Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको स्वविवेकको कुरा हो : पोखरेल

२९ असोज, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरको चियापान कार्यक्रममा उनले पत्रकारहरुसँग भने, ‘मन्त्रिपरिषद पुनर्गठनको कुरा गर्दा, मन्त्रीहरु परिवर्तन हुन सक्छन । त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा […]

नेकपाको चियापान : भीआईपीलाई छुट्टै निमन्त्रणा, छुट्टै मञ्च

२९ असोज, काठमाडौं । एउटै कार्यक्रम, स्वागतमा एकै पात्र तर, दुई वटा फरकफरक मञ्च । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापन कार्यक्रममा देखिएको दृश्य हो यो । दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा चियापन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई दुई भागमा बाँडिएको थियो र समय पनि छुट्टाछुट्टै […]

तीनकुनेको दुबो चोरियो, सशस्त्र प्रहरीको पहरा

२९ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा तीनकुनेमा रोपिएका दुबो चोरी भएको छ । केही क्षेत्रमा राखिएका दुबो चपरा हराएका हुन् । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार केही क्षेत्रबाट दुबो हराएका हुन् । दुबो हराउन थालेपछि महानगरपालिकाले सशस्त्र प्रहरीलाई सुरक्षा तथा रेखदेखका लागि अनुरोध गरेको छ । यसअनुसार […]

घुस लिएको आरोपमा एक प्रहरी नायब निरीक्षकविरुद्ध मुद्धा दायर

२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थली काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तविरुद्ध बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । सवारी दुर्घटनासम्बन्धी विषयमा मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग ५  हजार रुपैयाँ घुस लिएको आरोपमा पन्तविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग […]

‘केही भएन’ भन्नेहरुलाई प्रधानमन्त्रीको जवाफ : आँखा खोलेर हेर्नुस्

२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरे । निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही […]

बालकले हाँस चोर्दा ३० हजार जरिवाना, तिर्न नसक्दा सामाजिक बहिस्कार

२९ असोज, विराटनगर । हाँस चोरी गर्दा समाजले निर्धारण गरेको जरिवाना तिर्न नसक्दा मोरङको एक गाउँका सात परिवार सामाजिक बहिस्कारमा परेको छ । तीनवटा हाँस चोरी गर्दा समातिएका ६ जनाले समाजले तोकेको जनही पाँच हजार जरिवाना तिर्न नसक्दा सात परिवार सामाजिक बहिस्कारमा परेको हो । घटना गत भदौै २३ गतेको हो । स्थानीय लट्याङ सरदारको […]

एसिडपीडित मुस्कानको डाक्टर बन्ने सपना

काठमाडौँ । वीरगञ्जको मुस्कान खातुनले जिन्दगीको सबैभन्दा विभत्स दिनहरु बाँचेको आज ठ्याक्कै ३७ दिन भयो। यो ३७ दिनका केही दिन रोएर बिते । केही दिन अर्धबेहोशीमै । तर, आजकाल उनले रुन बिर्सिसकेकी छन् । जिन्दगीमा आइलागेको घटना भोग्नैपर्ने यथार्थ बोध भइसकेको छ । ‘यति सानो उमेर र यो अवस्थामा यत्रो आत्मविश्वास ! कसरी ?’ बलिउड […]

शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति

२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकप्टर चढेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी छन् । राष्ट्रपति म्यानमार जाने क्रममा बुधबार बिहान हेलिकप्टरमार्फत विमानस्थल पुगेकी हुन् । यसअघि सडकमार्ग भएर जाँदा सवारीका क्रममा सडक खाली गराउने गरिन्थ्यो । तर कार्यालय समयमा यसो गर्दा धेरे जाम हुने गरेको भन्दै निकै आलोचना पनि हुन थालेको थियो । […]

सरकार पूर्णत: असफल भयो, अब जनगणतन्त्र चाहिन्छ : सिपी गजुरेल

२९ असोज, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले वर्तमान सरकार पुर्णत असफल भएको टिप्पणी गरेका छन् । सत्तारुढ दल नेकपाले नै दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरको चियापान कार्यक्रममा पुगेका नेता गजुरेलले सरकार पूर्णत असफल भएको आरोप लगाउँदै जनताको विकास र समृद्धिको अकांक्षा पूरा गर्दै समाजवादसम्म पुग्न जनगणतन्त्र चाहिने […]

नर्सरीले मिच्यो मैतीदेवी मन्दिरको जग्गा

२९ असोज, काठमाडौं । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मैतीदेवी मन्दिरको करिब एक रोपनी जग्गा वरिपरिबाट मिचिएको छ । पशुपतिनाथ मन्दिर जत्तिकै पुरानो ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्र वरिपरिबाट मिचिएर खुला स्थान साँघुरिँदै जान थालेको स्थानीयवासीको गुनासो छ । मन्दिर क्षेत्रमा रहेको १४ रोपनी जग्गामध्ये २०५७ मा तीन रोपनी जग्गा नर्सरीलाई दिइएको छ […]

विपीको सिको गर्दै चियापान गरेकोमा नेकपालाई धन्यवाद : देउवा

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा चियापान कार्यक्रम गरेकोमा सत्तारुढ दल नेकपालाई धन्यवाद दिएका छन् । चाडपर्वका अवसरमा चियापन कार्यक्रमको सुरुवात नेपाली कांग्रेसका नेता विपी कोइरालाले गरेको उल्लेख गर्दै देउवाले विपीको सिको गर्दै चियापानलाई निरन्तरता दिएकोमा नेकपालाई धन्यवाद दिए । ‘चियापानको सुरुवात कांग्रेसको आदरणीय नेता […]

सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिन्छ : रामचन्द्र पोडेल

२९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिने बताएका छन् । दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा सत्तारुढ नेकपाले राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् । ‘सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिन्छ । यो भन्दा फरक भए हामीलाई […]

नेकपाको चियापानमा बामदेवलाई प्रश्न : प्रचण्ड कहिले प्रधानमन्त्री बन्नुहुन्छ ?

२९ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य बामदेव गौतमले केपी शर्मा ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका छन् । दशैं, तिहार, नेपाल सम्बत र छठको पर्वका अवसरमा पार्टीले बुधबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले तत्कालीन एमाले र माआवादीबीच भएको सहमति कार्यान्वयन हुने बताएका हुन् […]

उत्तर कोरियाली लगानी फिर्ता गर्न आलटाल, सरकारले काट्यो अर्को पत्र

२९ असोज, काठमाडौ । सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित उद्योग बन्द गरेर लगानी फिर्ता लैजान दोस्रो पत्र काटेको छ । एक महिना अगाडि दिएको आदेश अटेर भएपछि उद्योग विभागले बुधबार पुन: पत्र काटेको हो । सरकारले यसअघि लगानी फिर्ता गर्न ४५ दिनको समयसीमा दिएको थियो । उक्त समयसीमा सकिन दुई साता मात्रै बाँकी रहँदा […]

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

२९ असोज, कैलाली । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट बुधबार एक वृद्धको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ७० वर्षीय बलदेव बोहराको जंगलमा बाख्रा चराउन गएको बेला हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सिद्ध–बैद्यनाथ सामुदायिक वनमा बाख्रा चराउन जाँदा उनी हात्तीको आक्रमणमा परेका थिए । हात्तीले आक्रमण गर्दा भागेका अर्का स्थानीयको […]

६ हजार घुससहित मालपोतका दुई खरिदार पक्राउ

२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ६ हजार घुस सहित मालपोत कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्रा र दुर्गाप्रसाद चौधरीलाई घुससहित पक्राउ गरेको हो । मोही जग्गा नामसरी गरिदिने भन्दै सेवाग्रहीसंग घुस लिएका उनीहरु भुमिसुधार कार्यालयमा रंगेहात फेला परेका थिए । दुबैजना […]

त्रिविमा प्राइभेट परीक्षाको फारम भर्ने मिति एक हप्ता थप

२९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ । कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर कात्तिक ८ गतेसम्म पुर्‍याएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । दशैं विदापछि कार्यालय खुल्दा फारम भर्नेको अत्यधिक […]

चित्लाङमा सञ्चालित ७ सय बर्ष पुरानो नाच सम्पन्न

२९ असोज, हेटौंडा । जिल्लाको एकमात्र पर्यटकीय गाउँ चित्लाङमा तीन दिनदेखि चल्दै आएको कृष्णलिलासहितको कात्तिके नाच राँगाको बलिदिएर सकिएको छ । चित्लाङ माझगाउँको डबलीमा सोमबार बेलुकादेखि सुरु भएको नाच बुधबार विहान करिब ९ बजे राँगाको भोगसँगै सकिएको हो । जात्रा भर्न आएका हजारौंको माझमा भैरवको मुखुण्डो लगाएका कालभैरवले राँगाको घाँटी रेटेर तनतन रगत पिएका थिए […]

नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी

२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ । सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर गरे […]

तस्वीरमा नेकपाको चियापान

२९ असोज, काठमाडौं । दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार चियापन कार्यक्रम गर्‍यो । भृकुटीमण्डपमा भेला भएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । दुबैले राष्ट्रिय राजनीतिबारे थोरै चर्चा गरे र सबैलाई शुभकामना […]

एनआरएनएको नयाँ नेतृत्वका लागि को को छन् उम्मेदवार ?

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार बेलुका मतदान हुँदैछ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार पन्तको प्रस्तावकमा राधिका गुरुङ र समर्थकमा डीबी क्षेत्री रहेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आचार्यको प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व […]



from समाचार – Online Khabar https://ift.tt/2MkHbHk
via IFTTT
Powered by Blogger.