारीको आधार बन्दैछ : प्रचण्ड

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताए । यो भ्रमणका धेरै […]

सांसदलाई रिहा गर्न माग गर्दै राजपाको प्रदर्शन

२९ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसदलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुरमा प्रदर्शन गरेको छ । राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले सांसद प्रमोदकुमार साहलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् । अदालतले भने सांसद साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न […]

‘अब चितवनमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु हुन्छ’

चितवन । चिकित्सा विज्ञानमा अति विशिष्ट मानिने कलेजो प्रत्यारोपण सेवा चितवनको पुरानो मेडिकल कलेजमा पनि सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले गत वैशाख ३० गते पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको छ । प्रत्यारोपणको अनुमति दुई वर्षको छ […]

विमानस्थलमा तोडफोड गर्ने एनआरएनका थापालाई ५० हजार जरिवाना

२८ असोज, काठमाडौं । एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापा थुनामुक्त भएका छन् । उनलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार उनले तोडफोड गरेपछि पक्राउ परेका थिए । रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ […]

पोखरामा पार्किङस्थलका लागि सडक नै ठेक्कामा !

२९ असोज, पोखरा । पोखराका मुख्य क्षेत्रमामात्र नभई सबैजसो शाखा सडकमा एउटै समस्या छ पार्किङको । सडकमा दिनानुदिन बढिरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न महानगरले पार्किङस्थल बनाइसकेको छैन । पार्किङ समस्यालाई व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अगाडि नै अस्तव्यस्त पार्किङ हुने गरेका छन् । लाखौंका संख्यामा दैनिक गुड्ने गाडी सडकका दुवै किनारामा अस्तव्यस्त पार्किङ गर्दा […]

ससुरा हत्याको आरोपमा बुहारी पक्राउ

२९ असोज, रामेछाप । ससुरा हत्याको आरोपमा मन्थली नगरपालिका १२ गेलुकी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ६५ वर्षका ससुरा डिकबहादुर अछामीको हत्या गरेको आरोपमा पक्राउ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई […]

एनआरएनएको प्रतिनिधि छनोटमा धाँदली भएको भन्दै उजुरी

२९ , असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँदली गरेको भन्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् । उजुरीमा छानविन पूरा नहुन्जेलसम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न […]

एनआरएनएको चुनाव होस्, पार्टीको नहोस्

हामीले जुनबेलामा सन् २००३ मा एनआरएनए स्थापना गर्‍यौं, त्यसबेलादेखि नै विदेशमा नेपालीहरुका धेरै संघ संस्थाहरु थिए । सामाजिक संस्था, जातीय, क्षेत्रीय, राजनीतिक, धार्मिक संस्थाहरु हुँदाहुँदै पनि ती छरिएर रहे र केही सीमित कुराहरुमा मात्र व्यस्त भए । नेपाल बाहिर बसेका नेपालीहरुले देशका लागि धेरै योगदान गर्न सक्छन् भनेर हामीले छलफल थाल्यौं । त्यही छलफलपछि हामीले […]

सांसद साहमाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिन म्याद

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए । म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने […]



from समाचार – Online Khabar https://ift.tt/2VK2Iwd
via IFTTT
Powered by Blogger.