Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एनआरएनए मध्यपूर्व संयोजक र उपसंयोजक निर्बिरोध

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा एक/एक जनाको मात्र उम्मेदवारी परेको छ । संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) सर्वसम्मत चयन भएका हुन् । एनआरएनएको बिभिन्न १२ पदमा ४२ निर्वाचित हुनुपर्नेमा अब ३९ जनाका लागि मात्रै चुनाव हुने […]

तुलादानको रकम विद्यालयलाई हस्तान्तरण

२९ असोज, गुल्मी ।  गुल्मीमा एक वृद्धाले चौरासी पूजामा गरेको तुलादानको रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका-५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा गरेको तुलादानको रकम विद्यालयलाई अक्षयकोष स्थापना गर्न हस्तान्तरण गरेका हुन् । चौरासी पूजाको अवसरमा आयोजित कार्यक्रममा वृद्धा पन्थीले आफ्नी श्रीमती हिमकला पन्थीको नाममा अक्षय कोष स्थापना गर्न सरस्वती प्राविलाई […]

तस्वीरमा नेकपाको चियापान

२९ असोज, काठमाडौं । दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार चियापन कार्यक्रम गर्‍यो । भृकुटीमण्डपमा भेला भएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । दुबैले राष्ट्रिय राजनीतिबारे थोरै चर्चा गरे र सबैलाई शुभकामना […]

नुवाकोटमा बसले किच्दा बालकको मृत्यु   

२९ असोज, नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते […]

सामाजिक सुरक्षा कोषमा आउने म्याद भोलि सकिँदै, ६ हजार रोजगारदाता जोडिए

२९ असोज, काठमाडौं । सरकारले निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई अनिवार्य गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद भोलि (बिहीबार) सकिँदैछ । अघिल्लो सदनसम्म करिब करिब ६ हजार रोजगारदाता र ८५ हजार कामदार कोषमा जोडिएका छन् । हालसम्म कोषमा कामदारको ५ करोड सामाजिक सुरक्षाबापतको रकम जम्मा भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए । उनका […]

एनआरएनएको चुनाव : प्रचारमा ब्यस्त उम्मेदवार (फोटो फिचर)

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ । उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ-आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन् । प्रचार अभियानका क्रममा पन्त र […]

रामेछापका विद्यालयहरुको पुनर्निर्माणको काम अन्तिम चरणमा

२९ असोज, रामेछाप । रामेछाप जिल्लामा भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । २०७२ सालको विनासकारी भूकम्पले क्षति भएका विद्यालहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्व्यन इकाई शिक्षाका प्रमुख निर्मलकुमार घिमिरेल बताए । रामेछाप जिल्लामा भूकम्पले जिल्लामा भएका सबै ४ सय ९ वटा विद्यालयमा क्षति पुर्‍याएको थियो […]

मेलम्ची बाँधस्थलको पनि ठेक्का, चिनियाँ कम्पनी फिल्डमा

२९ आसेज, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क (बाँधस्थल) निर्माणको लागि पनि ठेक्का सम्झौता गरेको छ । १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको हो । यसअघि सिनोसँग नै सुरुङमार्गको बाँकी काम १२ महिनामा सक्ने गरी असोज १२ गते सम्झौता भएको थियो । अहिले सिनो फिल्डमा काम सुरु गर्ने तयारीमा […]

उपनिर्वाचनअघि मन्त्रिपरिषद पुनर्गठन हुँदैन : नेता नेपाल

२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् । मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने उनले बताए । मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेका बेला पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले ग¥यो भने उपचुनाव प्रभावित हुन्छ ।’ प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा […]

यो वर्षको भाइटीकामा पनि रानीपोखरी नखुल्ने

२९ असोज काठमाडौं । भाइटीकाको दिन मात्रै खुल्ने रानीपोखरीको बाल गोपालेश्वर महादेव मन्दिर विगतका ४ बर्षको जस्तै यस बर्ष पनि नखुल्ने भएको छ । भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीभित्र रहेको बालगोपोश्वरको मन्दिर र पुलकोे पुनर्निर्माण नसकिने भएकाले यस बर्षको तिहारमा पनि बालगोपालेश्वर नखुल्ने भएको हो । बालगोपालेश्वर मन्दिर मात्रै भए पनि तिहारअघि खुलाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले […]

३४ देशको सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट

२८ असोज, काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको ६ असोजमा गएको टोलीले पदक पाएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार २४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो, जसमा नेपालसहित ३४ देश र बेलायती फौजका […]

प्रमोद साहले हिरासतमा रहँदासम्म सांसदको हैसियत नपाउने

२९ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको सांसदको हैसियतमा काम गर्न नपाउने भएका छन् । संसद सचिवालयले बुधबार प्रतिनिधिसभा नियमावलीको नियम २४४ को ३ अनुसार सूचना जारी गरी साहले हिरासतमा रहेको अवस्थामा सांसदको हैसियतले कुनै कार्य गर्न र उन्मुक्ति प्राप्त नहुने उल्लेख गरेको छ । सांसद साहले हिरासतमा […]

भूकम्प पीडितको पैसा गैरभूकम्प पीडितले पाएपछि…

२९ असोज, गोरखा । २०७२ सालको भूकम्पले उनको घर सग्लो राखेन । प्रवलिकरणमा नाम निस्कियो तर घर टालटुल गरेर बस्न मिल्ने अवस्थामा छैन । पूर्ण लाभग्राही सूचीमा नपरेपछि गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका सिताराम सार्कीले गुनासो फारम पनि भरे । तर सम्बोधन भएको छैन । वडाध्यक्ष मार्फत सम्झौताको समयावधी सकिन लागेको जानकारी पाएका उनी मन नहुँदा नहुँदै […]

एसिड पीडित मुस्कान खातुनलाई भेटे पारस खड्काले

२९ असोज, काठमाडौं । एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई बुधबार क्रिकेटर पारस खड्काले भेट गरेका छन् । मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहरा मुस्कानलाई भेट्न पुगेका थिए । मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले मुस्कान आफूहरु सबैका लागि अनुकरणीय भएको […]

‘केही भएन’ भन्नेहरुलाई प्रधानमन्त्रीको जवाफ : आँखा खोलेर हेर्नुस्

२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरे । निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही […]

भारत लैजाँदै गरेको मदिरासहित २ जना पक्राउ

२९ असोज, वीरगञ्ज । भारतको बिहारमा मदिरा निषेध गरेपछि छेउछाउका मदिरा पारखीले नेपाललाई गन्तव्य बनाएका छन् । उनीहरुलाई लक्षित गरेर पर्साको सीमावर्ती इलाकामा मदिरा भट्टी र पसल खोलिएका छन् । तर, अलि टाढाका न नेपाल आउन पाउँछन, न मदिरा पिउन पाउँछन् । त्यस्ता मदिरा पारखीलाई लक्षित गरेर नेपालबाट भारततर्फ मदिरा तस्करी हुने गरेको छ । […]

दक्षिण एसियाली राष्ट्रमध्ये नेपालमा भोकमरी न्यून

२९ असोज, काठमाडौं । भोकमरी न्यूनिकरणमा नेपालले खासै प्रगति गर्न नसकेको एक अध्ययनले देखाएको छ । तर, दक्षिण एसियाली स्तरमा भने नेपाल राम्रो स्थितिमा छ । ग्लोबल हंगर इन्डेक्स (विश्वव्यापी भोकमरी सम्बन्धी सूचकांक) २०१९ मा नेपाल ७३ औं स्थानमा रहेको हो । अघिल्लो वर्ष ७२ औं स्थानमा थियो । यस सूचीमा कूल १ सय १७ […]

नेपाल–भारत–चीन साझेदारीको आधार बन्दैछ : प्रचण्ड

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताए । यो भ्रमणका धेरै […]

सांसदलाई रिहा गर्न माग गर्दै राजपाको प्रदर्शन

२९ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसदलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुरमा प्रदर्शन गरेको छ । राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले सांसद प्रमोदकुमार साहलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् । अदालतले भने सांसद साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न […]

‘अब चितवनमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु हुन्छ’

चितवन । चिकित्सा विज्ञानमा अति विशिष्ट मानिने कलेजो प्रत्यारोपण सेवा चितवनको पुरानो मेडिकल कलेजमा पनि सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले गत वैशाख ३० गते पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको छ । प्रत्यारोपणको अनुमति दुई वर्षको छ […]

विमानस्थलमा तोडफोड गर्ने एनआरएनका थापालाई ५० हजार जरिवाना

२८ असोज, काठमाडौं । एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापा थुनामुक्त भएका छन् । उनलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार उनले तोडफोड गरेपछि पक्राउ परेका थिए । रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ […]



from समाचार – Online Khabar https://ift.tt/2MmmjQ2
via IFTTT
Powered by Blogger.