समाचार
१४ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाब्वे विरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । त्यो हारको बदला लिने लक्ष्यमा पनि नेपाल रहेको छ […]
१४ असोज, डोटी । जिल्लाका प्रमुख व्यापारी केन्द्र दीपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएभन्दा महँङ्गो मूल्यका सामान किन्न बाध्य छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दीपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य […]
१४ असोज, चितवन । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो । अर्बुदरोगका कारण […]
१४ असोज, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने बताएका छन् । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय […]
१४ असोज, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए । रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, […]
१४ असोज, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र एउटा भवनमा बिहानदेखि रातिसम्मै ठाकठुक–ठाकठुक,र्याइँ–र्याइँ रुँइ–रुइँको आवाज आइरहन्छ । सुन्दा कहिले फर्निचर कम्पनी हो कि जस्तो लाग्छ त कहिले मोटर ग्यारेजजस्तो । विश्वविद्यालयभित्र उद्योगमै जसरी काम भइरहेको यो भवनमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ रहेको छ । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको परिकल्पना हो । यो नेपाली युवाका लागि आविष्कार […]
१४ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालको योगदान अतुलतीय रहेकाे बताएका छन् । उनले नेपालकाे सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसंघ प्रतिबद्ध रहेको पनि बताए । राष्ट्रसंघको ७४औं महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा […]
चिनियाँ राष्ट्रपति नेपाल आउने निश्चित भएको छ । उनको भ्रमणको टुंगो लागेसँगै अहिले नेपाली राजनीतिमा सी विचारधारा, बीआरआई, इण्डोप्यासिफिक रणनीतिलगायतका विषयले चर्चा पाएका छन् । यी विषयहरुलाई फरक–फरक कोणबाट विश्लेषण गरिँदैछ । यी विषयहरुका सन्दर्भमा नेपाल तथा नेपाली जनताको भूमिका कस्तो हुने ? एउटा स्पष्ट विश्लेषण र त्यस आधारमा आफ्नो भूमिका निर्धारण गर्नुपर्ने हुन्छ । […]
१४ असोज, नवलपरासी । नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध […]
१४ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट […]
पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकेर्युता । प्रसादं तनुने महं चन्द्रघण्टेति विश्रुता ।। नवरात्रिको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा आराधना गरेर मनाइँदै छ । नवरात्र अवधिमा नौ देवी पुजिने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा–आराधना गर्न लागिएको हो । चन्द्रघण्टायो देवीको निधारमा घण्टी आकारको आधा चन्द्रमा छ । देवीको यो स्वरूप परम शान्तिदायक र कल्याणकारी हुने धार्मिक वचन छ । उनकाे […]
१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले लगाएको दुर्व्यवहारको आरोप निराधार भएको उनको सचिवालयले दाबी गरेको छ । संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर, सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै महिलाले लगाएको आरोपको खण्डन गरेका […]
१४ असोज, काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गरेका हुन् । कोषले वि.सं. २०६६ चैत २६ गतेदेखि […]
१४ असोज, काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष शुरु हुनै लाग्दा होटल क्षेत्रमा काम गर्ने मजदुर आन्दोलित बनेका छन् । होटल, क्यासिनो तथा रेष्टुरेन्टमा काम गर्ने मजदुर श्रम ऐन अनुसार होटल सञ्चालकले न्यूनतम पारिश्रमिकसमेत नदिएको, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा श्रमिकले कानूनी रुपमा पाउनुपर्ने १० प्रतिशत सेवा शुल्कको कार्यान्वयन हुनुपर्ने लगायतका माग राखेर […]
१४ असोज, काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए । भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा […]
१३ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।दुर्घटनामा […]
१३ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्वाहली तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायत माग राखेर सोमबार काठमाडौंको नयाँ बानेश्वरमा एक घण्टा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारहरुको तत्काल पुनर्वाहली गर्न सरकारसँग माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा धर्ना सुरु गरेको हो । […]
१३ असोज, चितवन । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि […]
१३ असोज, वीरगञ्ज । व्यवस्था फेरिए पनि स्थानीय निकायमा जस्तै स्थानीय सरकारमा बजेट विनियोजन तथा कार्यान्वयनमा वेथिति देखिएको सरोकारवालाले बताएका छन् । डेमोक्रेसी रिसोर्स सेन्टर र सानो पाइलाले वीरगञ्जमा आयोजना गरेको संघीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन विषयक अन्तर्क्रियामा उनीहरुले त्यस्तो बताएका हुन् । आफूलाई फाइदा हुने कुरामा जनप्रतिनिधि र कर्मचारी एक देखिएको […]
१३ असोज, रोल्पा । सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस सोमबार दुर्घटना भएको हो । सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट दुई सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिए । दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर […]
१३ असोज, काठमाडौं । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले सोमबार दिउँसो आक्रमण गरेको छ । ५/६ जनाको नकावधारी समूहले गमगढीबाट कार्यालय जानेक्रममा अन्दाजी १ बजेको समयमा सोरु गाउँपालिका-७ सिप गाउँमा उपाध्यायमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक लालबाबु ऐरले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका उपाध्यायलाई गमगढीस्थित […]
from समाचार – Online Khabar https://ift.tt/2oLTVND
via IFTTT