समाचार
२९ असोज, काठमाडौ । सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित उद्योग बन्द गरेर लगानी फिर्ता लैजान दोस्रो पत्र काटेको छ । एक महिना अगाडि दिएको आदेश अटेर भएपछि उद्योग विभागले बुधबार पुन: पत्र काटेको हो । सरकारले यसअघि लगानी फिर्ता गर्न ४५ दिनको समयसीमा दिएको थियो । उक्त समयसीमा सकिन दुई साता मात्रै बाँकी रहँदा […]
२९ असोज, कैलाली । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट बुधबार एक वृद्धको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ७० वर्षीय बलदेव बोहराको जंगलमा बाख्रा चराउन गएको बेला हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सिद्ध–बैद्यनाथ सामुदायिक वनमा बाख्रा चराउन जाँदा उनी हात्तीको आक्रमणमा परेका थिए । हात्तीले आक्रमण गर्दा भागेका अर्का स्थानीयको […]
२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ६ हजार घुस सहित मालपोत कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्रा र दुर्गाप्रसाद चौधरीलाई घुससहित पक्राउ गरेको हो । मोही जग्गा नामसरी गरिदिने भन्दै सेवाग्रहीसंग घुस लिएका उनीहरु भुमिसुधार कार्यालयमा रंगेहात फेला परेका थिए । दुबैजना […]
२९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ । कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर कात्तिक ८ गतेसम्म पुर्याएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । दशैं विदापछि कार्यालय खुल्दा फारम भर्नेको अत्यधिक […]
२९ असोज, हेटौंडा । जिल्लाको एकमात्र पर्यटकीय गाउँ चित्लाङमा तीन दिनदेखि चल्दै आएको कृष्णलिलासहितको कात्तिके नाच राँगाको बलिदिएर सकिएको छ । चित्लाङ माझगाउँको डबलीमा सोमबार बेलुकादेखि सुरु भएको नाच बुधबार विहान करिब ९ बजे राँगाको भोगसँगै सकिएको हो । जात्रा भर्न आएका हजारौंको माझमा भैरवको मुखुण्डो लगाएका कालभैरवले राँगाको घाँटी रेटेर तनतन रगत पिएका थिए […]
२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार बेलुका मतदान हुँदैछ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार पन्तको प्रस्तावकमा राधिका गुरुङ र समर्थकमा डीबी क्षेत्री रहेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आचार्यको प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व […]
२९ असोज, वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तार गर्दा चलनचल्तीको मुल्य अनुसार मुआब्जा दिनुपर्ने माग घरधनीहरुले राखेका छन् । वैकल्पिक सडक भएको अवस्थामा सहर नै तहस नहस हुनेगरी वीरगञ्जको मुख्य सडक विस्तार गर्न आवश्यक नरहेको उनीहरुको भनाइ छ । उनीहरुले आफूहरुको आग्रहलाई वेवास्ता गरेर राज्य अगाडि बढेको खण्डमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् […]
२९ असोज, काठमाडौं । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ । पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश […]
२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा समाजवादी पार्टीले कुमार पन्तको प्यानललाई समर्थर्ने भएको छ । बुधबार काठमाडौंमा हुने निर्वाचनमा एनआरएनएको नयाँ नेतृत्वका लागि पन्तको प्यानललाई समर्थन गर्ने पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । एनआरएनएको नयाँ नेतृत्वका लागि पन्तसँगै कुल आचार्यको प्यानल प्रतिस्पर्धामा छ । सम्मेलनमा करिब २५ सय […]
२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा एक/एक जनाको मात्र उम्मेदवारी परेको छ । संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) सर्वसम्मत चयन भएका हुन् । एनआरएनएको बिभिन्न १२ पदमा ४२ निर्वाचित हुनुपर्नेमा अब ३९ जनाका लागि मात्रै चुनाव हुने […]
२९ असोज, गुल्मी । गुल्मीमा एक वृद्धाले चौरासी पूजामा गरेको तुलादानको रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका-५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा गरेको तुलादानको रकम विद्यालयलाई अक्षयकोष स्थापना गर्न हस्तान्तरण गरेका हुन् । चौरासी पूजाको अवसरमा आयोजित कार्यक्रममा वृद्धा पन्थीले आफ्नी श्रीमती हिमकला पन्थीको नाममा अक्षय कोष स्थापना गर्न सरस्वती प्राविलाई […]
२९ असोज, काठमाडौं । दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार चियापन कार्यक्रम गर्यो । भृकुटीमण्डपमा भेला भएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । दुबैले राष्ट्रिय राजनीतिबारे थोरै चर्चा गरे र सबैलाई शुभकामना […]
२९ असोज, नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते […]
२९ असोज, काठमाडौं । सरकारले निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई अनिवार्य गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद भोलि (बिहीबार) सकिँदैछ । अघिल्लो सदनसम्म करिब करिब ६ हजार रोजगारदाता र ८५ हजार कामदार कोषमा जोडिएका छन् । हालसम्म कोषमा कामदारको ५ करोड सामाजिक सुरक्षाबापतको रकम जम्मा भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए । उनका […]
२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ । उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ-आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन् । प्रचार अभियानका क्रममा पन्त र […]
२९ असोज, रामेछाप । रामेछाप जिल्लामा भूकम्पले क्षति पुर्याएका विद्यालयहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । २०७२ सालको विनासकारी भूकम्पले क्षति भएका विद्यालहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्व्यन इकाई शिक्षाका प्रमुख निर्मलकुमार घिमिरेल बताए । रामेछाप जिल्लामा भूकम्पले जिल्लामा भएका सबै ४ सय ९ वटा विद्यालयमा क्षति पुर्याएको थियो […]
२९ आसेज, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क (बाँधस्थल) निर्माणको लागि पनि ठेक्का सम्झौता गरेको छ । १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको हो । यसअघि सिनोसँग नै सुरुङमार्गको बाँकी काम १२ महिनामा सक्ने गरी असोज १२ गते सम्झौता भएको थियो । अहिले सिनो फिल्डमा काम सुरु गर्ने तयारीमा […]
२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् । मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने उनले बताए । मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेका बेला पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले ग¥यो भने उपचुनाव प्रभावित हुन्छ ।’ प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा […]
२९ असोज काठमाडौं । भाइटीकाको दिन मात्रै खुल्ने रानीपोखरीको बाल गोपालेश्वर महादेव मन्दिर विगतका ४ बर्षको जस्तै यस बर्ष पनि नखुल्ने भएको छ । भूकम्पले क्षति पुर्याएको रानीपोखरीभित्र रहेको बालगोपोश्वरको मन्दिर र पुलकोे पुनर्निर्माण नसकिने भएकाले यस बर्षको तिहारमा पनि बालगोपालेश्वर नखुल्ने भएको हो । बालगोपालेश्वर मन्दिर मात्रै भए पनि तिहारअघि खुलाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले […]
२९ असोज, काठमाडौं । कामको खोजीमा नेपाली युवाहरु विदेशिने गरेको समाचार नौलो भएन । तर, काम खोज्दै अन्य देशबाट नेपाल आउने क्रम पनि पछिल्लो समयमा बढेको छ । फरक के छ भने हामी नेपालबाट अदक्ष जनशक्ति विदेश आपूर्ति गर्छौं, विदेशबाट दक्ष जनशक्ति नेपाल आउँछन् । दक्ष जनशक्तिको अभाव भएपछि विभिन्न कार्यालय, होटल, उद्योग, परियोजना र […]
२८ असोज, काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको ६ असोजमा गएको टोलीले पदक पाएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार २४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो, जसमा नेपालसहित ३४ देश र बेलायती फौजका […]
from समाचार – Online Khabar https://ift.tt/2qheDFX
via IFTTT






















