समाचार
१४ असार, काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर-कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे । सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान […]
१४ असार, झापा । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली […]
१४ असार, बुटवल । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै छ । यसै दिन बिभिन्न जिल्लाका किसान रोपाइँ जात्रा मनाउने तयारीमा छन् । तर, रुपन्देहीका किसानको व्यथा बेग्लै छ । पर्याप्त पानी नपर्दा उनीहरुले राखेको धानको ब्याड खेतमै सुक्न थालेका छन् । खडेरीले खेतका गह्रामा धाँजा परेका छन् । तिलोत्तमा-४, शित्तलकुञ्जकी हेमकुमारी […]
१४ असार, काठमाडौं । भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार राति अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ […]
१४ असार, काठमाडौं । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन । दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । […]
१४ असार, काठमाडौं । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलको बिरुवा रोपेर गरेका छन् । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद […]
१४ असार, काठमाडौं । आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस मनाइँदै छ । सरकारले यसै वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशभर वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । काठमाडौं उपत्यकाको हकमा कोटेश्वर-कलंकी सडकखण्डमा करिब ३ हजार बिरुवा रोपिएको छ । कोटेश्वर क्षेत्रको वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्री […]
१४ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिली सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान सम्पन्न खेलमा भेनेजुयलालाई हराउँदै अर्जेन्टिना र कोलम्बियालाई हराउँदै चिली अन्तिम चारमा पुगेका हुन् । अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट चीर प्रतिद्वन्द्वी ब्राजिलसँग हुने छ भने चिलीले उरुग्वे र पेरुबीचको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले […]
१३ असार, काठमाडौं । महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परे । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ । आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तथ तनावमा थिए । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ, उनले […]
१३ असार, काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सत्तारुढ नेकपा र प्रमुख विपक्षी कांग्रेसले छलफललाई तीव्रता दिएका छन् ।तर, अझै न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिको खोजविन आयोगको पदाधिकारीबारे सहमति जुटेको छ, न विधेयकमै । बरु छलफलमा रहेका नामहरु दलीय भागवण्डामा आएको भनेर सार्वजनिक भएपछि सहमति प्रयास विथोलिने चिन्ता बढेको नेताहरु […]
१३ असार, काठमाडौं । ‘राई इज किङ’ अंकित सेतो टिसर्ट र हाफफाइन्ट लगाएर नक्सालस्थित करिब तीनआनामा बनेको पुरानो घरको मर्मत–सम्भारमा खटिएका थिए, चर्चित गायक राजेशपायल राई । उनी कामदारलाई अराइखटाइ गरिरहेका थिए । ‘आजभोलि तपाईंको गीत–संगीत त्यति सुनिँदैन नि’ यो प्रश्नले उनी नराम्ररी झोंक्किए । प्रश्न अप्रिय लागेछ, तात्तातो जवाफ फर्काइहाले, ‘म हिजोभन्दा आज व्यस्त […]
१३ असार, काठमाडौं । सरकारले कानूनविपरीत राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा केवलकार, रोपवे लगायतका भौतिक संरचना निर्माणको अनुमति दिने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाएर यस्तो संरचना बनाउन दिन लागेको हो । कार्यविधिमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विपरीतका गतिविधि […]
१३ असार, काठमाडौं । पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले असल श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ गर्ने भएको छ । सरकारले नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । […]
१३ असार, काठमाडौं । दुबै हत्केला नभएकी छात्रा सविता थापाले यस वर्षको एसईई परीक्षामा ३.३५ जीपीए ल्याइन् । खगेन्द्र नवजीवन विद्यालयकी छात्रा उनको नतिजाबाट उनीमात्र होइन, विद्यालय र अभिभावक पनि खुशी छन् । करेन्ट लागेर हत्केला गुमाएकी उनले सहयोगी राखेर परीक्षा दिएकी थिइन् । एसईई परीक्षामा राम्रो नतिजा ल्याएपछि शुक्रबार विद्यालयमा सविताको सम्मान गरिएको छ । […]
१३, असार, चितवन । तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको शुक्रबार निधन भएको छ । नारायणगढस्थित आफ्नै निवासमा चुकेको विहान निधन भएको हो । २०६२ सालमा मर्निङ वाकको समयमा मोटरसाइकलले ठक्कर दिएपछि उनी अस्वस्थ बनेका थिए । त्यसयता उनको अधिकांश समय घरमा नै वित्ने गरेको थियो । चुके २०४८ सालदेखि २०५४ सालसम्म तत्कालिन भरतपुर […]
१३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकतामा आउन राप्रपा संयुक्तका नेताहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह गरेका छन् । उनले पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको पनि बताए । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस र कम्युनिष्टको वैचारिक असफलता विरुद्धमा वैचारिक दर्शन जनताको […]
१३ असार, गोरखा । छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा पालुङटार नगरपालिकाको अमरज्योति जनता माविका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपाने पक्राउ परेका छन् । मंगलबार राति दुई बजे छात्रावासमा सुतिरहेकी छात्रालाई झ्यालबाट हात छिराएर सिरक तान्ने प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका हुन् । न्यौपानेलाई सार्वजनिक हित विरुद्धको कसुर अन्तर्गत मुद्धा दर्ता […]
१३ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई तीन दिने भमणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् । मुख्यमन्त्री राई बाल्टिमोरमा जुलाई ५, ६ र ७ (असार २०, २१ र २२ गते) मा हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा सहभागी हुन अमेरिका प्रस्तान गर्न लागेका हुन् । आगामी असार १६ गते अमेरिकातर्फ […]
१३ असार, काठमाडौं । उपत्यकामा केही दिनयता ‘सिरिञ्ज आक्रमणका’ घटना देखिए पनि अभियुक्त पक्राउ परेकाले अब सर्वसाधारणले त्रासमा रहनुपर्ने अवस्था नरहेको नेपाल प्रहरीले आश्वस्त पारेको छ । एकपछि अर्को ‘सिरिञ्ज आक्रमण’ का घटना भएको भन्दै काठमाडौंबासीमा त्रास बढिरहेका बेला प्रहरीले सुरक्षाबारे सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर […]
१३ असार, काठमाडौं । वाइडबडी जहाज ए ३३० को ‘लाइन मर्मत’ नेपाल वायुसेवा निगमका इन्जिनियरहरुले नै गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिलाई जहाजको इन्जिनियरिङसम्बन्धी सम्पूर्ण काम नेपाली इन्जिनियरबाटै गराउने गरी स्वीकृति दिएको हो । निगमले लामो समयदेखि ‘पार्ट १४५’ का लागि अनुमति दिन प्राधिकरणसँग माग गर्दै आएको थियो । ‘पार्ट १४५’ भन्नाले […]
१३ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको बजेट वितरणमुखी र आकार ठूलो हुनुमा संघीय सरकार र प्रदेश सांसद पनि दोषी रहेको आरोप लगाएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै उनले भने ‘बजेट वितरणमुखी र भद्दा हुनुमा प्रदेश सरकार मात्र दोषी छैन, संघीय सरकारदेखि स्वयं प्रदेशका माननीयहरुप […]
from समाचार – Online Khabar https://ift.tt/2IVLOWz
via IFTTT