समाचार
२८ असोज, काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । मन्त्रालयका एक अधिकारीका अनुसार दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको छ । थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), […]
२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
२८ असोज, विराटनगर । दशैंको अवधीमा मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा११ जनाले आत्महत्या गरेका हुन् । त्यसै अवधीमा १५ जनाले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दशैंकै अवधीमा भएका ५५ वटा सवारी दुर्घटनामा […]
२८ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा लगिएको छ । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा महरा बिरामी परेपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । दशैं विदा र त्यसपछि पनि विभिन्न विदाका कारण […]
२८ असोज, काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् । नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् । […]
२८ असोज, धरान । आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी […]
२८ असोज, काठमाडौं । नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भने । पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न […]
२८ असोज, जाजरकोट । वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना हुन थालेका छन् । प्रदेश तथा सङ्घ सरकारको मातहतमा रहेका कार्यालय पूर्ण स्थापना हुने क्रम बढेको छ । जिल्लामा विषयगत कार्यालय नहुँदा स्थानीयले लामो समय सास्ती खेप्नुपरेपछि हाल कार्यालय पुनःस्थापना भइरहेका छन् । दुई साताअघि जाजरकोटका जनप्रतिनिधिलाई पुनःस्थापना भएका सरकारी कार्यालय उद्घाटन […]
एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई सोमबार अभिनेता राजेश हमालले भेटेका छन् । कीर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् । मुस्कानको अवस्था देखेर राजेश हमाल एक छिन भावविह्वल भए । अभिनेता हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने भनी सान्वना दिँदै छिट्टै घर फर्किन मिल्ने आश्वासन समेत दिएका थिए । आफूलाई भेट्न आएका राजेशलाई […]
२८ असोज, रौतहट । राजपुर बमकाण्डको १२ वर्षपछि आरोपी कांग्रेस नेता तथा सांसद मोहम्मद आफताब आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ । २०६४ चैत २७ गते पहिलो संविधान सभाको निर्वाचनको एक दिन अगाडि राजपूरमा भएको बम विस्फोटको घटनामा संलग्नताको आरोपमा आइतबार आलम पक्राउ परेका थिए । २०६४ चैत २७ गते आफताव […]
२८ असोज, काठमाडौं । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलले हारेको नेपाली फुटबल टिम यतिबेला जोर्डनको भूमिमा छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आफ्नो अन्तिम अवे खेलमा जोर्डनसँग सोमबार राति प्रतिस्पर्धा गर्दैछ । बलियो टिमविरुद्ध ५-० गोलको हार व्यहोर्नु नेपालको लागि अनपेक्षित मानिएको थिएन । यसअघि नेपालले कुबेतसँग ७-० गोलको हार ताजा […]
२८ असोज , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सभ्यता, […]
२८ असोज, काठमाडौं । जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर […]
२८ असोज, परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । करीब ३०/३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन । नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल […]
२८ असोज, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न भइ फरार भएका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । पकाहामैनपुर गाँउपालिका-१ धोरे बस्ने ४८ वर्षीय मदनप्रसाद चौहान, ५५ वर्षीय मेघराज साह र वीरगञ्ज महानगरपालिका-२ छपकैया बस्ने ५१ वर्षीय मक्सुद मिया तेली पक्राउ परेका हुन् । मदन र मेघराजलाई पर्सा जिल्ला अदालतले २०७५ वैशाख २४ […]
२८ असोज, काठमाडौं । क्रिकेटर ज्ञानेन्द्र मल्लले कप्तानी छाड्ने पारस खड्काको निर्णय आफ्ना लागि ‘सरप्राइज’ भएको प्रतिक्रिया दिएका छन् । पारसले मंगलबार कप्तान पद छाड्ने घोषणा गरेका थिए । यसबारे अनलाइनखबरले सोधेको प्रश्नमा मल्लले कप्तान छाड्ने पारसको निर्णय अप्रत्यासित भएको बताए । कहिलेकाहीँ अब के गर्ने भन्ने सामान्य कुराकानी भए पनि अहिले नै कप्तानी छाड्ने […]
२८ असोज, रौतहट । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । १२ वर्षअघि […]
२८ असोज, काठमाडौं । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । योसँगै प्राधिकरणले आफू अन्तरगत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजनालाई पार लगाएको छ । कुलेखानी तेस्रो प्राधिकरण आफैंले बनाइरहेको अन्तिम आयोजना हो । अब प्राधिकरणले आयोजनाको निर्माण कम्पनी मोडलमा मात्रै गर्ने घोषणा गरिसकेको छ । विभिन्न कारणले प्राधिकरणलाई […]
२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् । ‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ’, मंगलबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले […]
२८ असोज, काठमाडौं । महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रहरीले मंगलबार उनलाई म्याद थपका लागि अदालतमा […]
२८ असोज, काठमाडौं । हायत होटलमा मंगलबार बिहान गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको उदघाटन भयो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्त्याइएको छ । तर, राष्ट्रपति सहभागी हुने सार्वजनिक महत्वको कार्यक्रममा विभिन्न मिडियाका रिपोर्टरहरुलाई ‘विशेष पास’ नभएको भन्दै सुरक्षाकर्मी र आयोजकहरुले अवरोध पुर्याए । पछिल्लो समयमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने सार्वजनिक कार्यक्रमहरुमा […]
from समाचार – Online Khabar https://ift.tt/33y7hMA
via IFTTT






















