समाचार
२५ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रहरीले लागूऔषधसिहत एक जनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पत्थरी शनिश्चरे नगरपालिका-४ घर भएका २६ वर्षीय सन्दिप राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ४ एम्पुल फेनारगन, ४ एम्पुल डाइजेपाम, ४ एम्पुल लुपिजेसिक र १३ थान सिरिन्ज बरामद गरेको छ । महानगरीय प्रहरी […]
२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी […]
२५ असोज, काठमाडौं । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१० तिनटोलियाबाट भन्सार छलीका करिब ३ लाख ५० हजार भन्दा बढीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याएको कपडा र धाराको गेटवल वेवारिसे अवस्थामा तिनटोलियाबाट शनिबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएका सामानहरु विराटनगर भन्सार कार्यालय रानी पठाउने तयारी भइरहेको […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न निजामती कर्मचारीहरु सडकमा उपस्थित भएका छन् । कर्मचारीहरुलाई नयाँबानेश्वर–माइतीघर सडकखण्डमा खटाइएको छ । उनीहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेका छन् । सरकारी कार्यालयहरुले चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि अनिवार्य तोकिएको स्थानमा उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन दिएको थियो । कर्मचारीहरुलाई आइतबार पनि सोही स्थानमा उपस्थित […]
२५ असोज, काठमाडौँ । नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महिनाभित्र रसुवागढीमा सुक्खा […]
२५ असोज, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निर्माणाधीन तल्लो लिखु जलविद्युत आयोजनाको निर्माण करिव ६० प्रतिशत पूरा भएको छ । २८.१ मेगावाट क्षमताको सो आयोजना स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले विभिन्न वित्तीय संस्थाहरुको लगानीमा निर्माण भइरहेको छ । आयोजनाका प्रतिनिधि वसन्त पौडेलका अनुसार अहिले लिखु खोला किनासरको ढाँडेस्थित ड्याम साइटमा वाँध, फिल्टर गर्ने […]
२५ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले चालु आर्थिक वर्षमा वीरगञ्जबाट २ करोड २१ लाख ३ हजार ९३ रुपैयाँ बराबरको समान बरामद गरेको छ । भन्सार छली अवैध रुपमा भित्र्याईएका लत्ता कपडा, इलेक्ट्रिक, हार्डवेयरका समान, घरायसी किराना समानहरु बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वाटर वीरगञ्ज भन्सार क्षेत्रमा राजश्व तथा […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् । सडकमा सशस्त्र प्रहरी, […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने भएको छ । सोल्टी होटलमा साँझ ७ बजेपछि हुने रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको रंगदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने छ । परराष्ट्र मन्त्रालयले निम्तो कार्डसँगै अतिथिहरुले पालना गर्नुपर्ने नियम बुँदागत रुपमा लेखेर पठाएको छ […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक वार्ता सकिएको छ । शनिबार दोस्रो दिन दुई नेताबीच तामिलनाडुको महाबलीपुरमस्थित कोव रिसोर्टमा करिव ४० मिनेट अनौपचारिक वार्ता भयो । त्यसपछि दुई देशको प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो । वार्तापछि मोदीले भने, ‘२१औं शताब्दीमा भारत र चीनले नयाँ उचाई हासिल गरिरहेका छन् । […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नाइबाट नेपाल प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा सी नेपाल आउन लागेका हुन् । उनको स्वागतका लागि नेपालमा विशेष तयारी गरिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने छिन् । विमानस्थलमै नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्नेछ । […]
२५ असोज, जनकपुरधाम । प्रदेश २ को दुई जिल्लाबाट दुई दिन नबित्दै २ जना नक्कली प्रहरी पक्राउ परेका छन् । आफूलाई प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिँदै रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको छ । महोत्तरीबाट एक जना नक्कली प्रहरी पक्राउ परेको दुई दिन नबित्दै धनुषाबाट पनि अर्काे एक जना समातिएका […]
२५ असोज, उदयपुर । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा शुक्रबार राति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया शारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो । शनिबार बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार काठमाडौं आइपुग्नेछन् । र, आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ होटल सोल्टीमा रात्रीभोज दिनेछिन् । त्यसअघि देउवाले राष्ट्रपति […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने समयमा साढे दुई घण्टा विमानस्थल बन्द हुने भएको छ । विमानस्थलको नागरिक उड्डयन कार्यालयले भीभीआईपी मुभमेन्टका लागि भन्दै दिउँसो २ः५५ देखि ५:२५ सम्मका लागि ‘नोटिस टु एयरम्यान’ (नोटाम) जारी गरेको छ । आइतबार पनि सी फर्किने समयममा साढे २ घटाका लागि उडान अवतरण […]
२५ असोज, जनकपुरधाम । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने अतिथिका लागि खानेकुरा पकाउन खटिएका चार जना ग्यास पड्किँदा घाइते भएका छन् । महोत्तरीको गौशाला नगरपालिकामा समाजवादी पार्टीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री डा. […]
२५ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि काठमाडौंमा धेरै तयारी गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि जिनपिङ बस्ने सोल्टी होटलसम्म सडक कालोपत्रे गरेर चिल्लो पारिएको छ । सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सीको फोटो झुण्ड्याइएको छ […]
२५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१० आदर्शनगर पानी ट्याङ्कीस्थित ओम साइ ड्रिंकिंग वाटर उद्योगमा शनिबार विहान आगलागी भएको छ । आगलागीबाट करिब ४ करोड मुल्य बराबारको क्षती भएको प्रहरीले जनाएको छ । वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरुको सहयोगमा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका […]
२५ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् । उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपाल चिनियाँ पर्यटकका निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे । मित्रराष्ट्र […]
२५ असोज, काठमाडौं । पर्साको पर्सागढी नगरपालिका-३ मा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ना.२०प. २२८७ नम्वरको मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका-२ छप्कैयाका ३० वर्षीय अदनान सिद्धिकी रहेका छन् । घाइते सिद्धिकीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी राजदूत र्याण्डी बेरीले इन्डो–प्यासिफिक रणनीतिबारे ट्विट गरेका छन् । राजदूत बेरीले शुक्रबार दुई मिनेट लामो भिडियोमार्फत इन्डो–प्यासिफिकबारे अमेरिकी धारणा सार्वजनिक गरेका हुन् । ‘इन्डो–प्यासिफिक आवद्ध हुनुपर्ने कुनै क्लब होइन, यसमा सही गर्नुपर्ने कागजात छैन र यो कुनै सम्झौता पनि होइन’ बेरीले भिडियोमा भनेका […]
from समाचार – Online Khabar https://ift.tt/2MDJyDS
via IFTTT





















