समाचार
१६ कात्तिक, सिमकोट । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आइतबार एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ । उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो बढी हुने भएका कारण मंसिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुने भएका कारण आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले यही […]
१६ कात्तिक, कैलाली । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १६ जना यात्रु बोकेर कैलालीको घोडाघोडीस्थित डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार महोन्याल गाउँपालिका वडा नम्बर ४ को […]
१६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच भएको झडपमा परी ज्यान गुमाएका मुकेश चौरसियाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेकपा पर्साको तर्फबाट सचिव विजय महतोले मृतक चौरसियाको परिवारलाई नगद ५० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । पार्टीको गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा गत कात्तिक ६ गते […]
१६ कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ घुस लिएको आरोपमा सप्तरीमा कार्यरत एकजना प्रहरी नायब निरीक्षक (सई)सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरी चौकी तिलाठीमा कार्यरत सई सिकन्दरप्रसाद कानुलाई सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । सेवाग्राहीसँग लिएको उक्त रकम कानुले […]
१६ डोटी, कात्तिक । कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ गरेका हुन्। महाकाली नगरपालिका-१ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रको करिब एक हजार बिगाहा क्षेत्रफलमा सुख्खा गन्दरगाह बन्न लागेको हो । सुख्खा बन्दरगाह निर्माण कार्यको शुभारम्भ गर्दै […]
१६ कात्तिक, डोटी । डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भएको छ । आइतबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा एक जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् । बिहीबार बाल सुधार गृहमा रहेका ३७ बालक, दुई कर्मचारी र […]
१६ कात्तिक, काठमाडौं । ललितपुरको सुनाकोठीका स्थानीयले सुनाकोठीको सडक बन्द गराएका छन् । उनीहरुले आइतबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेर सडकमा सवारी चल्न रोक लगाएका छन् । वर्षैदेखि विस्तारका लागि भनेर भत्काइएको सडक नबनाई अलपत्र छाडेपछि स्थानीयहरु ४ महिनाअघि पनि आन्दोलित बनेका थिए । तुरुन्तै सडक कालोपत्रे हुने भनेर सहमति भएपनि काम नभएपछि फेरि आन्दोलित भएको […]
१६ कात्तिक, काठमाडौं । पैसा नभएर कसैको कोरोना परीक्षण हुन पाएन । कतै सिकिस्त संक्रमितले अस्पताल पाएनन् । कही सुत्केरी व्यथा लागेकी महिला अस्पतालले भर्ना नलिएर छटपटाइरहेकी छन् । कतै कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या परेको छ । यस्ता अप्ठ्यारा आइपरेका ठाउँमा भेटिन्छन्, नरेश श्रेष्ठ । जनस्वास्थ अधिकृत श्रेष्ठ कर्मचारी समायोजन हुँदा जिल्ला स्वास्थ्य कार्यालय […]
१६ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच ११ चैत २०७६ यता रोकिएको हवाई उडान अझै कम्तीमा एक महिना सुरु नहुने भएको छ । भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने भएको हो । संस्कृति, पर्यटन […]
१६ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालबाट गएको असोज २० गते उनलाई सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो । […]
१६ कात्तिक, बार्सिलोना । नेपालजस्तै भूगोल । डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो स्वीट्जरल्याण्ड । नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने कुरा हाम्रा राजनीतिज्ञहरुबाट पटक-पटक सुन्दै आएका छौं । हामी यीनै जिज्ञासाहरु मनमा लिएर सन् २०१९ मार्चको तेस्रो साता […]
१६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् । तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख […]
१६ कात्तिक, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा घर भई बुद्धनगरमा भाडामा बस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुषको आइतबार दिउँसो ज्यान गएको वडा कार्यालयले जनाएको छ । उनको बिहान मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बिहान कोरोना रिपोर्ट आएसँग अचेत अवस्थामा पुगेका उनको दिउँसो […]
१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ । आज (आइतबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा […]
१६ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । आइतबार आयोजित मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको बताए । मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरुमा लक्षण […]
१६ कात्तिक, विराटनगर । मोरङको उर्लाबारीमा नग्न अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार राति पूर्व पश्चिम राजमार्गको उर्लाबारी खण्डमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको हो । बेलुका करिब ८ बजे राजमार्गमा फेला परेको शवमा भित्री बस्त्र मात्र रहेको प्रहरीले बताएको छ । मृतकको पहिचान भएको छैन् । रातको अवस्थामा फेला परेको शवको पहिचान […]
१६ कात्तिक, काठमाडौं । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा र्याली र प्रदर्शन गरेको हो । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले […]
१६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ […]
१६ कात्तिक, सप्तरी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टीभित्रका केही नेता आफूलाई ठूलो भनिरहे पनि पार्टीको कुनै काम नगरेको बताएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष साहले पार्टीका प्रदेशका केही नेता फलानाको मान्छे भन्दै आफूलाई ठूलो देखाउन व्यस्त रहेको बताए । ‘म प्रचण्डको मान्छे […]
१६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण नभएको रिपोर्ट माग्दै कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । त्रिवि रेक्टर कार्यालय अन्तर्गतको अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर्मचारीलाई पीसीआर परीक्षणको रिपोर्ट मागेर हाजिर गर्न नदिएको हो । ‘असोज २५ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कात्तिक ८ गते पुनः परीक्षण गर्दा रिपोर्ट […]
१६ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । टिसर्ट र हाफ पेन्ट लगाएका व्यक्तिको शव कम्तीमा पनि ५ दिन पुरानो रहेको प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि […]
from समाचार – Online Khabar https://ift.tt/3jMTutp
via IFTTT






















