समाचार
१२ कैलाली, असार । जलस्रोत तथा सिँचाइ विका ििडभिजन कार्यालय कञ्चनपुर महेन्द्रनगरका कार्यलय प्रमुखसहित दुईजना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कार्यालय प्रमुख उपसचिव अजितकुमार श्रीवास्तव र इन्जिजियर गृष्मा ठगुन्नालाई पक्राउ गरेको हो । उनीहरुलाई सेवाग्राहीबाट नगद दुईलाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको कार्यालयका सूचना […]
१२ असार, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकामा खुल्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले थाहा नगरपालिका ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको १७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा विश्वविद्यालयको […]
१२ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कक्षा ८ मा अध्ययनरत बालिकाहरुलाई साइकल बितरण गरेका छन् । उनले जनकपुरस्थित एक सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ११४ जना बालिकालाई बिहीबार साइकल बितरण गरेका हुन् । जनकपुरधामस्थित सकल भवन कन्या माविका बालिकाहरुलाई ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत साइकल बितरण गरिएको छ । विद्यालय […]
१२ असार, बिराटनगर । डकैती मुद्दामा सात वर्ष जेल जीवन विताएर छुटेका व्यक्ति प्रतिबन्धित नेकपामा लागेर आतंक मञ्चाएको आरोपमा पक्राउ परेपछि विप्लव समूहले खण्डन गरेको छ । आइतबार दिउँसो मोरङ प्रहरीले बैंक, सुन पसल तथा व्यक्ति लुटपाटको घटनामा संलग्न भएको आरोपमा सुदिप भनिने कंश धिमाललाई पक्राउ गरेर सार्वजनिक गर्दे उनी विप्लव समूहमा आबद्ध भएको खुलाएको […]
१२ असार, जनकपुरधाम । सप्तरीको दुईवटा नगरपालिकामा डेंगुको रोगी फेला परेका छन् । जिल्लाको पूर्वी तथा उत्तरी भेग कंचनरुप र सप्तकोशी नगरपालिकामा डेंगुको बिरामी फेला परेको हो । यी दुबै नगरपालिका टाँसिएकै छ । प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका अनुसार सप्तकोशी नगरपालिकामा हालै एक जनामा डेंगुको संक्रमण देखापरेको छ । सप्तकोशी नगरपालिका वडा नम्बर २ निवासी २६ […]
१२ असार, काठमाडौं । विसं १९९० को भूकम्पको दुई महिनापछि प्रधानमन्त्री जुद्धसमशेरले कमान्डिङ इन चिफ रुद्र समशेरका खलकलाई सर्वस्वहरण गरेर पाल्पा धपाए । रुद्रका नाति पुरुषोत्तम समशेर राणाका अनुसार रुद्र खलकका सदस्य, सहयोगी, सुरक्षा गारतसमेत गरी दुई सयजना चारबुर्जा दरबार (हालको निर्वाचन आयोग भवन) छाडेर पाल्पा गएका थिए । रुद्र समशेरका चारबुर्जा दरबारमै जन्मिएका एकजना […]
१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मर्जर गर्ने प्रतिवद्धता पेश गर्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएका छन् । बिहीबार छलफलका लागि उपस्थित भएका बैंकका अध्यक्ष र सीईओहरुलाई गभर्नर नेपालले १५ दिनभित्रै मर्जरको प्रतिवद्धता गर्न निर्देशन दिएका हुन् । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल […]
१२ असार, विराटनगर । जीवनाशक विषादी जाँचपास नहुँदा भारत र तेस्रो मुलुलकबाट आएको फलफुल तथा हरियो तरकारी विराटनगरको रानी भन्सार नाकामौ रोकिएका छन् । सरकारले विषादी परीक्षण गरी खानयोग्य रहेको प्रमाणित भएपछि मात्र आयात गर्न पाइने व्यवस्था गरेपछि विषादी परीक्षण नगरी भारत तथा तेस्रो देशबाट ल्याइएका तरकारी र फलफुल सीमामा रोकिएका हुन् । प्रमुख भन्सार […]
१२ असार, काठमाडौं । प्रहरीले काठमाडौं-२७, ढल्कुबाट गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको चुमनुब्री-३, सिर्दिवासका ५३ वर्षीय लालबहादुर गुरुङ छन् । महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार गुरुङसँगै सेतो सिसाको पत्थरसहित धादिङका ३३ वर्षीय अष्टबहादुर थिङ र ३४ वर्षीय गोविन्दप्रसाद मोक्तान पनि पक्राउ परेका छन् । उनले भने, […]
१२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित तीन जनालाई पनि बयानका लागि बोलाएको छ । बुधबार मात्र अख्तियारले ८६ जनाको नाममा सार्वजनिक सूचना जारी गरी बयानका लागि उपस्थित हुन भनेको थियो । शुक्रबार फेरि अर्को सूचना जारी गर्दै हुपेन्द्रमणि केसी, रामकुमार सुवेदी र शोभाकान्त […]
१२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहीबार ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ सम्बन्धी कारोबार गर्न अनुमति दिएको छ । नेप्सेले एक कार्यक्रम गरेर ती कम्पनीहरुलाई अनुमति पत्र वितरण गर्यो । क्रिस्टल कंचनजंघा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सेक्योर्ड सेक्यूरिटिज, श्री कृष्ण सेक्यूरिटिज, प्राईमो सेक्यूरिटिज र नेपाल स्टक हाउसले मार्जिन ट्रेडिङका लागि नेप्सेबाट अनुमति पाएका छन् […]
१२ असार, बुटवल । काठमाडौंको कालिमाटीमा पुगेर विषादी परीक्षण गर्नुपर्दा हुने ढिलाइले भारतबाट आयात हुने तरकारी र फलफूल कुहिएपछि मात्रै नेपालका थोक बजारसम्म पुग्ने गरेको छ । सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून अघिल्लो हप्ताबाट लागू गरेको छ । तर, सबै भन्सार नाकाहरुमा प्रयोगशाला नहुँदा देशभरका नाकाबाट आयात हुने तरकारी […]
१२ असार, काठमाडौं । नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि आफूलाई धर्ती माता बताउने महिलाले युवतीलाई यातना दिएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । सामाजिक सञ्जालमा महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानविन सुरु गरेको हो । अनुसन्धान अधिकृतका अनुसार त्यसरी कुटपिट गर्ने महिला बुटवलकी विष्णु […]
१२ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए । राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको […]
१२ असार, काठमाडौं । प्रहरी कर्मचारीको समायोजन सम्बन्धी विधेयकमा प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख संघकै रहने ब्यवस्था गरिएकोमा सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विधेयेकमाथि दफावार छलफल भएको थियो । ‘प्रदेश प्रहरी संघको रहने भन्ने प्रावधान संघीयताविरुद्ध छ । यसलाई संशोधन गर्नुपर्छ’ बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद […]
१२ असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा दुईवटा नयाँ कार्यक्रम घोषणा गरेको छ । ती हुन् ‘गरीबसँग अध्यक्ष’ र ‘महिलासंग उपाध्यक्ष’ कार्यक्रम । मंगलबार गाउँसभामा पेश गरिएको आगामी आर्थिक बर्षको कार्यक्रम तथा वजेटमा यी दुई नयाँ कार्यक्रमहरु समावेश गरिएको छ । गाउँपालिकाभित्रका बिपन्न परिवारलाई प्रत्यक्ष सहयोग पुर्याउनका लागि ‘गरीबसंग […]
१२ असार, काठमाडौं । अहिले काठमाडौं उपत्यकामा मात्र होइन बाहिर पनि ‘सिरिन्ज आक्रमण’को त्रास छ । अज्ञात व्यक्तिले आफ्नो शरीरमा तीखो वस्तुले घोपेको व्यहोराका उजुरीहरु प्रहरीमा पुगेका छन् । तर त्यो व्यक्ति को हो, किन आक्रमण गर्यो र घोप्ने वस्तु सिरिन्ज नै हो वा होइन भन्ने एकीन भएको छैन । प्रहरीले पनि कुनै पनि आक्रमणकारीलाई […]
१२ असार, बुटवल । असारे विकास सक्ने चटारो बढिरहेका बेला निर्माण व्यवसायीहरुले अलकत्रा अभाव भएको बताएका छन् । भारत र तेश्रो मुलुकबाट नेपाल आयात हुने अलकत्रा र मट्टीतेलको अभाब हुँदा काम गर्न समस्या भएको निर्माण व्यवसायीहरुको गुनासो छ । भारतबाट नेपाल आयात हुने अलकत्रको आयात दर ९९ प्रतिशत (गाडी संख्याको आधारमा) कम भएपछि रुपन्देही क्षेत्रमा […]
१२ असार, काठमाडौं । चीनले नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्ने भएको छ । यसका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आइसकेका छन् । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले शुक्रबारै दैलेख पुगेर पेट्रोलियम अन्वेषण सुरु गर्न लागेको हो । तीनवटा फरक-फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको […]
१२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले बोइङ ७५७ जहाज बिक्रि गर्न टेन्डर आहृवान गरेको छ । न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्रि मूल्य तोकेर टेन्डर आह्वान गरिएको हो । निगमले बुधबारदेखि लागु हुने गरी प्रकाशित टेण्डरको समयावधि ४५ दिन राखिएको […]
१२ असार, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था […]
from समाचार – Online Khabar https://ift.tt/2NgrTWm
via IFTTT