समाचार
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ । भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमास्थलमा […]
२४ असोज, मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु […]
२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति एवं विश्वका शक्तिशाली नेता सी जिनपिङ शनिबार अपरान्ह नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला नेपाललाई चीनले के–के देला भन्ने अनुमानित बहस भइरहेको छ । तर, सानो एवं गरीब देश नेपालले पनि चीनका लागि योगदान दिन सक्ने केही विषय छन्, जसबारे खासै बहस हुन सकिरहेको छैन । चिनियाँ विशिष्ट […]
२४ असोज, कोशीटप्पु । उदयपुर, सुनसरी र सप्तरीको सीमानामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको बिऊ मासिन थालेको छ । घरपालुवा भैसी–राँगालाई जथाभावी प्रवेश दिँदा आरक्षमा रहेका अर्नाको बिउ मासिने खतरा बढेको हो । यो वन्यजन्तु आरक्षमा करिब १४ हजार गाई छाडा छोडिएको छ । ती गाईहरु जंगलीजस्तै बनिसकेका छन् र मानिसलाई देखे भने अर्नाले जस्तै […]
२४ असोज,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ । पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिकरूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यतिकै नजिक […]
२४ असोज, काठमाडौं । हिजोआज सरकार चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणको तयारीमा छ । शनिबार नेपाल आउने सी हिँड्ने सडक वरपर र त्रिभुवन विमानस्थल सजावट र रंगरोगन गरेर चिटिक्क पारिएको छ । त्रिभुवन विमानस्थलबाट सी बस्ने होटल सोल्टी जाने बाटोमा पर्ने तीनकुनेमा पार्क बनाइएको छ । सडकतर्फ माटोको अग्लो ढिस्को बनाएर भित्री क्षेत्र छेकिने […]
२४ असोज, काठमाडौं । शनिबार काठमाडौं आउने चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा खटाइने भएको छ । राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् । त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र […]
२४ असोज, बनेपा । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार साँझ तीन जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् । महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना […]
२४ असोज, भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताएका छन् । भक्तपुरमा सञ्चालन भइरहेको ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे उनले नेपाल र चीनबीचको प्राचीनकालदेखिको सम्बन्धलाई यो भ्रमणले अझै […]
२४ असोज, काठमाडौं । आफ्नो पहिलो नेपाल भ्रमणको अघिल्लो दिन एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणमा जोड दिएका छन् । यो भ्रमणमा नेपाली पक्षले सबैभन्दा बढि आशा राखेको पनि सम्पर्क सञ्जालका पूर्वाधारहरुको निर्माणमा नै हो । चिनिया राष्ट्रपतिको नेपाल भ्रमण तय भएसँगै नेपालमा अब उत्तरतर्फको ढोका थप […]
२४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् । उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि बताए । ‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रहरी […]
२४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताएकी छन् । उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य […]
२४ असोज, काठमाडौं । सन् २०१८ मा उत्तरी छिमेकी मुलुक चीनका १४ करोड ९० लाख पर्यटकले विश्वका विभिन्न मुलुक भ्रमण गरे । भ्रमणमा उनीहरुले ३१५ खर्ब रुपैयाँ (२७७ बिलियन डलर) खर्च गरेका थिए । यही अवधिमा चीनबाट एक लाख ५३ हजार ६०२ चिनियाँ पर्यटक नेपाल आएका छन्, जुन संख्या कुल चिनियाँ पर्यटकको ०.०१ प्रतिशत मात्र […]
२४ असोज, डोटी । ‘यो दश जनाको कोठा हो तर हामी यसमा १४ जना सुतिरहेका छौं’ पुरानो होँचो कोठा देखाउँदै डोटी जिल्ला कारागारका चौकीदार दिपेन्द्र जेठाराले भने ‘कारागारले दिने अरु सुविधाहरुमा हामीलाई केही कमी छैन तर भौतिक पूर्वाधारको भने अभाव छ ।’ कारागार निरीक्षणका लागि डोटी पुगेको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद जोशी नेतृत्वको टोलीलाई कैदीहरुका […]
२४ असोज, सप्तरी । यसअघि चीनका विदेशमन्त्री नेपाल आउँदा बिरोध प्रदर्शनमा सहभागी भएकी सत्तारुढ समाजवादी पार्टीकी एक नेतृ सप्तरीबाट पक्राउ परेकी छन् । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनीता साहलाई सप्तरी सदरमुकाम राजविराजबाट नियन्त्रणमा लिएको हो । अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष समेत रहेकी साहलाई शुक्रबार […]
२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ भएको बताएका छन् । उनले नेपाल र चीनले मिलेर गर्नुपर्ने चारवटा काम औंल्याएका छन् । चिनियाँ राष्ट्रपति सीले औंल्याएका चार काम हुन्– रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु, व्यवहारिक सहयोग विस्तार गर्नु, जनस्तरीय आदान–प्रदानलाई व्यापक पार्नु र सुरक्षा सम्बन्धी सहयोग […]
२४ असोज, काठमाडौं । सरकारी कर्मचारीको मुद्धा हेर्न छुट्टै प्रशासकीय अदालत गठन हुने भएको छ । यससम्बन्धी ब्यवस्था गर्न बनेको ‘प्रशासकीय अदालतको गठन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । विधेयक प्रमाणीकरण भएसँगै अब सरकारी कर्मचारीको मुद्वा हेर्न काठमाडौंमा शक्तिशाली प्रशासकीय अदालत गठन हुनेछ । प्रशासकीय अदालतले हेर्ने २ […]
२४ असोज, काठमाडौं । तमू (गुरुङ)हरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । तमूहरुबीचको एकता, सहअस्तित्व र पहिचानका लागि सशक्त ढंगले अघि बढ्ने उद्घोष सम्मेलनका सहभागीले गरेका छन् । पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घटन गरेको तमू अन्तर्राष्ट्रिय सम्मेलनको समापन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजक प्रचार प्रसार समितिका मनोज गुरुङले बताए । उद्घाटन सत्रलाई […]
२४ असोज, काठमाडौं । धादिङकाे गल्छी गाउँपालिका–७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ७२८४ नम्बरको माइक्रोले सोही दिशातर्फ जाँदै गरेको बा४९प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका–१२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको […]
२४ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको शनिबार हुने नेपाल भ्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले चक्रपथभित्र ‘हेभी’ सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गर्ने निर्णय गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कतै निस्किनु जरुरी भएसकेसम्म लिफ्ट लिएर सडकमा सवारीसाधनको संख्या कम गर्न […]
from समाचार – Online Khabar https://ift.tt/31a4TKk
via IFTTT





















