समाचार
२८ असोज, काठमाडौं । १३ औं गोदावरी फूलको प्रदर्शनी कात्तिकको पहिलो सातादेखि ललितपुरमा आयोजना हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएसन, नेपालले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म जावलाखेलस्थित खेल मैदानमा फूलको प्रर्दशनी गर्न लागेको हो । गोदावरी फूलको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनका […]
२८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने शुभकामना तथा चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी […]
२८ असोज, रामेछाप । सदरमुकाम मन्थली बजारसँग जोडिएर बग्ने रणजोर खोलाले मन्थली र आसपासको क्षेत्रको कृषि योग्य र बहुमूल्य जग्गामा वर्षेनी क्षती पुर्याउने गरेको छ । रणजोर खोला मन्थली र आसपासको क्षेत्रको लागि अभिसाप भएको छ । मन्थली नगरपालिका-३ घ्याप्चे शीर भएर बहने रणजोर खोलाले मन्थली नगरपालिकाको वडानम्बर-३ कठजोरको अर्चले, ४ सालुको गैराथोक, ५ को […]
२८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले फुकुवा गरेपछि खुशी भएका नेपाली क्रिकेटप्रेमीहरु भोलिपल्टै चिन्तामा परेका छन् । चिन्ताको कारण हो, राष्ट्रिय क्रिकेट टिमको कप्तानी त्याग्ने पारस खड्काको अप्रत्याशित निर्णय । आईसीसीले सुखद निर्णय लिएको भोलिपल्टै सबैलाई आश्चर्यमा पार्नेगरी पारसको अप्रिय निर्णय आएको छ । उनले यसअगाडि […]
२७ असोज, काठमाडौं । सरकारले लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै फेरि गैर आवासीय नेपालीलाई लगानी ल्याउन आग्रह गरेको छ । राजधानीमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आह्वान गरिन् । नेपालमा लगानीका लागि आन्तरिक र बाह्य दुबै ढंगले अनुकूल वातावरण सिर्जना […]
२८ भदौ, काठमाडौं । धादिङमा चक्कुले आफ्नै घाँटी काट्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । मंगलबार विहान साढे ९ बजे तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेका सिद्धलेख गाउँपालिका २ का ५० वर्षका गोपालबहादुर ब्याजबासी मगरको उपचारका लागि धादिङपेशीस्थित अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव धादिङ जिल्ला अस्पतालमा राखिएको […]
२८ असोज, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आर्थिक वर्ष ०७६/०७७ को चौमासिक तलब र दशैं खर्च नपाएपछि विद्यालय बन्द गराएका हुन् । पर्साको पकहामैनपुर र जगरनाथपुर गाउँपालिकाका शिक्षकहरुले पनि तलब पाएका छैनन् । दशैंमा तलब नपाएका उनीहरु दिपावली र छठका […]
२८ असोज काठमाडौं । तपाईलाई अहिलेको समाज राम्रो लाग्छ कि उहिलेको ? यस विषयमा समाजशास्त्रीवीच मतान्तर रहँदै आएको छ । कतिपय समाजशास्त्रीहरु पहिलेकै समाज ठीक थियो, अहिले बिग्रियो भन्ने गर्छन् । प्रगतिशील समाजशास्त्रीहरु चाहिँ पहिलेको सामन्ती समाजभन्दा आधुनिक समाज सभ्य रहेको तर्क गर्छन् । नेपालको सन्दर्भमा पनि पहिलेकै समाज राम्रो र सभ्य थियो भन्नेहरु प्रशस्त […]
२८ असोज, बुटवल । रुपन्देही उद्योग संघको अध्यक्षमा बाबुराम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । संघको २१ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मंगलबार भएको मनोनयनमा अध्यक्ष पदमा बोहोराको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली पनि निर्विरोध निर्वाचित भएका […]
२८ असोज, काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिने अहिले नै उपयुक्त समय रहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि नयाँ ढंगले अघि बढ्नुपर्ने भएकाले राजीनामा दिएको प्रतिक्रिया दिए । अब नेपाली क्रिकेटलाई अघि बढाउन मैदानमा खेलाडीहरुले र मैदान बाहिर क्रिकेट संघको पदाधिकारीले […]
२८ असोज, काठमाडौं । मोरङ प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ बस्ने ४६ वर्षीय राजा साह पक्राउ परेका हुन् । साहलाई मोरङ जिल्ला अदालतले २०६८ मंशिर २७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्षको कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको […]
२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले आफूले केही समय क्रिकेटबाट विश्राम लिने बताएका छन् । लामो समयसम्म नेपाली क्रिकेट टिमको कप्तानी गरेको र नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि खेलाडी छनोटकर्ताको पनि भूमिकामा रहेका उनले केही समय विश्राम लिने बताएका हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले लामो समयसम्म दोहोरो […]
२८ असोज, काठमाडौं । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई मोरङको विराटनगर महानगरपालिका-४ को कन्चनबारी चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् । रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १/१ थान […]
२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले अबको कप्तान ज्ञानेन्द्र मल्ललाई बनाउँदा उपयुक्त हुने बताएका छन् । अनलाइनखबरससँगको कुराकानीमा उनले लामो समयदेखि उपकप्तान रहेका ज्ञानेन्द्रलाई कम्तीमा एक वर्ष नेपाली क्रिकेट टिमको कप्तानी गर्न दिनु उपयुक्त हुने बताएका हुन् । यद्यपी कप्तान कसलाई बनाउने भन्ने निर्णय नेपाल क्रिकेट संघ र […]
काठमाडौँ । २६ वर्ष काम गरेको त्रिभुवन शिक्षण अस्पतालबाट बिदा भएको भोलिपल्ट प्राध्यापक डाक्टर गोविन्द केसी दोलखा जिल्लाको चरिकोट पुगेका छन् । मंगलबार बिहानै काठमाडौँबाट सार्वजनिक बस चढेर उनी दोलखा जिल्ला अस्पताल पुगेका हुन् । ६३ वर्षे उमेर हदको कारण डा. केसीले शिक्षण अस्पतालबाट सोमबार मात्र अवकाश पाएका थिए । सोमबार नै अस्पतालको क्वार्टर छाडेका […]
२८ असोज, काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । मन्त्रालयका एक अधिकारीका अनुसार दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको छ । थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), […]
२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
२८ असोज, काठमाडौं। काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् । संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनले सम्मेलन बहिस्कार गरेका हुन् । डा. महतोले अनलाइनखबरसँग […]
२८ असोज, विराटनगर । दशैंको अवधीमा मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा११ जनाले आत्महत्या गरेका हुन् । त्यसै अवधीमा १५ जनाले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दशैंकै अवधीमा भएका ५५ वटा सवारी दुर्घटनामा […]
२८ असोज, सुनसरी । बाहिर टन्टलापुर घाम लागिरहेको थियो । गोठालाहरु कोही छाता ओढेर बस्तु चरिरहेका ठाउँमा बसेका थिए । कोही सल ओढेर मोवाइल चलाउन ब्यस्त थिए । मध्यान्हको घाम चर्किरहेका बेला अधबैसें महिला हातमा हँसिया बोकेर चोरबाटो हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ प्रवेश गर्दै थिइन् । उनीसँगै १३, १४ वर्षका दुई किशोरी पनि थिए । […]
२८ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा लगिएको छ । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा महरा बिरामी परेपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । दशैं विदा र त्यसपछि पनि विभिन्न विदाका कारण […]
from समाचार – Online Khabar https://ift.tt/2psrtkb
via IFTTT






















