Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

७०० गोलको नजिक पुगे रोनाल्डो

काठमाडौं । क्रिष्टियानो रोनाल्डो करियरको ७०० गोलनजिक पुग्दा पोर्चुगलले युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले १६ औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट अग्रता लिएको थियो । दुई गोल भने दोस्रो हाफमा भयो । खेलको ६५ औं […]

सीको सवारी हुने बाटोको प्रधानमन्त्रीले गरे निरीक्षण

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैंले स्थलगत निरीक्षण गरेका छन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् । ‘एक पटक आफैं हेरौं न भनेर निरीक्षणमा निस्कनु भएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

टर्कीले रोकेन कुर्दिस नियन्त्रित क्षेत्रको आक्रमण, १ लाख मानिस बिस्थापित

२५ असोज, काठमाडौं । टर्कीले गएको बुधबारदेखि सिरियामा जारी राखेको आक्रमणका कारण १ लाख मानिस विस्थापित भएका छन् । टर्कीका फौजको फौजको मुख्य निसानामा रहेका उत्तरपूर्वी सिरियाको अब्याद तथा रस अल–ऐनलगायत क्षेत्रका १ लाख मानिस टर्कीको आक्रमणका कारण विस्थापित हुन पुगेको बीबीसीले जनाएको छ । आक्रमण जारी रहेकाले यो संख्या थप बढ्न सक्ने अनुमान गरिएको […]

नवलपरासीमा जीप दुर्घटना, १ को मृत्यु, ४ घाइते

२५ असोज, नवलपरासी । नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि […]

सी आउँदा र जाँदा विमानस्थल बन्द, यी एयरलाइन्सका उडान हुँदैछन् प्रभावित

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ । भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका […]

चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमास्थलमा […]

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

२४ असोज, मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु […]

नेपालले चीनलाई दिन सक्ने ३ चिज

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति एवं विश्वका शक्तिशाली नेता सी जिनपिङ शनिबार अपरान्ह नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला नेपाललाई चीनले के–के देला भन्ने अनुमानित बहस भइरहेको छ । तर, सानो एवं गरीब देश नेपालले पनि चीनका लागि योगदान दिन सक्ने केही विषय छन्, जसबारे खासै बहस हुन सकिरहेको छैन । चिनियाँ विशिष्ट […]

कोशीटप्पुमा अर्नाको बिऊ जोगाउनै मुस्किल !

२४ असोज, कोशीटप्पु । उदयपुर, सुनसरी र सप्तरीको सीमानामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको बिऊ मासिन थालेको छ । घरपालुवा भैसी–राँगालाई जथाभावी प्रवेश दिँदा आरक्षमा रहेका अर्नाको बिउ मासिने खतरा बढेको हो । यो वन्यजन्तु आरक्षमा करिब १४ हजार गाई छाडा छोडिएको छ । ती गाईहरु जंगलीजस्तै बनिसकेका छन् र मानिसलाई देखे भने अर्नाले जस्तै […]

राप्रपा संयुक्तले भन्यो-राष्ट्रपति सीको भ्रमण सुखद् अवसर हो

२४ असोज,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ । पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिकरूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यतिकै नजिक […]

तीनकुने पार्कमा सेल्फी खिच्न स्वागत छ !

२४ असोज, काठमाडौं । हिजोआज सरकार चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणको तयारीमा छ । शनिबार नेपाल आउने सी हिँड्ने सडक वरपर र त्रिभुवन विमानस्थल सजावट र रंगरोगन गरेर चिटिक्क पारिएको छ । त्रिभुवन विमानस्थलबाट सी बस्ने होटल सोल्टी जाने बाटोमा पर्ने तीनकुनेमा पार्क बनाइएको छ । सडकतर्फ माटोको अग्लो ढिस्को बनाएर भित्री क्षेत्र छेकिने […]

निजामती कर्मचारीलाई सरकारको उर्दी : सीको स्वागत गर्न माइतीघरमा आउनू

२४ असोज, काठमाडौं । शनिबार काठमाडौं आउने चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा खटाइने भएको छ । राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् । त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र […]

काभ्रेमा गाडी दुर्घटना : तीन जनाको मृत्यु

२४ असोज, बनेपा  ।  काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार साँझ तीन जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् । महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना […]

चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुन्छ : बिजुक्छे   

२४ असोज, भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताएका छन् । भक्तपुरमा सञ्चालन भइरहेको ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे उनले नेपाल र चीनबीचको प्राचीनकालदेखिको सम्बन्धलाई यो भ्रमणले अझै […]

नेपाल–चीनका ६ नाका सञ्चालनमा, दुईवटाबाट व्यापार

२४ असोज, काठमाडौं । आफ्नो पहिलो नेपाल भ्रमणको अघिल्लो दिन एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणमा जोड दिएका छन् । यो भ्रमणमा नेपाली पक्षले सबैभन्दा बढि आशा राखेको पनि सम्पर्क सञ्जालका पूर्वाधारहरुको निर्माणमा नै हो । चिनिया राष्ट्रपतिको नेपाल भ्रमण तय भएसँगै नेपालमा अब उत्तरतर्फको ढोका थप […]

प्रहरीलाई प्रधानमन्त्रीले भने– पद र अनुहार नहेरी अनुसन्धान गर्नुहोस्

२४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् । उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि बताए । ‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्‍यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रहरी […]

सीको भ्रमणले नेपालको उचाइ बढ्छ : सुजाता कोइराला

२४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताएकी छन् । उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य […]

नेपाललाई चिनियाँ पर्यटकको आश, तर पूर्वाधार अभाव

२४ असोज, काठमाडौं । सन् २०१८ मा उत्तरी छिमेकी मुलुक चीनका १४ करोड ९० लाख पर्यटकले विश्वका विभिन्न मुलुक भ्रमण गरे । भ्रमणमा उनीहरुले ३१५ खर्ब रुपैयाँ (२७७ बिलियन डलर) खर्च गरेका थिए । यही अवधिमा चीनबाट एक लाख ५३ हजार ६०२ चिनियाँ पर्यटक नेपाल आएका छन्, जुन संख्या कुल चिनियाँ पर्यटकको ०.०१ प्रतिशत मात्र […]

डोटी कारागारका कैदीको गुनासो : पानी चुहिएर सुत्न सकिदैन

२४ असोज, डोटी । ‘यो दश जनाको कोठा हो तर हामी यसमा १४ जना सुतिरहेका छौं’ पुरानो होँचो कोठा देखाउँदै डोटी जिल्ला कारागारका चौकीदार दिपेन्द्र जेठाराले भने ‘कारागारले दिने अरु सुविधाहरुमा हामीलाई केही कमी छैन तर भौतिक पूर्वाधारको भने अभाव छ ।’ कारागार निरीक्षणका लागि डोटी पुगेको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद जोशी नेतृत्वको टोलीलाई कैदीहरुका […]

चिनिया राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ

२४ असोज, सप्तरी । यसअघि चीनका विदेशमन्त्री नेपाल आउँदा बिरोध प्रदर्शनमा सहभागी भएकी सत्तारुढ समाजवादी पार्टीकी एक नेतृ सप्तरीबाट पक्राउ परेकी छन् । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनीता साहलाई सप्तरी सदरमुकाम राजविराजबाट नियन्त्रणमा लिएको हो । अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष समेत रहेकी साहलाई शुक्रबार […]

चीन–नेपाल दाजुभाइ मिलेर गर्नुपर्ने ४ काम छन् : सी जिनपिङ

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ भएको बताएका छन् । उनले नेपाल र चीनले मिलेर गर्नुपर्ने चारवटा काम औंल्याएका छन् । चिनियाँ राष्ट्रपति सीले औंल्याएका चार काम हुन्– रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु, व्यवहारिक सहयोग विस्तार गर्नु, जनस्तरीय आदान–प्रदानलाई व्यापक पार्नु र सुरक्षा सम्बन्धी सहयोग […]



from समाचार – Online Khabar https://ift.tt/2Mxjv1f
via IFTTT
Powered by Blogger.