समाचार
२८ भदौ, काठमाडौं । धादिङमा चक्कुले आफ्नै घाँटी काट्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । मंगलबार विहान साढे ९ बजे तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेका सिद्धलेख गाउँपालिका २ का ५० वर्षका गोपालबहादुर ब्याजबासी मगरको उपचारका लागि धादिङपेशीस्थित अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव धादिङ जिल्ला अस्पतालमा राखिएको […]
२८ असोज, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आर्थिक वर्ष ०७६/०७७ को चौमासिक तलब र दशैं खर्च नपाएपछि विद्यालय बन्द गराएका हुन् । पर्साको पकहामैनपुर र जगरनाथपुर गाउँपालिकाका शिक्षकहरुले पनि तलब पाएका छैनन् । दशैंमा तलब नपाएका उनीहरु दिपावली र छठका […]
२८ असोज, बुटवल । रुपन्देही उद्योग संघको अध्यक्षमा बाबुराम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । संघको २१ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मंगलबार भएको मनोनयनमा अध्यक्ष पदमा बोहोराको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली पनि निर्विरोध निर्वाचित भएका […]
२८ असोज, काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिने अहिले नै उपयुक्त समय रहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि नयाँ ढंगले अघि बढ्नुपर्ने भएकाले राजीनामा दिएको प्रतिक्रिया दिए । अब नेपाली क्रिकेटलाई अघि बढाउन मैदानमा खेलाडीहरुले र मैदान बाहिर क्रिकेट संघको पदाधिकारीले […]
२८ असोज, काठमाडौं । मोरङ प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ बस्ने ४६ वर्षीय राजा साह पक्राउ परेका हुन् । साहलाई मोरङ जिल्ला अदालतले २०६८ मंशिर २७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्षको कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको […]
२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले आफूले केही समय क्रिकेटबाट विश्राम लिने बताएका छन् । लामो समयसम्म नेपाली क्रिकेट टिमको कप्तानी गरेको र नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि खेलाडी छनोटकर्ताको पनि भूमिकामा रहेका उनले केही समय विश्राम लिने बताएका हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले लामो समयसम्म दोहोरो […]
२८ असोज, काठमाडौं । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई मोरङको विराटनगर महानगरपालिका-४ को कन्चनबारी चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् । रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १/१ थान […]
२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले अबको कप्तान ज्ञानेन्द्र मल्ललाई बनाउँदा उपयुक्त हुने बताएका छन् । अनलाइनखबरससँगको कुराकानीमा उनले लामो समयदेखि उपकप्तान रहेका ज्ञानेन्द्रलाई कम्तीमा एक वर्ष नेपाली क्रिकेट टिमको कप्तानी गर्न दिनु उपयुक्त हुने बताएका हुन् । यद्यपी कप्तान कसलाई बनाउने भन्ने निर्णय नेपाल क्रिकेट संघ र […]
काठमाडौँ । २६ वर्ष काम गरेको त्रिभुवन शिक्षण अस्पतालबाट बिदा भएको भोलिपल्ट प्राध्यापक डाक्टर गोविन्द केसी दोलखा जिल्लाको चरिकोट पुगेका छन् । मंगलबार बिहानै काठमाडौँबाट सार्वजनिक बस चढेर उनी दोलखा जिल्ला अस्पताल पुगेका हुन् । ६३ वर्षे उमेर हदको कारण डा. केसीले शिक्षण अस्पतालबाट सोमबार मात्र अवकाश पाएका थिए । सोमबार नै अस्पतालको क्वार्टर छाडेका […]
२८ असोज, काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । मन्त्रालयका एक अधिकारीका अनुसार दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको छ । थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), […]
२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
२८ असोज, काठमाडौं। काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् । संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनले सम्मेलन बहिस्कार गरेका हुन् । डा. महतोले अनलाइनखबरसँग […]
२८ असोज, विराटनगर । दशैंको अवधीमा मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा११ जनाले आत्महत्या गरेका हुन् । त्यसै अवधीमा १५ जनाले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दशैंकै अवधीमा भएका ५५ वटा सवारी दुर्घटनामा […]
२८ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा लगिएको छ । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा महरा बिरामी परेपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । दशैं विदा र त्यसपछि पनि विभिन्न विदाका कारण […]
२८ असोज, काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् । नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् । […]
२८ असोज, धरान । आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी […]
२८ असोज, काठमाडौं । गैरकानूनी रूपमा भोगचलन भइरहेको खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया सुरु भएको छ । अनलाइनखबरले १४ असोजमा ‘खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा बिक्री’ शीर्षकमा विस्तृत समाचार प्रकाशन गरेपछि सम्बद्ध निकायले जग्गा खाली गराउने प्रक्रिया थालेको हो । काठमाडौं महानगरपालिका–२८ नम्बर वडा कार्यालय र गुठी संस्थानको मिलोमतोमा खुलामञ्च र रत्नपार्कको बीचमा रहेको […]
२८ असोज, काठमाडौं । डा. युवराज संग्रौला काठमाडौं स्कुल अफ लका संस्थापक निर्देशक एवं पूर्वब्रिटिस गोर्खा सैनिक आन्दोलनका अभियन्ता पनि हुन् । गोर्खा मुद्दा उठानको सुरुवाती चरणमा महत्त्वपुर्ण भूमिका खेलेका संग्रौला ब्रिटिस–गोर्खा भूपू सैनिक संघ (गेसो) नेतृत्वसँग मतभेद भएपछि काठमाडौं स्कुल अफ लमा केन्द्रित भए । यद्यपि, गोर्खा भर्ती परम्पराका भित्री पाटाहरूको अध्ययन–अनुसन्धानलाई निरन्तरता दिएका […]
२८ असोज, काठमाडौं । नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भने । पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न […]
२८ असोज, जाजरकोट । वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना हुन थालेका छन् । प्रदेश तथा सङ्घ सरकारको मातहतमा रहेका कार्यालय पूर्ण स्थापना हुने क्रम बढेको छ । जिल्लामा विषयगत कार्यालय नहुँदा स्थानीयले लामो समय सास्ती खेप्नुपरेपछि हाल कार्यालय पुनःस्थापना भइरहेका छन् । दुई साताअघि जाजरकोटका जनप्रतिनिधिलाई पुनःस्थापना भएका सरकारी कार्यालय उद्घाटन […]
एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई सोमबार अभिनेता राजेश हमालले भेटेका छन् । कीर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् । मुस्कानको अवस्था देखेर राजेश हमाल एक छिन भावविह्वल भए । अभिनेता हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने भनी सान्वना दिँदै छिट्टै घर फर्किन मिल्ने आश्वासन समेत दिएका थिए । आफूलाई भेट्न आएका राजेशलाई […]
from समाचार – Online Khabar https://ift.tt/2pk9tIS
via IFTTT






















