समाचार
१५ असोज, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए । झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल […]
१५ असोज, बाँके । भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख […]
१५ असोज, काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ । यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन […]
१५ असोज,सोलुखुम्बु । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा […]
१५ असोज, बुटवल । रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा उद्घाटनकै बेला ताला लागेको छ । सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको हो । नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले वडा भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिइएकाले ताला लगाएको बताए । ‘भवन अपांगमैत्री नभएको […]
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् । निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा […]
१५ असोज, रसुवा । उत्तरी रसुवाकाे तामाङ सम्पदा पदमार्गमा निस्किएका २ पर्यटक १० दिनदेखि बेपत्ता भएका छन् । पदमार्गमा निस्किएका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाका ४२ वर्षीय सिसुङ १० दिनदेखि हराइरहेका हुन् । प्रहरीका अनुसार असोज ५ गते बिहान तामाङ पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका उनीहरू त्यसयता हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रसुवाले पर्यटक […]
१५ असोज, इनरुवा । युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न दुई जना फरार भएका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । सोही […]
१५ असोज, काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिइसकेको अवस्थामा अब सत्ता पक्षले संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको छ । सभामुख पद नेकपाको हातबाट गुम्ने अवस्था देखिए पनि यो पद कांग्रेसकै भागमा पर्छ भन्नेचाहिँ निश्चित छैन । यो पद साना दलको भागमा […]
१५ असोज, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्माणाधीन ४०० केभीको विद्युत् प्रसारण लाइन निर्माणका लागि सरकारले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले आयोजनाका लागि आवश्यक पर्ने साविक रातमाटे गाविसको वडा नं. ६ र ९ का जग्गाधनीहरूको जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको हो । आयोजना निर्माणका लागि जग्गा आवश्यक परेकाले […]
१५ असोज, काठमाडौँ । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई […]
१५ असोज, काठमाडौं । बिहीबारबाट काठमाडौंबाहेकका धेरैजसो मुख्य शहरहरुमा औपचारिक रुपमा फोरजी एलर्टी सेवा सुरुआत हुँदैछ । अहिले टेलिमकले ती शहरीमा परीक्षणका रुपमा फोरजी सेवा एक्टिभ गरिसकेको छ । नेपाल टेलिकमका अनुसार ३२ जिल्लाका मुख्य महानगर र नगरपालिकाहरुमा फोरजी सेवा विस्तार गरिए पनि कुन–कुन शहर भन्ने जानकारी बेलुकी मात्रै दिइने बताइन् । हालसम्म टेलिकमले काठमाडौं […]
१५ असोज, काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा विस्तारसँगै ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । टेलिकमले आज सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्दै छ । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र थियो । फोर जी सेवा विस्तार भएपछि सेवाग्राहीहरुले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ । […]
१५ असोज, काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले आज अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयानुसार ५ बजेर १५ मिनेटमा नेपाल र सिंगापुरबीचको खेल हुनेछ । त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गर्नका लागि पनि आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ । यदि आजको खेलमा […]
१५ असोज, काठमाडौं । नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जी/एलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले […]
१५ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनहृयाम जर्मन क्लब बायर्न म्युनिखसँग फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहृयाम ७-२ गोलअन्तरले पराजित भएको हो । बायर्नका लागि सर्ज गनाब्रीले ह्याट्रिकसहित चार गोल गरे । सर्जले आर्सनलबाट फुटबल करियर सुरु गरेका थिए । त्यस्तै, रोबेर्टो लेवान्डोस्कीले दुई र […]
१५ असोज, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा बेल्जियम क्लब ब्रुगससँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको समूह ‘ए’ को खेलमा रियलले ग्रुगससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । रियलका लागि कप्तान सर्जियो रामोस र कासिमिरो गोल गरे । यता, क्लब ब्रुगसका लागि भने दुवै गोल इमान्युएल डेनिसले गरे […]
१४ असोज, काठमाडौं । राजनीतिक संकट गहिरिएपछि पेरुको संसद बिघटन भएको छ । राष्ट्रपति मार्टिन भिजकाराले संसद विघटन गरी ताजा निर्वाचनका लागि आहृवान गरेका छन् । त्यसअघि संसदले ‘नैतिक अक्षमता’ रहेको भन्दै राष्ट्रपति भिजकारालाई हटाएर उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुख बनाउने घोषणा गरेको थियो ।सभामुख पेड्रो ओलेचाले संसदको बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति […]
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ । सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । यही सर्वव्यापी, जागृत, प्रत्यक्ष बुद्धिमत्ता सृष्टिमा अनुभव गर्नु नै कुष्माण्डा हो । कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरुको प्राणशक्ति पनि कुपिण्डो वा […]
१५ असोज, काठमाडौं । भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ । भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो । जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई […]
१४ असोज, काठमाडौं । सुन लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले संगठनकै एक अधिकृतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामालाई पक्राउ गरेका हो । काठमाडौं प्रहरीका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले लामालाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले मंगलबार दिउँसो पक्राउ गरेका हौं । विस्तृत […]
from समाचार – Online Khabar https://ift.tt/2nxIOrH
via IFTTT






















