समाचार
११ असार, काठमाडौं । यदाकदा मात्र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोमबार बेलुकी एउटा स्टाटस लेखे, जुन रातारात भाइरल भयो । अहिलेसम्म दुई हजार पाँच सय सेयर र २२ हजारभन्दा बढी लाइक पाएको यो स्टाटसमा आचार्यले विदेशी टेलिभिजनमा ‘क्लिन फिड’(विज्ञापनरहित प्रसारण) लागू गर्ने सरकारको नीतिगत तयारीप्रति दृढ समर्थन जनाएका छन् । […]
११ असार, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः तेस्रोपटक पनि स्थगित भएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि बुधबारका लागि तय बैठक स्थगित गरिएको हो । यसअघि बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले रातो किताब जलाएका थिए । […]
११ असार, पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महिनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो । कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा […]
११ असार, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले तीन वर्षपछि पूर्णता पाएको छ । सभापति सबुझकृष्ण बानियाँको अध्यक्षतामा बुधबार बसेको बैठकले उपसभापति र सचिव र सहसचिव चयन गरेपछि कार्यसमितिले पूर्णता पाएको हो । उपाध्यक्षमा विजय माली, सचिवमा शंखर मल्ल ठकुरी र सहसचिवमा रोमेल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नवनियुक्त पदाधिकारीहरुलाई कांग्रेस नेता प्रकाशमान […]
११ असार, काठमाडौं । नेपाल सरकारले तथ्यांक विभागमार्फत नेपाली जनताको खुशी मापन गर्ने तयारी गरेको छ । ओली सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको सफलतालाई परीक्षण गर्नका लागि तथ्यांक विभागले नेपाली जनता कति खुशी छन् भनेर सर्वे गर्ने तयारी थालेको हो । जनताको खुशीको मापनलाई संविधानमै उल्लेख गरेर औपचारिकरुपमा सर्वे गर्दै आएको देश भुटान […]
११ असार, गुल्मी । गुल्मीका २ सय ७२ जना किसानहरुलाई करिब ३ करोड रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरिएको छ । व्यवहारमुखी कृषिलाई व्यवसायीक बनाउने उद्देश्यले जिल्लाभर रहेका विभिन्न कृषि समूहलाई २ करोड ९० लाख २० हजार रुपैयाँ बराबरका कृषि उपकरण वितरण गरिएको हो । प्रदेश नम्बर ५ सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ […]
११ असार, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै आज बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि त्रियुगा नगर […]
११ असार, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा चिनियाँ कम्पनीको काम गराइप्रति असन्तुष्टि जनाए । उनले चिनियाँ कम्पनीहरुले काममा ढिलाइ गरेको भन्दै समन्वयका लागि आग्रह गरेका थिए । तर, गएराति नै चिनियाँ राजदूतले ऊर्जामन्त्री पुनको प्रश्नको जवाफ कुटनीतिक रुपमा ट्वीटरमार्फत पनि फर्काएकी छन् । ‘नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा […]
११ असार, अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु हो । मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका […]
११ असार, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै फलामे अनुशासन भएको चुस्त मानिन्छ । धेरैले चीनको छलाङ र विश्वव्यापी प्रभावलाई पार्टी अनुशासनकै उपज मान्छन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङ अझै पनि पार्टीको पछिल्लो गतिविधि र अवस्थाबाट उति सन्तुष्ट छैनन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न केही […]
११ असार, रामेछाप । रामेछापका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाले कृषि, पशुपालन तथा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७ को लागि ६८ करोड ५३ […]
११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज पाकिस्तानले अपराजित रहेको न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा यी दुई देशबीचको खेल सुरु हुनेछ । न्युजिल्यान्ड सेमिफाइनल यात्राबाट एक कदम मात्रै पछि छ । यदि आजको खेलमा […]
११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया जारी विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने पहिलो टिम पनि बनेको छ । २८६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.४ ओभरमा सबै विकेटको […]
१० असार, काठमाडौं । सामाजिक सञ्जालको विषयलाई लिएर नेपाल प्रहरीमा दैनिक दर्जनौं गुनासा आउँछन् । हरेक पीडितको चाहना हुन्छ, चाँडै न्याय पाइयोस् । तर, प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम […]
९ असार, काठमाडौं । टेलिभिजन वितरकहरु प्रस्तावित ‘क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । आन्दोलनका नाममा उपभोक्ता अधिकारमाथि प्रहार गर्दै वितरकहरुले हिजो दिउसो ३ बजेदेखि २४ घन्टा सबै विदेशी च्यानलको प्रशारण बन्द गराए । कानूनका ज्ञाताहरु टेलिभिजिन वितरकको यस्तो कदमलाई अवैध र गैरकानुनी कार्य मान्छन् । साइबर कानूनका […]
१० असार, काठमाडौं । मंगलबार देशका ६ वटै महानगरपालिकामा आगामी आर्थिक वर्ष २०७६/७७ का बजेट सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिकाले सोमबार नै सार्वजनिक गरेको थियो । अन्य ५ महानगरपालिकाले मंगलबार आ–आफ्नो नगरसभामा बजेट प्रस्तुत गरे । ६ वटा महानगरपालिकाको कूल बजेट ३९ अर्ब ६६ करोड ९४ लाख पुगेको छ । चालु आव २०७५/७६ मा […]
१० असार, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाले ४४ करोड ८३ लाख ४० हजार १ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । तेस्रो नगर सभाको उद्घाटनसत्रमा नगरपालिकाको उप प्रमुख सलमा खातुनले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । बजेटको स्रोतमा आन्तरिक आय १ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ११ करोड ४६ लाख, राजश्व बाँडफाँडबाट […]
१० असार, रौतहट । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् । थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको […]
१० असार, वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा मंगलबार दुई विद्यार्थी बेहोस भएका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभुत विद्यालय र नेपाल राष्ट्रिय मावि निचुटामा अध्ययनरत विद्यार्थी मंगलबार विहान बेहोस भएका हुन् । उनीहरुलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि घर पठाइएको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई विद्यालयको कक्षा कोठामा बसेर […]
१० असार, चितवन । जिल्लाका ७ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकासहित रत्ननगर, कालिका, माडी, खैरहनी र राप्ती नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याएका हुन् । माडी नगरपालिकाले सोमबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्यो भने […]
१० असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चहरुबाट नेत्रविक्रम चन्द विप्लव मूलधारमा आउने दाबी गर्दै आएका छन् । मंगलबार भरतपुर महानगरको नगरसभालाई सम्बोधन गर्दा पनि उनले ढिलो चाँडो विप्लव मूलधारमा आउने दाबी गरे । त्यसक्रममा उनले एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग अलिअलि खल्बलिने गरी गरेको तर्क सुनाए […]
from समाचार – Online Khabar https://ift.tt/2ZN7B8s
via IFTTT




















