Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कांग्रेसको चियापन समारोह आइतबार   

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । विगतको वर्ष झैं यो वर्ष पनि कांग्रेसले विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आइतबार अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको पार्टी कार्यालयका […]

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु  

२५ असोज, बैतडी । खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो । शनिबार दिउँसो साढे १ बजे स्थानीय जैसिया भीरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिए । भीरबाट लडेर करीब ३०० […]

सीता एयरको विमानको इन्जिनभित्रै चरा पसेपछि…

२५ असोज, सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार […]

बझाङबाट चन्द समूहका जिल्ला सदस्य पक्राउ   

२५ असोज, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो । उनीहरुबाट नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला […]

गाडीबाट खसेर सुर्खेतमा एक जनाको मृत्यु

२५ असोज, सुर्खेत । रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा शनिबार दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नम्वरको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नम्वरको फोर्स गाडीका धनी हुन् […]

चिनियाँ लगानीका आयोजना : कुनैमा कम्पनी नै गायव, कुनैमा धमाधम काम

२५ असोज, काठमाडौं । चीनले नेपालमा विभिन्न आयोजनाहरुमा लगानी गरेको छ । सरकार, सरकारी कम्पनी तथा चीनको एक्जिम बैंकमार्फत थुप्रै आयोजना निर्माणको जिम्मा चीनले लिएको छ । तर, कतिपय आयोजनाहरु निर्माण सुरु नहुँदै अन्योलमा छन् भने कतिपय आयोजनाहरुमा धमाधम काम भइरहेका छन् । करिब २५ वटा साना-ठूला आयोजनाहरु अहिले चिनियाँ सरकारको लगानीमा बनिरहेका छन् ।  चीन सरकारको लगानीमा […]

लागूऔषधसिहत नागढुंगाबाट एक युवक पक्राउ

२५ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रहरीले लागूऔषधसिहत एक जनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पत्थरी शनिश्‍चरे नगरपालिका-४ घर भएका २६ वर्षीय सन्दिप राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ४ एम्पुल फेनारगन,  ४ एम्पुल डाइजेपाम, ४ एम्पुल लुपिजेसिक र १३ थान सिरिन्ज बरामद गरेको छ । महानगरीय प्रहरी […]

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी […]

नेपाल–चीन व्यापारको आयाम

२५ असोज, काठमाडौं । जटिल हिमाली पर्वत छिचोलेर नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतवीच साढे दुई सय वर्ष अघिदेखि परम्परागत ब्यापारिक सम्बन्ध रहेको इतिहास पाइन्छ । नेपालका उच्च हिमाली क्षेत्रका मानिसहरु रुसुवागढी नाका भएर केरुङ तथा हालको हिल्सा, यारी भएर ताक्लाकोटसम्म नुन र दैनिक जिविकोपार्जनको वस्तु खरिद गर्न चीनको तिब्बतसम्म पुग्थे । वस्तु विनिमयको तत्कालीन […]

मोरङबाट भन्सार छलीका साढे ३ लाखको सामान बरामद

२५ असोज, काठमाडौं । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१० तिनटोलियाबाट भन्सार छलीका करिब ३ लाख ५० हजार भन्दा बढीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याएको कपडा र धाराको गेटवल वेवारिसे अवस्थामा तिनटोलियाबाट शनिबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएका सामानहरु विराटनगर भन्सार कार्यालय रानी पठाउने तयारी भइरहेको […]

चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न कर्मचारीहरु सडकमा

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न निजामती कर्मचारीहरु सडकमा उपस्थित भएका छन् । कर्मचारीहरुलाई नयाँबानेश्वर–माइतीघर सडकखण्डमा खटाइएको छ । उनीहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेका छन् । सरकारी कार्यालयहरुले चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि अनिवार्य तोकिएको स्थानमा उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन दिएको थियो । कर्मचारीहरुलाई आइतबार पनि सोही स्थानमा उपस्थित […]

चीनको सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

२५ असोज, काठमाडौँ । नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महिनाभित्र रसुवागढीमा सुक्खा […]

लिखु तल्लो आयोजनाको ६० प्रतिशत काम सकियो

२५ असोज, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निर्माणाधीन तल्लो लिखु जलविद्युत आयोजनाको निर्माण करिव ६० प्रतिशत पूरा भएको छ । २८.१ मेगावाट क्षमताको सो आयोजना स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले विभिन्न वित्तीय संस्थाहरुको लगानीमा निर्माण भइरहेको छ । आयोजनाका प्रतिनिधि वसन्त पौडेलका अनुसार अहिले लिखु खोला किनासरको ढाँडेस्थित ड्याम साइटमा वाँध, फिल्टर गर्ने […]

सशस्त्र प्रहरीद्वारा २ करोडको समान बरामद

२५ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले चालु आर्थिक वर्षमा वीरगञ्जबाट २ करोड २१ लाख ३ हजार  ९३ रुपैयाँ बराबरको समान बरामद गरेको छ । भन्सार छली अवैध रुपमा भित्र्याईएका लत्ता कपडा, इलेक्ट्रिक, हार्डवेयरका समान, घरायसी किराना समानहरु बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वाटर वीरगञ्ज भन्सार क्षेत्रमा राजश्व तथा […]

सीको सुरक्षामा छतदेखि आकाशसम्म सेना

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् । सडकमा सशस्त्र प्रहरी, […]

सीसँग डिनरको ड्रेसकोड : तुनावाला कालो जुत्ता अनिवार्य

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने भएको छ । सोल्टी होटलमा साँझ ७ बजेपछि हुने रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको रंगदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने छ । परराष्ट्र मन्त्रालयले निम्तो कार्डसँगै अतिथिहरुले पालना गर्नुपर्ने नियम बुँदागत रुपमा लेखेर पठाएको छ […]

अनौपचारिक वार्ता सकिएपछि सी र मोदीले के भने ?

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक वार्ता सकिएको छ । शनिबार दोस्रो दिन दुई नेताबीच तामिलनाडुको महाबलीपुरमस्थित कोव रिसोर्टमा करिव ४० मिनेट अनौपचारिक वार्ता भयो । त्यसपछि दुई देशको प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो । वार्तापछि मोदीले भने, ‘२१औं शताब्दीमा भारत र चीनले नयाँ उचाई हासिल गरिरहेका छन् । […]

चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाइबाट नेपाल प्रस्थान

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नाइबाट नेपाल प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा सी नेपाल आउन लागेका हुन् । उनको स्वागतका लागि नेपालमा विशेष तयारी गरिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने छिन् । विमानस्थलमै नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्नेछ । […]

प्रदेश दुईबाट २ नक्कली प्रहरी पक्राउ

२५ असोज, जनकपुरधाम । प्रदेश २ को दुई जिल्लाबाट दुई दिन नबित्दै २ जना नक्कली प्रहरी पक्राउ परेका छन् ।  आफूलाई प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिँदै रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको छ । महोत्तरीबाट एक जना नक्कली प्रहरी पक्राउ परेको दुई दिन नबित्दै धनुषाबाट पनि अर्काे एक जना समातिएका […]

धारिलो हतियार प्रहार गरी उदयपुरमा आमा-छोरीको हत्या   

२५ असोज, उदयपुर ।   उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा शुक्रबार राति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया शारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो । शनिबार बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली […]

सी र देउवाको भेट आजै साँझ

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार काठमाडौं आइपुग्नेछन् । र, आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ होटल सोल्टीमा रात्रीभोज दिनेछिन् । त्यसअघि देउवाले राष्ट्रपति […]



from समाचार – Online Khabar https://ift.tt/328rfxa
via IFTTT
Powered by Blogger.