Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भरतपुर कारागारका कैदीको उपचारका क्रममा मृत्यु

१४ असोज, चितवन । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो । अर्बुदरोगका कारण […]

चाडपर्व विकृतिरहित ढंगले मनाऔं : मुख्यमन्त्री पौडेल

१४ असोज, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने बताएका छन् । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय […]

महावीर पुनको ‘आविष्कार केन्द्र’

१४ असोज, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र एउटा भवनमा बिहानदेखि रातिसम्मै ठाकठुक–ठाकठुक,र्‍याइँ–र्‍याइँ रुँइ–रुइँको आवाज आइरहन्छ । सुन्दा कहिले फर्निचर कम्पनी हो कि जस्तो लाग्छ त कहिले मोटर ग्यारेजजस्तो । विश्वविद्यालयभित्र उद्योगमै जसरी काम भइरहेको यो भवनमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ रहेको छ । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको परिकल्पना हो । यो नेपाली युवाका लागि आविष्कार […]

यूएन महासचिवले भने– विश्व शान्ति स्थापनामा नेपालको योगदान अतुलनीय

१४ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालको योगदान अतुलतीय रहेकाे बताएका छन् । उनले नेपालकाे सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसंघ प्रतिबद्ध रहेको पनि बताए । राष्ट्रसंघको ७४औं महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा […]

विप्लव समूहका तीन विद्यार्थी नेतामाथि मुद्दा

१४ असोज, नवलपरासी । नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध […]

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता

१४ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट […]

नवरात्रिको तेस्रो दिन चन्द्रघण्टाको पूजा कसरी गर्ने ?

पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकेर्युता । प्रसादं तनुने महं चन्द्रघण्टेति विश्रुता ।। नवरात्रिको तेस्रो दिन आज  चन्द्रघण्टाको पूजा आराधना गरेर मनाइँदै छ । नवरात्र अवधिमा नौ देवी पुजिने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा–आराधना गर्न लागिएको हो । चन्द्रघण्टायो देवीको निधारमा घण्टी आकारको आधा चन्द्रमा छ । देवीको यो स्वरूप परम शान्तिदायक र कल्याणकारी हुने धार्मिक वचन छ । उनकाे […]

सभामुख महराको सचिवालय भन्छ– दुर्व्यवहारको आरोप निराधार

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले लगाएको दुर्व्यवहारको आरोप निराधार भएको उनको सचिवालयले दाबी गरेको छ । संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर, सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै महिलाले लगाएको आरोपको खण्डन गरेका […]

पशुपतिको भेटी बिदाको दिन पनि बैंकमा जम्मा गरिने

१४ असोज, काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गरेका हुन् । कोषले वि.सं. २०६६ चैत २६ गतेदेखि […]

भ्रमण वर्ष शुरु हुनै लाग्दा होटल मजदुर आन्दोलित

१४ असोज, काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष शुरु हुनै लाग्दा होटल क्षेत्रमा काम गर्ने मजदुर आन्दोलित बनेका छन् । होटल, क्यासिनो तथा रेष्टुरेन्टमा काम गर्ने मजदुर श्रम ऐन अनुसार होटल सञ्चालकले न्यूनतम पारिश्रमिकसमेत नदिएको, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा श्रमिकले कानूनी रुपमा पाउनुपर्ने १० प्रतिशत सेवा शुल्कको कार्यान्वयन हुनुपर्ने लगायतका माग राखेर […]

चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

१४ असोज, काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए । भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा […]

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु

१३ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।दुर्घटनामा […]

ओली सरकारको ‘एन्टीबडी’ र चिनियाँ झाँक्री !

दुई साताअघि ‘ओली शासनमा राजनीतिक प्रदूषण’ शीर्षकमा यस पंक्तिकारले अनलाइनखबरमा राजनीतिक टिप्पणी लेखेको थियो । सो टिप्पणीमाथि प्रश्न उठाउँदै नेकपाका एक नेताले भने, ‘राजनीतिक प्रदूषण बढ्दैछ भनेर मात्र पुगेन पत्रकारज्यू, सरकारमा बढिरहेको ‘ब्याक्टेरिया’ कसरी हटाउने भन्ने उपचारविधिको पनि विश्लेषण गर्नुपर्‍यो नि । समस्या मात्र देखाएर भएन, समाधान पनि बताउनुपर्‍यो । सत्तारुढ नेकपाका नेताको चिन्ता स्वाभाविकै […]

निष्कासित पत्रकारहरुको पुनर्वाहलीको माग राख्दै बानेश्वरमा धर्ना

१३ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्वाहली  तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायत माग राखेर सोमबार काठमाडौंको नयाँ बानेश्वरमा एक घण्टा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारहरुको तत्काल पुनर्वाहली गर्न सरकारसँग माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा धर्ना सुरु गरेको हो । […]

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न समिति गठन   

१३ असोज, चितवन ।  भ्रष्टाचार विरोधी अभियान चलाउँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि […]

स्थानीय तह : व्यवस्था फेरियो, वेथिति फेरिएन

१३ असोज, वीरगञ्ज । व्यवस्था फेरिए पनि स्थानीय निकायमा जस्तै स्थानीय सरकारमा बजेट विनियोजन तथा कार्यान्वयनमा वेथिति देखिएको सरोकारवालाले बताएका छन् । डेमोक्रेसी रिसोर्स सेन्टर र सानो पाइलाले वीरगञ्जमा आयोजना गरेको संघीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन विषयक अन्तर्क्रियामा उनीहरुले त्यस्तो बताएका हुन् । आफूलाई फाइदा हुने कुरामा जनप्रतिनिधि र कर्मचारी एक देखिएको […]

रोल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु   

१३ असोज, रोल्पा । सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस सोमबार दुर्घटना भएको हो । सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट दुई सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिए । दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर […]

मुगुमा प्रशासकीय अधिकृतमाथि आक्रमण

१३ असोज, काठमाडौं । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले सोमबार दिउँसो आक्रमण गरेको छ । ५/६ जनाको नकावधारी समूहले गमगढीबाट कार्यालय जानेक्रममा अन्दाजी १ बजेको समयमा सोरु गाउँपालिका-७ सिप गाउँमा उपाध्यायमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक लालबाबु ऐरले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका उपाध्यायलाई गमगढीस्थित […]

सभामुखमाथि लाग्यो गम्भीर आरोप, महरा भन्छन्– कर्मचारीले समायोजनको रीस पोखिन्

१३ असोज, काठमाडौं । शालीन एवं भद्र स्वभावका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् । सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । अनलाइनखबरको सम्पर्कमा आएकी संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य […]

‘खुला दिसा बाई बाई, पूर्ण सरसफाइ हाई हाई’

१३ असोज, काठमाडौं । सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा कार्यक्रमको अन्त्यतिर मञ्चको अगाडि एक हुल बिद्यार्थी देखिए । उनीहरुले नारा लगाए, ‘खुला दिसा बाई बाई, पूर्ण सरसफाइ हाई हाई ।’ अर्थात, नेपाल खुला दिसामुक्त भएको र अब पूर्ण सरसफाइतिर अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाललाई खुला दिसामुक्त बनाउन […]

सुरक्षित गर्भपतन कहाँ गर्ने ? ५२ प्रतिशत महिलालाई थाहै छैन

काठमाडौं । नेपालमा ५२ प्रतिशत महिलालाई सुरक्षित गर्भपतनको सेवा कहाँ पाइन्छ भन्नेसमेत जानकारी नरहेको पाइएको छ । राजधानीमा आइतबार र सोमबार दुई दिन आयोजित स्वास्थ्य सम्बन्धी एक छलफलम यस्तो तथ्यांक पेश भएको हो । युथ एक्सन नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा आइतबार ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने सोमबार ५० भन्दा बढी संघसंस्था, […]



from समाचार – Online Khabar https://ift.tt/2o89xut
via IFTTT
Powered by Blogger.