समाचार
१४ असार, काठमाडौं । सांसद हृदयेश त्रिपाठी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अझै मधेसी र थारु समुदायमा लोकप्रिय नरहेको बताएका छन् । मदन भण्डारी स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठीले ०४८ मा भण्डारीले मधेसमा वाम आन्दोलन किन लोकप्रिय हुन सकेन भनेर सोधेको स्मरण गरे । उनले अहिले पनि नेकपा मधेसी र थारु समुदायमा […]
पोखरा । जेठ २०३८ मा पोखरामा एउटा सनसनीपूर्ण घटना घट्यो । काठमाडौंदेखि पोखरा घुम्न आएका नमिता–सुनिताको हत्याको घटना देशैभरि फैलिन्छ । जसरी घटनाको हल्ला फैलियो, त्यसरी नै घटनाको वास्ताविकता गुपचुप भयो । अहिलेसम्म पनि नमिता, सुनिताका हत्यारा को थियो ? अनुमानमै सीमित छ । मानिसहरु यसमा ठूलै शक्तिको हात रहेको अनुमान गर्छन् । गएको वर्षमात्रै […]
१४ असार, काठमाडौं । काठमाडौंमा तत्कालै ‘रात्री बस सेवा’ सञ्चालनमा नआउने भएको छ । व्यवसायीको विरोधका कारण तत्कालै यात्रु बस सेवा सञ्चालन गर्न नसकिने अवस्था आएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले गत असार १ गतेदेखि रात्री बस सेवा सुरु गर्न सबै तयारी सकाएको थियो । तयसअनुसार रुट र भाडादर समेत तोकिएको थियो । […]
दृश्य आमा आउनुभएपछि सुरु हुन्छ चहल–पहल उसको भाडाघरमा । दुबै छाक बज्न थाल्छ, कुकरको सिट्ठी । सुरु हुन्छ आमाको गफ । कहिल्यै नटुंगिने गरी आइरहन्छन् गाउँघर, आफन्त र छरछिमेकका कुरा । उसले बिश्राम दिनुपर्छ पढिसक्नैपर्ने केही पुस्तक र भाका मिलाउनुपर्छ आमाको गफसँग । ढुक्कै हक जमाउनुहुन्छ टेलिभिजन, भान्छा, सुत्ने कोठा जतात्यतै । उसले पटक्कै हेर्न […]
काठमाडौं । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निस्किएको छ । क्वयेर युवा समूहको आयोजनामा माइतीघर मण्डलामा गौरव यात्रा भएको हो । यो नेपालको हकमा पहिलो भएको समूहका सदस्य रुक्साना कपालीले बताइन् । यसअघि गाईजात्राको दिन तेस्रो लिंङ्गीहरुले छुट्टै ¥याली निकाल्ने गरेका थिए, जसको आयोजना ब्लू डाइमण्ड सोसाइटीले गर्दै आएको छ ।
१४ असार, काठमाडौं । उपत्यकामा पछिल्लो समय नयाँ बस्तीका रुपमा विकास भएको छ, टोखा क्षेत्र । विद्यालयदेखि ठूलो अस्पताल पनि खुलेका छन् । ग्राण्डी अन्तराष्ट्रिय अस्पताल त्यही छ । तर त्यही टोखा जाने सडकको हालत भने हेरिनसक्नु भएको छ । दैनिक ठूला तथा साना गाडीहरु हिलोमा गाडिएर फस्छन् र विरामी लिएर अस्पताल जाँदै गरेको एम्बेलुेन्स […]
१४ असार, काठमाडौं । चीन र अमेरिका आर्थिक तथा व्यापार वार्ता शुरु गर्न सहमत भएका छन् । जी-२० सम्मेलनको क्रममा जापानको ओसाकामा शनिबार भएको भेटमा दुवै देशका राष्ट्र प्रमुखबीच यो सहमति भएको हो । चिनियाँ राष्ट्रपति सी जिनफिङ र उनका समकक्षी डोनाल्ड ट्रम्पबीच समानता र पारस्परिक सम्मानको आधारमा आर्थिक तथा व्यापारिक परामर्श फेरि सुरु गर्ने […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षारोपण अभियानको शुभारम्भ गर्दै अब काठमाडौं हराभरा बन्ने बताएका छन् । उनले सन्तानलाई गरेजस्तै माया बोटबिरुवालाई गर्न आह्वान पनि गरे । कोटेश्वर सडक किनारमा नासपातीको बिरुवा रोपेपछि प्रधानमन्त्री ओलीले भने, ‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ । अबको प्रतिष्पर्धा विरुवा संरक्षणमा हुनुपर्छ ।’ […]
१४ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताउनुभएको छ । हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन् । नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले शनिबार पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा जोड दिएका हुन् । ओलीले भने, ‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ । एउटै भाषा […]
१४ असार, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले वडा नं. ४ का ४६ जनाले वृक्षारोपण र सडक मर्मत सम्भारको काम गर्ने गरी रोजगार कार्यक्रम शुरु गरिएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले छ वटै वडामा रोजगार कार्यक्रमको योजना बनिसकेकाले गाउँपालिकाभर नै प्रधानमन्त्री रोजगार […]
हरेक मानिसका आफ्नै व्यक्तिगत समस्या र अप्ठ्याराहरुका चाङ छन् । ती सबै बिब्ल्याँटाहरु सम्हालेर आफ्नो ठाउँमा ल्याएर मानिस खुसी हुने प्रयास गर्छ । तर आफ्नो समाजका उँचनिच र दुःखदायी घटनाहरुले पुनः ती खुसीलाई लुटेर लगिदिन्छ । यो कथा हाम्रा वरपर सबैको हो । म पनि बेला-बेलामा यस्तै अप्ठ्यारोमा हुन्छु । म पेशाले डाक्टर । ममात्र […]
१४ असार, काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर-कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे । सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान […]
१४ असार, बुटवल । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै छ । यसै दिन बिभिन्न जिल्लाका किसान रोपाइँ जात्रा मनाउने तयारीमा छन् । तर, रुपन्देहीका किसानको व्यथा बेग्लै छ । पर्याप्त पानी नपर्दा उनीहरुले राखेको धानको ब्याड खेतमै सुक्न थालेका छन् । खडेरीले खेतका गह्रामा धाँजा परेका छन् । तिलोत्तमा-४, शित्तलकुञ्जकी हेमकुमारी […]
१४ असार, काठमाडौं । तनहुँको दमौलिमा रहेको अल ओभर मिडिया नेटवर्क प्रालिद्वारा संचालित व्यास एफएम ९२ मेगाहर्जÞको ब्यास ५ मानुङकोटस्थित प्रशारण केन्द्रमा अगलागी भएको छ । आगलागीबाट रेडियोको प्रशारण सामग्रीहरु ट्रान्सिमिटर, युपीएस, ब्याटि्र, सोलर चार्जर, एसटीएल लिंक, वायरलेस डिवाइस लगायत पूर्ण रुपमा नष्ट भएको छ । साथै सोलर लगायतका भवन बाहिरका सामग्रीमा आंशिक क्षति पुगेको […]
१४ असार, काठमाडौं । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन । दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । […]
१४ असार, काठमाडौं । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलको बिरुवा रोपेर गरेका छन् । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद […]
१४ असार, काठमाडौं । आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस मनाइँदै छ । सरकारले यसै वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशभर वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । काठमाडौं उपत्यकाको हकमा कोटेश्वर-कलंकी सडकखण्डमा करिब ३ हजार बिरुवा रोपिएको छ । कोटेश्वर क्षेत्रको वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्री […]
१४ असार, झापा । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली […]
१४ असार, काठमाडौं । भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार राति अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ […]
१४ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिली सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान सम्पन्न खेलमा भेनेजुयलालाई हराउँदै अर्जेन्टिना र कोलम्बियालाई हराउँदै चिली अन्तिम चारमा पुगेका हुन् । अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट चीर प्रतिद्वन्द्वी ब्राजिलसँग हुने छ भने चिलीले उरुग्वे र पेरुबीचको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले […]
from समाचार – Online Khabar https://ift.tt/2IZbNwl
via IFTTT