Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ऊर्जा सचिवस्तरीय बैठक : बुटवल–गोरखपुर प्रसारण लाइनमा नेपाल र भारतको समान हिस्सा   

२८ असोज, काठमाडौँ । नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महीनाभित्र आयोजना गर्ने भएको छ । सोमबारदेखि शुरु भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले दोस्रो […]

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता

२८ असोज, गुल्मी ।  खोला तर्ने क्रममा मंगलबार डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र ५ वर्षीया गरिमा विक बेपत्ता भएका हुन् । खोला तर्ने क्रममा डुबेका ७ वर्षीय किसान विकको माछा मार्न गएका स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । बेपत्ता दुवैको […]

भोटेकोशीबाट असोजभित्रै ४५ मेगावाट विद्युत् उत्पादन

२८ असोज, मेलम्ची । जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महिना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो । आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न […]

बन्द–हड्ताल निषेधित क्षेत्रमा मौसम पूर्वानुमान सेवा पनि थप

२८, असोज, काठमाडौं । सरकारले बन्द हड्ताल गर्न नपाइने १९ अत्यावश्यक सेवा क्षेत्रको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई पनि निषेधित क्षेत्रमा राख्दै नयाँ सूची जारी गरेको हो । सरकारले प्रत्येक ६/६ महिनामा सरकारले यस्तो सूची अपडेट गर्छ । नयाँ सूचीमा अघिल्लोपटकका १८ वटा क्षेत्रलाई निरन्तरता दिँदै […]

आईओएमका डीनलाई कालो मोसो दलेको आरोपमा एक जना पक्राउ

२८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदिश अग्रवाललाई कालोमोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहराका २८ वर्षीय विजय थापा छन् । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले मंगलबार पक्राउ गरेको डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए । यसअघि २६ भदौमा पत्रकार हुँ भन्दै छिरेका थापाले कार्यालय […]

छेन्दु पुगेर मुख्यमन्त्रीले भने : नेपाल–चीन सम्बन्ध नयाँ ढंगले अघि बढ्छ

२८ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालैको नेपाल भ्रमणले नेपाल-चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् । उनले सीको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए । चीनको छेन्दुमा विकास र सहकार्यका लागि बीआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको मंगलबार आयोजित उद्घाटन समारोहमा बोल्दै […]

धनगढीमा ८८ हजारसहित ७ जुवाडे पक्राउ

२८ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले घरमै जुवातास खेलाइरहेको अवस्थामा घरवेटीसहित ७ जनालाई पक्राउ गरेको छ । जुवातास खेलेको सूचनाका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका ३ विशालनगरबाट घरवेटी ताराचन्द, सोही ठाउँका गणेशबहादुर साउँद, नरबहादुर ऐर, खगेन्द्र रावत, वडानम्बर ४ का हरिसिंह बोहरा, ५ का प्रकाश भाट र कृष्णपुर नगरपालिका ८ कंचनपुरका गिरिराज पाण्डेयलाई […]

विमानस्थल तोडफोडको आरोपमा सांसद पक्राउको राजपाद्वारा विरोध

२८ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पार्टीका नेता पक्राउ परेकामा राष्ट्रिय जनता पार्टी नेपालले विरोध जनाएको छ । सोमबार जनकपुर विमानस्थलमा वुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले राजपा नेता तथा सर्लाही १ बाट निर्वाचित सांसद प्रमोदकुमार साहलाई पक्राउ गरेको थियो । राजपाले सामान्य घटनालाई पनि अतिरञ्जित बनाई साहलाई पक्राउ गरिएको आरोप लगाएको […]

बुटवलका युवाले बनाए व्याट्रीबाट चल्ने चारपाङ्ग्रे बाइक

२८ असोज,बुटवल । बुटवल देवीनगरका एक युवाले व्याट्रीबाट चल्ने चार पाङग्रे मोटरसाइकल बनाएका छन् । बुटवलको अक्सफोर्ड मावि कक्षा १२ का विद्यार्थी कपिल ज्ञवालीले एटीभी क्वाड नामको चार पाङग्रे मोटरसाइकल बनाएका हुन् । ज्ञवालीले नेपालमा पहिलोपटक आफूले यस्तो मोटरसाइकल बनाएको दावी गरे । विद्युत चार्ज गरेर चलाउन सकिने यो मोटरसाइकल प्रतिघण्टा करिब ६५ किलोमिटर गतिमा […]

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत दक्षिणपूर्व एशियाली मतदान समूहको नेपाल सदस्य हो । सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुने कार्यक्रम छ । […]

गोदावरीको फूलको प्रदर्शनी कात्तिकको पहिलो सातादेखि

२८ असोज, काठमाडौं । १३ औं गोदावरी फूलको प्रदर्शनी कात्तिकको पहिलो सातादेखि ललितपुरमा आयोजना हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएसन, नेपालले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म जावलाखेलस्थित खेल मैदानमा फूलको प्रर्दशनी गर्न लागेको हो । गोदावरी फूलको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनका […]

नेकपाको चियापान कार्यक्रम बुधबार

२८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने शुभकामना तथा चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी […]

मन्थली र आसपासको क्षेत्रमा अभिशाप बन्दै रणजोर खोला

२८ असोज, रामेछाप । सदरमुकाम मन्थली बजारसँग जोडिएर बग्ने रणजोर खोलाले मन्थली र आसपासको क्षेत्रको कृषि योग्य र बहुमूल्य जग्गामा वर्षेनी क्षती पुर्‍याउने गरेको छ । रणजोर खोला मन्थली र आसपासको क्षेत्रको लागि अभिसाप भएको छ । मन्थली नगरपालिका-३ घ्याप्चे शीर भएर बहने रणजोर खोलाले मन्थली नगरपालिकाको वडानम्बर-३ कठजोरको अर्चले, ४ सालुको गैराथोक, ५ को […]

सबैका प्रिय कप्तानले लिएको अप्रिय निर्णय

२८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले फुकुवा गरेपछि खुशी भएका नेपाली क्रिकेटप्रेमीहरु भोलिपल्टै चिन्तामा परेका छन् । चिन्ताको कारण हो, राष्ट्रिय क्रिकेट टिमको कप्तानी त्याग्ने पारस खड्काको अप्रत्याशित निर्णय । आईसीसीले सुखद निर्णय लिएको भोलिपल्टै सबैलाई आश्चर्यमा पार्नेगरी पारसको अप्रिय निर्णय आएको छ । उनले यसअगाडि […]

गैर आवासीय नेपालीको सम्मेलनमा लगानीको चर्चा

२७ असोज, काठमाडौं । सरकारले लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै फेरि गैर आवासीय नेपालीलाई लगानी ल्याउन आग्रह गरेको छ । राजधानीमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आह्वान गरिन् । नेपालमा लगानीका लागि आन्तरिक र बाह्य दुबै ढंगले अनुकूल वातावरण सिर्जना […]

आफ्नै घाँटी रेट्दा मृत्यु

२८ भदौ, काठमाडौं । धादिङमा चक्कुले आफ्नै घाँटी काट्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । मंगलबार विहान साढे ९ बजे तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेका सिद्धलेख गाउँपालिका २ का ५० वर्षका गोपालबहादुर ब्याजबासी मगरको उपचारका लागि धादिङपेशीस्थित अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव धादिङ जिल्ला अस्पतालमा राखिएको […]

तलब नपाएपछि पर्साको विन्दबासिनी गाउँपालिकाका शिक्षक आन्दोलित

२८ असोज, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आर्थिक वर्ष ०७६/०७७ को चौमासिक तलब र दशैं खर्च नपाएपछि विद्यालय बन्द गराएका हुन् । पर्साको पकहामैनपुर र जगरनाथपुर गाउँपालिकाका शिक्षकहरुले पनि तलब पाएका छैनन् । दशैंमा तलब नपाएका उनीहरु दिपावली र छठका […]

पत्रकारले बाउलाई पनि तपाईं भन्दैन : प्रधानमन्त्री

२८ असोज काठमाडौं । तपाईलाई अहिलेको समाज राम्रो लाग्छ कि उहिलेको ? यस विषयमा समाजशास्त्रीवीच मतान्तर रहँदै आएको छ । कतिपय समाजशास्त्रीहरु पहिलेकै समाज ठीक थियो, अहिले बिग्रियो भन्ने गर्छन् । प्रगतिशील समाजशास्त्रीहरु चाहिँ पहिलेको सामन्ती समाजभन्दा आधुनिक समाज सभ्य रहेको तर्क गर्छन् । नेपालको सन्दर्भमा पनि पहिलेकै समाज राम्रो र सभ्य थियो भन्नेहरु प्रशस्त […]

रुपन्देही उद्योग संघको अध्यक्षमा बोहोरा निर्विरोध

२८ असोज, बुटवल । रुपन्देही उद्योग संघको अध्यक्षमा बाबुराम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । संघको २१ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मंगलबार भएको मनोनयनमा अध्यक्ष पदमा बोहोराको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र  द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली पनि निर्विरोध निर्वाचित भएका […]

पारसले भने – कप्तानी छाड्ने उपयुक्त समय यही हो

२८ असोज, काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिने अहिले नै उपयुक्त समय रहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि नयाँ ढंगले अघि बढ्नुपर्ने भएकाले राजीनामा दिएको प्रतिक्रिया दिए । अब नेपाली क्रिकेटलाई अघि बढाउन मैदानमा खेलाडीहरुले र मैदान बाहिर क्रिकेट संघको पदाधिकारीले […]

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

२८ असोज, काठमाडौं । मोरङ प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ बस्ने ४६ वर्षीय राजा साह पक्राउ परेका हुन् । साहलाई मोरङ जिल्ला अदालतले २०६८ मंशिर २७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्षको कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको […]



from समाचार – Online Khabar https://ift.tt/2oIzzFu
via IFTTT
Powered by Blogger.