Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जनविश्वास आर्जन गर्नु छ भने महरालाई कारबाही गर : प्रकाशमान

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् । निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा […]

रसुवाको पदमार्गमा निस्केका २ पर्यटक १० दिनदेखि बेपत्ता

१५ असोज, रसुवा । उत्तरी रसुवाकाे  तामाङ सम्पदा पदमार्गमा निस्किएका २ पर्यटक १० दिनदेखि बेपत्ता भएका छन् । पदमार्गमा निस्किएका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाका ४२ वर्षीय सिसुङ १० दिनदेखि हराइरहेका हुन् । प्रहरीका अनुसार असोज ५ गते बिहान तामाङ पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका उनीहरू त्यसयता हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रसुवाले पर्यटक […]

धरानबाट इटहरी ल्याएर युवतीमाथि सामूहिक बलात्कार, ४ समातिए

१५ असोज, इनरुवा । युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न दुई जना फरार भएका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । सोही […]

बेलकोटगढीमा बन्ने प्रसारण लाइनको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

१५ असोज, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्माणाधीन ४०० केभीको विद्युत् प्रसारण लाइन निर्माणका लागि सरकारले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले आयोजनाका लागि आवश्यक पर्ने साविक रातमाटे गाविसको वडा नं. ६ र ९ का जग्गाधनीहरूको जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको हो । आयोजना निर्माणका लागि जग्गा आवश्यक परेकाले […]

चाबहिलबाट १२ लाखको अवैध सुनसहित दुई पक्राउ

१५ असोज, काठमाडौँ । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई […]

मोबाइलमा कसरी एक्टिभेट गर्ने फोरजी ?

१५ असोज, काठमाडौं । बिहीबारबाट काठमाडौंबाहेकका धेरैजसो मुख्य शहरहरुमा औपचारिक रुपमा फोरजी एलर्टी सेवा सुरुआत हुँदैछ । अहिले टेलिमकले ती शहरीमा परीक्षणका रुपमा फोरजी सेवा एक्टिभ गरिसकेको छ । नेपाल टेलिकमका अनुसार ३२ जिल्लाका मुख्य महानगर र नगरपालिकाहरुमा फोरजी सेवा विस्तार गरिए पनि कुन–कुन शहर भन्ने जानकारी बेलुकी मात्रै दिइने बताइन् । हालसम्म टेलिकमले काठमाडौं […]

३२ जिल्लामा फोर जी सेवा विस्तार, ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज

१५ असोज, काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा विस्तारसँगै ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । टेलिकमले आज सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्दै छ । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र थियो । फोर जी सेवा विस्तार भएपछि सेवाग्राहीहरुले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ । […]

टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा आज नेपाल–सिंगापुर भिड्दै

१५ असोज, काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले आज अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयानुसार ५ बजेर १५ मिनेटमा नेपाल र सिंगापुरबीचको खेल हुनेछ । त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गर्नका लागि पनि आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ । यदि आजको खेलमा […]

आजबाट ३२ जिल्लामा फोरजी सेवा, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

१५ असोज, काठमाडौं । नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जी/एलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले […]

टोटनह्यामको पोष्टमा बायर्नको सात गोल, सर्जको ह्याट्रिक

१५ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनहृयाम जर्मन क्लब बायर्न म्युनिखसँग फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहृयाम ७-२ गोलअन्तरले पराजित भएको हो । बायर्नका लागि सर्ज गनाब्रीले ह्याट्रिकसहित चार गोल गरे । सर्जले आर्सनलबाट फुटबल करियर सुरु गरेका थिए । त्यस्तै, रोबेर्टो लेवान्डोस्कीले दुई र […]

रियल मड्रिड ब्रुगससँग बराबरीमा रोकियो

१५ असोज, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा बेल्जियम क्लब ब्रुगससँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको समूह ‘ए’ को खेलमा रियलले ग्रुगससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । रियलका लागि कप्तान सर्जियो रामोस र कासिमिरो गोल गरे । यता, क्लब ब्रुगसका लागि भने दुवै गोल इमान्युएल डेनिसले गरे […]

पेरुका राष्ट्रपतिद्वारा संसद विघटन

१४ असोज, काठमाडौं । राजनीतिक संकट गहिरिएपछि पेरुको संसद बिघटन भएको छ । राष्ट्रपति मार्टिन भिजकाराले संसद विघटन गरी ताजा निर्वाचनका लागि आहृवान गरेका छन् । त्यसअघि संसदले ‘नैतिक अक्षमता’ रहेको भन्दै राष्ट्रपति भिजकारालाई हटाएर उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुख बनाउने घोषणा गरेको थियो ।सभामुख पेड्रो ओलेचाले संसदको बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति […]

मृत्यु, रोग र कमजोरीबाट मुक्ति दिने देवी कुष्माण्डाको पूजा आज

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ । सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । यही सर्वव्यापी, जागृत, प्रत्यक्ष बुद्धिमत्ता सृष्टिमा अनुभव गर्नु नै कुष्माण्डा हो । कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरुको प्राणशक्ति पनि कुपिण्डो वा […]

‘जम्मू काश्मीरमा १४४ बालबालिका पक्राउ’

१५ असोज, काठमाडौं । भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ । भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो । जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई […]

अपराधको सूचना ल्याउने घुमुवा प्रहरी नै लुटपाटमा संलग्न

१४ असोज, काठमाडौं । सुन लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले संगठनकै एक अधिकृतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामालाई पक्राउ गरेका हो । काठमाडौं प्रहरीका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले लामालाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले मंगलबार दिउँसो पक्राउ गरेका हौं । विस्तृत […]

खुल्लामञ्चसँग जोडिएको सार्वजनिक जग्गा ‘बिक्री’

१४ असोज, काठमाडौं । भूमाफियाले खुलामञ्चको सरकारी जग्गा कब्जा गरेर बनाएको सटर भत्काउन डोजर लगाएको पाँच महिना पुग्यो । जनही ६ लाखदेखि ११ लाख रुपैयाँसम्म अग्रिम सलामी लिएर भूमाफियाले ५२ वटा सटर बेचेको समाचार आएपछि जनताले खुलामञ्च खाली गर्न व्यापक दवाव दिएका थिए । चौतर्फी दबावपछि त्यहाँ बनाइएका सटरहरू हटाइए । तर, खुलामञ्चसँगै साँध जोडिएको […]

‘टाउकोमा बियरको बोतल उज्याए, म मुखैमा गएर उभिएँ’

१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले तीन दिनअघि कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई तनहुँमा बाटो छेकेर आक्रमण प्रयास गरे । डा. रिजालको बाटो छेकेको स्थान भनेर सार्वजनिक भएका तस्वीरमा केही व्यक्तिले हातमा बियरका बोतल लिएको देखिन्छ । यो घटनापछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वतन्त्ररुपमा हिँडडुल गर्न पाउने अधिकार सरकारले कुण्ठित […]

त्रिकोणात्मक सिरिजमा जिम्बाब्वेसँग फेरि हार्‍यो नेपाल

१४ असोज, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले जिम्बाब्वेसँग दोस्रो हार व्यहोरेको छ । मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो । सिंगापुरमा  जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि नेपाली […]

महराले दिए सभामुखबाट राजीनामा

१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् । तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले […]

प्रदेश १ मा पाँच वर्षमा साढे १४ खर्ब बजेट आवश्यक

१४ असोज, विराटनगर । आगामी पाँच वर्षभित्र १५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित प्रदेश सरकारले प्रथम आवधिक योजना सार्वजनिक भएको छ । १०.४ को आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आवधिक योजना सार्बजनिक गरेको हो । प्रदेश १ मा हाल १२१ मेगावाट विद्युत उत्पादन भइरहेको छ । ३४ हजार मेगावाट विद्युत उत्पादन हुनसक्ने सम्भावना छ […]

जनकपुर अस्पतालमा अख्तियारद्वारा छानबिन शुरु

१४ असोज, जनकपुरधाम । प्रदेश २ को प्रादेशिक अस्पताल बनाउन लागिएको जनकपुर अञ्चल अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । आयोगको बर्दिबासको टोलीले मंगलबारदेखि अस्पतालमा छानबिन शुरु गरेको हो । अस्पतालमा व्यापक अनियमतता भएको उजुरी परेपछि छानबिन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्‍ता हरिप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अस्पतालको […]



from समाचार – Online Khabar https://ift.tt/2pdSVSQ
via IFTTT
Powered by Blogger.