Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘गेम चेन्जर’ करण केसीले दोस्रोपटक गरेको ‘चमत्कार’

२० असोज, काठमाडौं । केही वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् करण केसी । उनलाई फास्ट बलरको रुपमा टिममा राख्ने गरिएको छ । तर, उनको बलिङको स्तरमा अहिलेसम्म पनि प्रश्न उठ्ने गर्छ । हुन पनि धेरै म्याचहरुमा उनी खर्चिला र विकेटविहिन हुने गरेका छन् । बरु करणले आफ्नो ब्याटबाट नेपाललाई अहिलेसम्मकै महत्वपूर्ण जित […]

दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

२० असोज, स्टकहोम (एपी) । भौतिकशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो । उनीहरुले गरेको अन्वेषणले एनेमिया, क्यान्सर र अन्य रोगहरुविरुद्ध नयाँ रणनीति बनाउन बाटो खुलेको नोबेल […]

आयातित संस्कृतिमा रमाइरहने कि आफ्नै पहिचान जोगाउने ?

सम्पदा संरक्षणमा अगिसारेका हाम्रो एजेन्डाले अब संसदीय समितिमा प्रवेश पायो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्न बोलायो गणपति, सञ्जय र मलाई । हामीले निरन्तर उठाएका विषयमा संसदीय समितिमा छलफलका लागि बोलाइएको पहिलो पटक थियो यो । सम्पदामा चासो बढ्दै छ भन्ने एउटा सूचक पनि हो यो । तीन वर्षअगि मैले लेख्न सुरू गर्दा सम्पदामा […]

चीनसँगको सम्बन्धलाई पार्टीगत आँखाले हेर्दैनाैं, देशको चस्माले हेर्छौं: डा. महत

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीका हैसियतले हस्ताक्षरकर्तासमेत रहेका प्रमुख प्रतिपक्षी दल […]

पूर्वेली व्यवसायीको दशैंः पुजा अर्चना र घुमघाम

२० असोज, बिराटनगर । यस वर्षको दशैं हाम्रो घर–आँगनमा भित्रिसकेको छ । यतिबेलासम्म पूर्वदेखि पश्चिमसम्मका नेपालीहरु दशैंको माहोलमा रमाइरहेका छन् । आफन्तजन भेटघाट गरी आशिर्वाद लिनु दशैंको मुल मर्म हो । तर, पछिल्लो समयमा दशैं मनाउने तौरतरिकामा परिवर्तन पनि आउन थालेको छ । खासगरी दशैंमा परिवार वा जोडीसहित देश–विदेश घुम्ने चलन बाक्लो हुँदैछ । यस्तो […]

करणको नायकत्वमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जित

२० असोज, काठमाडौं । करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो । टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्‍यो । […]

‘ब्रेक फेल’ हुँदा जीप भीरबाट खस्यो, ३ को मृत्यु

२० असोज, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । दुर्घटनापछि प्रहरीसँग बयानका […]

बर्माको दशैं : रातो टीका लगाउने बढ्न थाले

यतिखेर म बर्मा देशको राजधानी याङ्गुनमा बनाइएको निजी अपार्टमेन्टको चौथो तल्लाबाट दशैं निहारिरहेको छु । योबेला आफूले गुमाइसकेका बा-आमाका ती पावन अनुहार सम्झनामा आइरहेका छन् । जसले यो मनलाई भावातिरेक बनाइरहेका छन् । नेपाल बाहिर संसारका कुना-कुनामा रहेका नेपालीहरु दशैं कसरी मनाउँछन् म जान्दिनँ । म्यान्माली नेपालीहरु भने दशैं र तिहारलाई खानपिन साथै नाचगान आदिका […]

खाद्यान्न–फलफुल किन्दा होसियार ! यसरी गरिन्छ मिसावट

१९ असोज, काठमाडौं । दशैंका लागि किनमेलको चटारोमा हुनुहुन्छ होला । लत्ता–कपडादेखि मरमसलासम्मको जोहो गर्नुपर्ने भएकाले खासगरी गृहणी यतिबेला तनावमै हुन्छन् । धेरै परिवारमा यतिबेलासम्म लत्ता कपडाको त जोहो भइसक्यो । अहिले चाहिँ खानपिनका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने चटारो बेसी हुन्छ । यति नै बेला हो, व्यापारीहरुले कालोबजारी गरेर उपभोक्ता ठग्ने । पसलहरुमा भिडभाड […]

बनेपामा फुटबलको विषयमा विवाद हुँदा गोली चल्यो

२० असोज, बनेपा । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको […]

नेदरल्याण्ड्सले नेपाललाई दियो १३४ रनको लक्ष्य

२० असोज, काठमाडौं । पाँच देशको टी–२० श्रृंखलामा नेदरल्याण्ड्सले नेपाललाई १३४ रनको लक्ष्य दिएको छ । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले । […]

देशकै दशैं संस्कृतिको केन्द्र हो गण्डकी

गण्डकी प्रदेशका गाउँ अहिले अधिकांश मान्छे छैनन् । अब दशैं आएपछि बजार बसेका केही अभिभावकसँगै गाउँ पुग्छन् । नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण हुनै सकेको छैन । दशैंको गरिमा र मूल्यमान्यतालाई नयाँ पुस्तामा पुर्‍याउन नसक्नु ठूलो बिडम्बना भइरहेको छ । दशैं मान्नेहरुको पनि संस्कृति फेरिरहको छ । जाँड, रक्सी, मासु खाने, जुवा खेल्ने, घुम्ने काम भइरहेको […]

प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

२० असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरे । पूजाअर्चनाको क्रममा खनालले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक […]

गुल्मी प्रहरीले हराएको २ लाखको गरगहना फेला पार्‍यो

१९ असोज, गुल्मी । गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । जिल्लाको मालिका गाउँपालिका–८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए । आइतबार बिहान दशैं मनाउन बुटलवलबाट गुल्मी मालिका घर आउने क्रममा उनको २ वटा चन्द्रमा, एक/एक […]

भारतमा दशैं : एक छड्के नजर

हिन्दू धर्मावलम्वीहरुको महान पर्व दशैं समस्त नेपाली जातिले भव्य रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई नेपालबाहेक भारत, बर्मा, थाइलैण्ड, भुटानलगायतका देशहरुमा सदियौंदेखि त्यहीँका नागरिक भएर बसेका नेपाली भाषीहरुले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । अहिले नेपाली जाति विश्वभर छरिएर बसेको छ । नेपाली डायस्पोरा, गैरआवासीय नेपालीहरु र ट्रान्जिटको अवस्थामा रहेका करिव ४० […]

पोखराका पाटनहरुः न पिङ न चंगा

२० असोज, पोखरा । पोखरा प्रकृति र तालको शहरमात्रै होइन । पोखरा हिमाललाई शीरमा राखेर बस्ने शहरमात्रै पनि होइन । पाटनै पाटनको शहर पनि हो । मालेपाटन, गैह्रापाटन, मियापाटन, मझेरीपाटन, फलेपाटन, घारीपाटन, छोरेपाटन । यस्ता दर्जनौं पाटनहरु पोखरामा छन् । तर अहिले नामको पाटनहरु त छन् तर, पाटनहरमखा खुला र फराकिलो चौरहरु भने छैनन् । […]

रातमाटे रसुवागढी–केरुङ अन्तरदेशीय प्रशारण लाइन : खुल्दै उत्तरतर्फको ढोका

१९ असोज, काठमाडौँ । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम करीब सम्पन्न हुने चरणमा पुगेकाले साझा सहमति खोजी निर्माणका लागि मार्ग प्रशस्त गरिने भएको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका विषयमा यसअघि नै नेपाल र चीनबीच सहमति भइसकेको छ । हाल सो आयोजनाको सम्भाव्यता […]

भगवान कोइरालालाई रोक्न डा. केसीको अल्टिमेटम ?

२० असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । र, उनको प्रमुख माग छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोक्नुपर्छ । अहिले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ, जसमध्ये एक डा. भगवान कोइराला पनि छन् । डा. केसी जस्तै […]

राष्ट्र बैंक सिद्धार्थनगरले बाँड्यो २ अर्ब बराबरको नयाँ नोट

२० असाज, बुटवल । नेपालीको महान् पर्व दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकको भैरहवा, सिद्धार्थनगरस्थित प्रादेशिक कार्यालयले करिब २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेकोे छ । सिद्धार्थनगर कार्यालय अन्तर्गत पर्ने ९ जिल्लामध्ये भैरहवामा राष्ट्र बैंक स्वयम्ले र अन्य ८ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरुका शाखाबाट ती नोट वितरण […]

करिब तीन किलो चरेशसहित दुई जना पक्राउ

२० असोज, कैलाली । डडेल्धुरामा दुई किलो ७ सय ग्राम अवैध लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ भाटगाउँका शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका वीरबहादुर बोहरा छन् । लागूऔषध नियन्त्रण अभियान र दशैं तिहार सुरक्षा योजना अनुरुप परिचालित प्रहरीद्वारा सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दशरथचन्द्र राजमार्गस्थित […]

निगुरो टिप्न जाँदा गैंडाको आक्रमणमा परेर मृत्यु

२० असोज, चितवन । चितवनमा गैंडाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४, पदमपुरका ७२ वर्षीय गोरे कुमाल छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कुमाललाई पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी वनको पिकनिक […]



from समाचार – Online Khabar https://ift.tt/33fNKRb
via IFTTT
Powered by Blogger.