समाचार
१८ जेठ, डडेल्धुरा । डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कुल संख्याको आधाभन्दा बढी परिचय पत्र पाउनबाट वञ्चित रहेका छन् । २०६८ सालको जनगणना अनुसार डडेल्धुरामा पाँच हजार एक सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराले जनाएको छ । जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराा अध्यक्ष गणेशप्रसाद अवस्थीका अनुसार हालसम्म २ […]
१८ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर शनिबार दिउँसो नेपाल आउँदैछन् । स्थानीय समय अनुसार शुक्रबार राति १०:५५ को कतार एयरको उडानबाट भियनाबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपनि पुन शनिबार दिउँसो ३:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उडान तालिका छ । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ […]
१७ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको पुरानै नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका योजनालाई आधार मानेको नयाँ बजेट ल्याउने बताएको छ । प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले चालु आर्थिक वर्षमा कार्यान्वयन भएका अधिकांश कार्यक्रम र लक्ष्यलाई आत्मसात गरेर नयाँ बजेट ल्याउने बताएका हुन् । ‘चालु आर्थिक वर्षलाई प्रादेशिक […]
१७ जेठ, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत एक विद्यार्थीको स्वास नलीमा चिउरा अड्किएर मृत्यु भयो । तर बालकका आफन्तले भने समयमै अस्पताल नपुर्याउनु विद्यालयको लापरवाही मान्छन् । मकालु मोरङ स्कुलको कक्षा ३ मा अध्ययनरत ११ वर्षीय बालक आर्यन माझीको मृत्यु भएको हो । घटना मंलगबारको हो […]
१७ जेठ, बुटवल । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावसम्म पार्टीलाई पहिलो पार्टी बन्ने दावी गरेका छन् । पार्टी एकीकरणबारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा दुबै अध्यक्षले एक स्वरमा देशभर संगठन विस्तार गरी कम्युनिष्ट र कांग्रेसको विकल्पमा पहिलो शक्ति बनाएर देखाउने दावी गरे । समाजवादी […]
१७ जेठ, काठमाडौं । शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनका सम्बन्धमा छलफल चल्दै थियो । त्यसक्रममा निर्माण व्यवसायी पृष्ठभूमिका सांसद जीपछिरिङ लामाले सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीको विरोध गरे । ‘यहाँ मन्त्रीज्यू हुनुहुन्छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल ज्यु हुनुहुन्छ । यहाँहरुमार्फत सरकारलाई केही […]
१७ जेठ, जनकपुरधाम । सप्तरीमा हात्तीले व्यापक क्षति गर्न थालेपछि प्रदेश सांसदहरुले यसबारे चासो व्यक्त गरेका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिमा आबद्व प्रदेश सांसदहरुले कोशी टप्पु वन्यजन्तु आरक्ष पुगी हात्ती आतंकको बिषयमा जानकारी लिएका हुन् । सांसदहरुको टोली शुक्रबार कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीसँग हात्ती आतंकको बिषयमा जानकारी लिएका हुन् । […]
१७ जेठ, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई तत्काल लेबी बुझाउन पुनः निर्देशन दिएको छ । यसअघि दिएको निर्देशन पालनामा अटेरी भएको भन्दै राजपाले पुनः निर्देशन दिएको हो । राजपाको जेठ १४ देखि १६ गतेसम्म बसेको अध्यक्ष मण्डल बैठकले लेबी संकलन गरी पार्टी कोषमा जम्मा गराउन निर्देशन दिएको छ […]
१७ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए । मोदीको सपथमा पाकिस्तानबाहेक साना छिमेकी देश सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो । प्रधानममन्त्री ओली र भारतीय समकक्षी मोदीवीच शुक्रबार […]
१७, जेठ, चितवन । भरतपुर अस्पताल रोड अगाडि रहेका सटरले सडक मिचेर संरचना निर्माण गरेको भन्दै भत्काउन भरतपुर महानगरपालिकाले डोजर चलाएको छ । जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेका तथा मध्य क्षेत्र प्रहरी तालिम केन्द्रले भाडामा लगाएका सटरले सटरभन्दा अगाडिसमेत आई विभिन्न संरचना खडा गरी व्यापार गर्दै आएका थिए । प्रहरीकै सटर अगाडि बसेर मनलाग्दी ढंगले […]
१७, जेठ चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका बेरोजगारहरुलाई काम दिने भएको छ । नगरपालिकाको वेरोजगार सूचीमा सूचीकृत भएका व्यक्तिलाई सार्वजनिक विकास निर्माणको काममा सहभागीता गराउने योजना नगरपालिकाले अगाडि सारेको छ । त्यसका लागि नगरपालिकाले स्थायी वसोवास गर्ने सम्वन्धित वडामा गई नाम दर्ता गर्न अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए […]
१७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् । नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नु भएको थाहा छ ? किनकी हत्यारा बालुवाटारमै छ ।’ कार्यक्रममा बोल्दै […]
१७ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले समयमा काम नसक्ने ठेकदारको ठेक्का सम्झौता खारेज गर्ने बताएका छन् । शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा उनले विकास निर्माणमा ढिलासुस्ती रोक्न सार्वजनिक खरिद नियमावली सशोधन गरिएको भन्दै समयमा काम नसक्ने ठेकदारले उन्मुक्ति नपाउने बताएका हुन् । ‘नेपाल सरकार, सम्बन्धित विभागको निर्देशन नमान्ने, राजनीतिक पावरका […]
१७ जेठ, बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कांग्रेस र कम्युनिस्ट पार्टीबाट समृद्धि र सुशासन सम्भव नरहेको दावी गरेका छन् । कांग्रेस र कम्युनिस्ट दुबैले संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेर लामो समय सरकार चलाए पनि भ्रष्टाचार र कुशासनमा डुबेकाले जनताले चाहेको समृद्धि र सुशासन प्राप्त नहुने तर्क गरे । ‘कांग्रेस […]
१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ । सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘छाया अर्थमन्त्री’ डा. मिनेन्द्र रिजालले भने, ‘यो बेलामा […]
१७ जेठ, बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार अग्नि परीक्षामा रहेको बताएका छन् । संसारभरिबाट कम्युनिस्टहरु बढारिएको र भारतमा हालै सम्पन्न चुनावमा बीउ पनि नरहेको उदाहरण दिदै यादवले भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार र विभेदमा परेकालाई न्याय दिन नसके नेपालमा पनि कम्युनिस्ट इतिहासमै सीमित हुने दावी गरे । ‘संसारभरी कम्युनिस्ट […]
१७ जेठ, कैलाली । धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई सवारी चालकले बीच बाटोमै कुटपीट गरेका छन् । शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले चालक […]
१७ जेठ, महोत्तरी । महोत्तरीमा घुससहित एकजना जनप्रतिनिधि पक्राउ परेका छन् । एकडारा गाउँपालिका-४ का निर्वाचित वडासदस्य रामचन्ऽ राय यादवलाई ३६ हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । वडामा निर्माणाधीन एक योजनाको ठेकदारसँग घुस रकम मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले यादवलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान […]
१७ जेठ, काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक सरुवामा असन्तुष्टि जनाउँदै एआईजी धीरु बस्न्यात विदामा बसेका छन् । कार्य एवं अपराध अनुसन्धान विभागमा दरबन्दी भए पनि राष्ट्रिय सुरक्षा परिषदमा काज खटाइएपछि उनी मंगलबारबाट विदा बसेका हुन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बस्न्यात परिषदमा हाजिर भएलगत्तै १५ दिनका लागि विदा बसेको पुष्टि गरे । […]
१७ जेठ, हेटौंडा । प्रदेश–३ सरकारको आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमलाई प्रदेशसभाले बहुमतले पारित गरेको छ । नीति तथा कार्यक्रममाथि बिहीबार र शुक्रबार प्रदेशसभामा छलफल भएपछि शुक्रबार पारित भएको हो । छलफलका क्रममा सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमको प्रशंसा गरेका थिए भने प्रतिपक्षलगायतका दलका सांसदहरुले नीति तथा कार्यक्रम प्रचारमुखी सुन्नका लागि मात्र […]
१७ जेठ, महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने बताएका छन् । महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने भन्दै कानुनी उपचार खोजिने बताएका हुन् । संविधानको धारा २७७ मा स्थानीय […]
from समाचार – Online Khabar http://bit.ly/30Y0QC5
via IFTTT





















