समाचार
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीका हैसियतले हस्ताक्षरकर्तासमेत रहेका प्रमुख प्रतिपक्षी दल […]
२० असोज, बिराटनगर । यस वर्षको दशैं हाम्रो घर–आँगनमा भित्रिसकेको छ । यतिबेलासम्म पूर्वदेखि पश्चिमसम्मका नेपालीहरु दशैंको माहोलमा रमाइरहेका छन् । आफन्तजन भेटघाट गरी आशिर्वाद लिनु दशैंको मुल मर्म हो । तर, पछिल्लो समयमा दशैं मनाउने तौरतरिकामा परिवर्तन पनि आउन थालेको छ । खासगरी दशैंमा परिवार वा जोडीसहित देश–विदेश घुम्ने चलन बाक्लो हुँदैछ । यस्तो […]
१९ असोज, काठमाडौं । दशैंका लागि किनमेलको चटारोमा हुनुहुन्छ होला । लत्ता–कपडादेखि मरमसलासम्मको जोहो गर्नुपर्ने भएकाले खासगरी गृहणी यतिबेला तनावमै हुन्छन् । धेरै परिवारमा यतिबेलासम्म लत्ता कपडाको त जोहो भइसक्यो । अहिले चाहिँ खानपिनका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने चटारो बेसी हुन्छ । यति नै बेला हो, व्यापारीहरुले कालोबजारी गरेर उपभोक्ता ठग्ने । पसलहरुमा भिडभाड […]
२० असोज, बनेपा । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको […]
२० असोज, काठमाडौं । पाँच देशको टी–२० श्रृंखलामा नेदरल्याण्ड्सले नेपाललाई १३४ रनको लक्ष्य दिएको छ । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले । […]
गण्डकी प्रदेशका गाउँ अहिले अधिकांश मान्छे छैनन् । अब दशैं आएपछि बजार बसेका केही अभिभावकसँगै गाउँ पुग्छन् । नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण हुनै सकेको छैन । दशैंको गरिमा र मूल्यमान्यतालाई नयाँ पुस्तामा पुर्याउन नसक्नु ठूलो बिडम्बना भइरहेको छ । दशैं मान्नेहरुको पनि संस्कृति फेरिरहको छ । जाँड, रक्सी, मासु खाने, जुवा खेल्ने, घुम्ने काम भइरहेको […]
२० असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरे । पूजाअर्चनाको क्रममा खनालले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक […]
१९ असोज, गुल्मी । गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । जिल्लाको मालिका गाउँपालिका–८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए । आइतबार बिहान दशैं मनाउन बुटलवलबाट गुल्मी मालिका घर आउने क्रममा उनको २ वटा चन्द्रमा, एक/एक […]
हिन्दू धर्मावलम्वीहरुको महान पर्व दशैं समस्त नेपाली जातिले भव्य रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई नेपालबाहेक भारत, बर्मा, थाइलैण्ड, भुटानलगायतका देशहरुमा सदियौंदेखि त्यहीँका नागरिक भएर बसेका नेपाली भाषीहरुले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । अहिले नेपाली जाति विश्वभर छरिएर बसेको छ । नेपाली डायस्पोरा, गैरआवासीय नेपालीहरु र ट्रान्जिटको अवस्थामा रहेका करिव ४० […]
२० असोज, पोखरा । पोखरा प्रकृति र तालको शहरमात्रै होइन । पोखरा हिमाललाई शीरमा राखेर बस्ने शहरमात्रै पनि होइन । पाटनै पाटनको शहर पनि हो । मालेपाटन, गैह्रापाटन, मियापाटन, मझेरीपाटन, फलेपाटन, घारीपाटन, छोरेपाटन । यस्ता दर्जनौं पाटनहरु पोखरामा छन् । तर अहिले नामको पाटनहरु त छन् तर, पाटनहरमखा खुला र फराकिलो चौरहरु भने छैनन् । […]
१९ असोज, काठमाडौँ । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम करीब सम्पन्न हुने चरणमा पुगेकाले साझा सहमति खोजी निर्माणका लागि मार्ग प्रशस्त गरिने भएको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका विषयमा यसअघि नै नेपाल र चीनबीच सहमति भइसकेको छ । हाल सो आयोजनाको सम्भाव्यता […]
२० असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । र, उनको प्रमुख माग छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोक्नुपर्छ । अहिले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ, जसमध्ये एक डा. भगवान कोइराला पनि छन् । डा. केसी जस्तै […]
२० असाज, बुटवल । नेपालीको महान् पर्व दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकको भैरहवा, सिद्धार्थनगरस्थित प्रादेशिक कार्यालयले करिब २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेकोे छ । सिद्धार्थनगर कार्यालय अन्तर्गत पर्ने ९ जिल्लामध्ये भैरहवामा राष्ट्र बैंक स्वयम्ले र अन्य ८ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरुका शाखाबाट ती नोट वितरण […]
२० असोज, कैलाली । डडेल्धुरामा दुई किलो ७ सय ग्राम अवैध लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ भाटगाउँका शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका वीरबहादुर बोहरा छन् । लागूऔषध नियन्त्रण अभियान र दशैं तिहार सुरक्षा योजना अनुरुप परिचालित प्रहरीद्वारा सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दशरथचन्द्र राजमार्गस्थित […]
२० असोज, चितवन । चितवनमा गैंडाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४, पदमपुरका ७२ वर्षीय गोरे कुमाल छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कुमाललाई पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी वनको पिकनिक […]
२० असोज, गलेश्वर । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई […]
२० असोज, बागलुङ । बागलुङको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल खोलाको […]
२० असोज, काठमाडौं । आज दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, […]
काठमाडौं । लुइस स्वरेजको उत्कृष्ट एक्रोब्याटिक गोल गरेको खेलमा बार्सिलोनाले सेभियालाई हराएको छ । र, ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ९ खेलाडीमा सिमित बार्सिलोनाले सेभियालाई ४–० ले हराएको छ । क्याप नाउमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफको ८ मिनेटभित्र तीन गोल गरेको थियो । २७ औं मिनेटमा स्वरेजले खाता […]
२० असोज, काठमाडौं । यतिबेला गाउँ सहर सबैतिर दशैंको रमाइलो छ । दशैंमा दक्षिणा पाएका हुन् वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरु बजारमा प्रशस्त छन् । दशैंको टीकापछि पसलमा केही सामान किन्यो भने फिर्ता रकम पनि नयाँ नोट नै आउँछ । नयाँ नोट बजारमा छ्याप्पछ्याप्ती रहेका बेला तिनै नोटमा कतै नक्कली त मिसिएको छैन […]
२० असोज, काठमाडौं । साहित्यकार दुर्गालाल श्रेष्ठ ८४ वर्षको उमेरमा पनि नेपाल भाषाको श्रीवृद्धिमा सक्रिय छन् । अनगिन्ति गीत, कविता र बाल साहित्यका स्रष्टा श्रेष्ठले कुनै समयमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका लागि चुनाव प्रचारको गीत पनि लेखेका थिए । खासमा अपमानको बदला लिन आफू नाटककार र नाट्य कलाकार बनेको उनी सुनाउँछन् । […]
from समाचार – Online Khabar https://ift.tt/2LWkVU1
via IFTTT






















