समाचार
२८ असोज, काठमाडौं । विदेशबाट नेपालमा लगानी भित्र्याउने दाबी गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) आफैंले अहिले करिब १५ करोड रुपैयाँ ऋणको भारी बोकिरहेको छ । भलै, १२ करोड रुपैयाँ उठ्न बाँकी छ । केन्द्रीय पदाधिकारीहरुले संघलाई ऋणस्वरूप सापटी रकम दिएर चलाइरहेको अवस्था छ । संघको नेतृत्व गर्ने एनआरएन नेताहरु अर्बपति भए पनि संस्था भने […]
२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आ-आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास […]
२८ असोज, काठमाडौं । सर्वोच्च अदालतले छाडा गाइगोरुको तथ्यांक संकलन गरी तिनीहरुलाई संरक्षण गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रीटको मंगलबार सार्वजनिक पूर्णपाठमा प्रत्येक नगरपालिका तथा गाउँपालिका तहमा बहुपक्षीय संलग्नता र समन्वयमा संरक्षण केन्द्र तथा अस्थायी स्याहार केन्द्र खोली छाडा गाईवस्तुको स्याहार सम्भारको व्यवस्था गर्न आदेश […]
आज मैले कप्तानी त्याग गरेँ । तर, यो अनायास लिएको निर्णय होइन । म कप्तान भएको भएर नेपाली क्रिकेट यहाँसम्म आइपुगेको पनि होइन र मैले कप्तानको भूमिका छाड्दैमा नेपाली क्रिकेट फेरि पछि धकेलिने पनि होइन । मैले राजीनामाको बारेमा आफ्ना निकटका व्यक्तिहरुसँग छलफल गरेँ । के गर्दा ठीक हुन्छ, के गर्दा बेठिक हुन्छ भनेर राय […]
२८ असोज, कावासोती । नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो । विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो । गम्भीर रुपमा घाइते भएका उनको उपचारका […]
२८ असोज, काठमाडौं । मन्त्रालयकै कर्मचारीहरु कार्यालय समयमै कार्यालयमा उपस्थित नहुने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार विहान बिभिन्न ९ मन्त्रालयमा गरेको अनुगमनका क्रममा १३६ कर्मचारी अनुपस्थित तथा समय पालना नगरेको पाइएको हो । यस्तै ६६ कर्मचारीले विदा स्वीकृत नगरी अनुपस्थित भएको र १३ जनाले कार्यालय पोशाक नलगाएको पाइएको सतर्कता केन्द्रले जनाएको छ […]
२८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने बलराम पौडेललाई मानव अधिकार तथा शान्ति समाजले पदबाट बर्खास्त गरेको छ । मानव अधिकार तथा शान्ति समाजका युवा विभागीय संयोजक रहेका पौडेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपूर्व असोज २३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिरोध प्रदर्शनका […]
२८ असोज, काठमाडौं । नेपाल र भारतबीच न्यू बुटवल-न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन को निर्माणको मोडालिटीमा सहमति जुटेको छ । अब दुई देशले संयुक्त रुपमा कम्पनी खोलेर आयोजना बनाउने सहमति गरेका छन् । यो कम्पनीमा दुबै दशेको ५०-५० प्रतिशत स्वपुँजी रहनेछ । भारतको बैंगलोलमा भएको दुई देशबीचको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा […]
२८ असोज, काठमाडौँ । नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महीनाभित्र आयोजना गर्ने भएको छ । सोमबारदेखि शुरु भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले दोस्रो […]
२८ असोज, गुल्मी । गुल्मीमा बडीगाड खोला तर्ने क्रमम क्रममा बगेर २ जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षिय दिपक बिक, ५ वर्षिय गरिमा बिक बडिगाड खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । मंगलवार छल्दी र बडिगाड खोलाको दोभान भन्ने […]
२८ असोज, मेलम्ची । जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महिना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो । आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न […]
२८, असोज, काठमाडौं । सरकारले बन्द हड्ताल गर्न नपाइने १९ अत्यावश्यक सेवा क्षेत्रको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई पनि निषेधित क्षेत्रमा राख्दै नयाँ सूची जारी गरेको हो । सरकारले प्रत्येक ६/६ महिनामा सरकारले यस्तो सूची अपडेट गर्छ । नयाँ सूचीमा अघिल्लोपटकका १८ वटा क्षेत्रलाई निरन्तरता दिँदै […]
२८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदिश अग्रवाललाई कालोमोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहराका २८ वर्षीय विजय थापा छन् । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले मंगलबार पक्राउ गरेको डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए । यसअघि २६ भदौमा पत्रकार हुँ भन्दै छिरेका थापाले कार्यालय […]
२८ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालैको नेपाल भ्रमणले नेपाल-चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् । उनले सीको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए । चीनको छेन्दुमा विकास र सहकार्यका लागि बीआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको मंगलबार आयोजित उद्घाटन समारोहमा बोल्दै […]
२८ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले घरमै जुवातास खेलाइरहेको अवस्थामा घरवेटीसहित ७ जनालाई पक्राउ गरेको छ । जुवातास खेलेको सूचनाका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका ३ विशालनगरबाट घरवेटी ताराचन्द, सोही ठाउँका गणेशबहादुर साउँद, नरबहादुर ऐर, खगेन्द्र रावत, वडानम्बर ४ का हरिसिंह बोहरा, ५ का प्रकाश भाट र कृष्णपुर नगरपालिका ८ कंचनपुरका गिरिराज पाण्डेयलाई […]
२८ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पार्टीका नेता पक्राउ परेकामा राष्ट्रिय जनता पार्टी नेपालले विरोध जनाएको छ । सोमबार जनकपुर विमानस्थलमा वुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले राजपा नेता तथा सर्लाही १ बाट निर्वाचित सांसद प्रमोदकुमार साहलाई पक्राउ गरेको थियो । राजपाले सामान्य घटनालाई पनि अतिरञ्जित बनाई साहलाई पक्राउ गरिएको आरोप लगाएको […]
२८ असोज,बुटवल । बुटवल देवीनगरका एक युवाले व्याट्रीबाट चल्ने चार पाङग्रे मोटरसाइकल बनाएका छन् । बुटवलको अक्सफोर्ड मावि कक्षा १२ का विद्यार्थी कपिल ज्ञवालीले एटीभी क्वाड नामको चार पाङग्रे मोटरसाइकल बनाएका हुन् । ज्ञवालीले नेपालमा पहिलोपटक आफूले यस्तो मोटरसाइकल बनाएको दावी गरे । विद्युत चार्ज गरेर चलाउन सकिने यो मोटरसाइकल प्रतिघण्टा करिब ६५ किलोमिटर गतिमा […]
काठमाडौं, २८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत दक्षिणपूर्व एशियाली मतदान समूहको नेपाल सदस्य हो । सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुने कार्यक्रम छ । […]
२८ असोज, काठमाडौं । १३ औं गोदावरी फूलको प्रदर्शनी कात्तिकको पहिलो सातादेखि ललितपुरमा आयोजना हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएसन, नेपालले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म जावलाखेलस्थित खेल मैदानमा फूलको प्रर्दशनी गर्न लागेको हो । गोदावरी फूलको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनका […]
२८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने शुभकामना तथा चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी […]
२८ असोज, रामेछाप । सदरमुकाम मन्थली बजारसँग जोडिएर बग्ने रणजोर खोलाले मन्थली र आसपासको क्षेत्रको कृषि योग्य र बहुमूल्य जग्गामा वर्षेनी क्षती पुर्याउने गरेको छ । रणजोर खोला मन्थली र आसपासको क्षेत्रको लागि अभिसाप भएको छ । मन्थली नगरपालिका-३ घ्याप्चे शीर भएर बहने रणजोर खोलाले मन्थली नगरपालिकाको वडानम्बर-३ कठजोरको अर्चले, ४ सालुको गैराथोक, ५ को […]
from समाचार – Online Khabar https://ift.tt/31dXr0R
via IFTTT






















