Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

१० असार, काठमाडौं । विवादास्पद गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ । विधेयक फिर्ता लिने भूमिसुधारमन्त्री पद्मा अर्यालको प्रस्ताव मंगलबार राष्ट्रियसभाबाट पास भएको हो । विधेयकलाई लिएर आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको थियो । टाइमलाइनमा गुठी विधेयक बैशाख १७ गतेः विधेयक राष्ट्रियसभामा दर्ता । बैशाख […]

विराटनगर महानगरले ल्यायो ५ अर्ब १२ करोडको बजेट

१०असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजार छ […]

ललितपुरले ल्यायो ५ अर्ब १७ करोडको बजेट, पूर्वाधारमा ३९ प्रतिशत

९ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट ल्याएको छ । महानगरका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । महानगरले आगामी आर्थिक वर्षका पूर्वाधार विकासमा प्राथमिकता दिएर बजेट ल्याएको छ । महानगरले ल्याएको ५ […]

क्लीन फिडको विरोधमा किन छन् टेलिभिजन वितरक ?

९ असार, काठमाडौं । टेलिभिजन वितरकहरु प्रस्तावित ‘क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । आन्दोलनका नाममा उपभोक्ता अधिकारमाथि प्रहार गर्दै वितरकहरुले हिजो दिउसो ३ बजेदेखि २४ घन्टा सबै विदेशी च्यानलको प्रशारण बन्द गराए । कानूनका ज्ञाताहरु टेलिभिजिन वितरकको यस्तो कदमलाई अवैध र गैरकानुनी कार्य मान्छन् । साइबर कानूनका […]

मोरङको आईसीपी अन्तिम चरणमा, भदौदेखि सञ्चालन हुने

१० असोज, विराटनगर । मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) आगामी भदौदेखि सञ्चालनमा आउने भएको छ । भारतीय पक्षले आईसीपी निर्माणको सम्पूर्ण काम सम्पन्न गरी आगामी अगष्ट १५ मा नेपालाई हस्तान्तर गर्ने तयारी गरेको छ । संघीय आयोजना कार्यान्वय इकाइ मोरङका इन्जिनियर राजु शर्माले भारतीय निर्माण कम्पनीले आईसीपीको सम्पूर्ण संरचना निर्माण गरी आगामी […]

उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा पारस र सोमपालसहित ५ जना

१० असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ । मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो । नेपाली […]

सशस्त्र प्रहरीद्वारा २ लाख ५६ हजारको समान बरामद

१० असार, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २ लाख ५६ हजार ७० रुपैयाँ बराबरको समान बरामद गरेको छ । चेकजाँचको क्रममा भारतको रक्सौलबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा, ,मोवाइल, हार्डवयर तथा किराना समान बरामद गरेको हो । मंगलबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएको टोलीले […]

सुनको मूल्य तोलामा ६५ हजार ५ सय

१० असार, काठमाडौं । सुनको मूल्यमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ५ सय तोकेको छ । मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् । गत बिहीबार देखि सुनको मूल्य आकाशिन थालेको थियो […]

टिभी च्यानल बन्द गर्ने केबुल व्यवसायीविरुद्ध सीआइबीमा उजुरी

१० असार, काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गरेको छ । मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो । इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी […]

पर्यटक प्रहरीको छुट्टै मोबाइल एप, ठमेलमा सूचना केन्द्र

१० असार, काठमाडौं । पर्यटकका उजुरी सुन्ने तथा अत्यावश्यक सूचना प्रवाह गर्ने उद्देश्यले पर्यटक प्रहरीले छुट्टै मोवाइल एप सञ्चालनको तयारी गरेको छ । एक साताभित्रै एप सञ्चालन गर्न लागिएको प्रहरी निरीक्षक तथा पर्यटक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए । ‘हामी नेपालमा पर्यटकले के गर्नु हुन्छ र हुँदैन भन्ने सूचना, कानूनी विषयलगायत अत्यावश्यक जानकारी एपमा […]

राजनीतिक तहमा टुङ्ग्याउन खोज्दा नागरिकता विधेयक रोकियो : गृहमन्त्री थापा

१० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक तहमा टुङ्ग्याउन खोज्दा नागरिकता विधेयकमाथिको छलफल अगाडि बढ्न नसकेको बताएका छन् । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले भने, ‘नागरिकताको बारेमा निकै लामो छलफल गर्यौं । यसलाई राजनीतिक तहमा टुङ्ग्याएर जाँदा सहज होला भन्ने भयो । तर, अझै अगाडि बढेको छैन ।’ त्यसअघि सांसदहरुले विधेयकहरु […]

प्रहरी समायोजन प्रक्रियामा प्रदेशलाई पनि सहभागी गराइने

१० असार, काठमाडौं । प्रहरी समायोजन प्रक्रियामा प्रदेश सरकारलाई पनि सहभागी गराइने भएको छ । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले संगठन संरचना तथा दरबन्दी कायम गर्दा सम्बन्धित प्रदेशलाई सहभागी गराउन सकिने बताए । ‘प्रदेश प्रहरीको दरबन्दी र संगठन संरचनाको विषयमा छलफल हुँदा सम्बन्धित प्रदेश सरकारको आन्तरिक मामिला तथा […]

हेटौंडा उपमहानगरले ल्यायो १ अर्ब ८१ करोडको बजेट

१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पाचौं नगरसभामा उपमेयर मिना लामाले नीति तथा बजेट प्रस्तुत गर्दै आर्थिक बर्षको लागि १ अर्ब ८१ करोड १८ लाख रुपैंयाको बजेट प्रस्तुत गरेकी छन् । प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ […]

पप्पुले बनाएको टेकु पुलमा सवारी आवागमन बन्द

१० असार, काठमाडौं । पप्पु कन्स्ट्रक्सनले टेकुमा बनाएको नयाँ पुलमा सवारी आवागमन बन्द गरिएको छ । पुल गुणस्तरहीन भएको भन्दै यसलाई सञ्चालनमा ल्याउन नहुने माग पहिल्यैदेखि हुँदै आएको थियो । परामर्शदाताले सञ्चालनको लागि अयोग्य ठहर गरेको यो पुलमा झण्डै एक वर्ष सवारीसाधन निर्वाध रुपमा चललिरहे । अन्ततः सवारी दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सरकारले बल्ल […]

एसईईको नतिजा प्रकाशन यसैसाता

१० असार, काठमाडौं । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘१४ गतेभित्र निकाल्ने भन्ने छ । हामी तयारी गरिरहेका छौं ।’ २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो […]

सेनालाई संविधानअनुसार नै विकास निर्माणमा लगाइएको हो : उपप्रधानमन्त्री पोखरेल

१० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई संविधानअनुसार नै विकास निर्माणको काममा लगाएको बताएका छन् । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले संविधानले नै सेनालाई कानून बमोजिम विकास निर्माण र विपद व्यवस्थापनमा लगाउन सकिने उल्लेख भएको बताए । ‘नेपालको संविधानले पनि नेपाली सेनालाई विकास निर्माणको […]

उपचारका लागि तपाईंहरू पनि विदेश नजानुस्, म पनि जान्न : मन्त्री यादव

१० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन् । संसदमा मंगलबार विनीयोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपवाद बाहेक सबै रोगको नेपालमै उपचार सम्भव भएको बताएका हुन । मिर्गौला प्रत्यारोपण, मुटु-नसाको शल्यक्रिया लगायतका रोगको पनि नेपालमै उपचार सम्भव भएको मन्त्री यादवले बताए […]

गृहमन्त्रीलाई प्रश्न– इन्काउन्टर नै हो भने छानविन किन ?

१० असार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलमाथि गोली प्रहारसम्बन्धी विषयलाई लिएर संसदीय समितिमा प्रश्न उठ्ने क्रम मंगलबार पनि जारी रह्यो । गृहमन्त्री रामबहादुर थापा बादलले यो घटनालाई इन्काउन्टर बताए पनि छानविन गर्छु भनेर विरोधभाषपूर्ण अभिव्यक्ति दिएको सांसदले आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रामबहादुर विष्टले भने, […]

घिमिरे बाजेको १० फिट लामो टुप्पी, भन्छन्-मेरो लाश जलाउँदा टुप्पी नजलाइयोस्’

१० असार, चितवन । भरतपुर महानगरपालिका वडा नं. ९ का कृष्णनाथ घिमिरे उमेरले ६६ वर्षका भए । किसानको छोरा भएकाले कृषि कर्ममा नै उनले आफ्नो लामो जीवन व्यतीत गरेका छन् । बचेको समयमा समाजसेवामा लाग्छन् । फूलेको जुँगा, शिरमा ढाका टोपी लगाएर ठाँटिएर हिँड्ने उनको हुलिया हो । ढाका टोपी लगाएर हिँड्दा कसैले पनि अनुमान […]

विद्यार्थी नै नभएको विद्यालयमा चार शिक्षक

१० असार, मनाङ । विद्यालयमा विद्यार्थी एकजना पनि छैनन् । तर, शिक्षक चार जना छन् । ती शिक्षक नपढाइकन तलब खान्छन् । यो कुरा पढ्दा र सुन्दा पनि अचम्म लाग्यो होला तपाईंलाई । तर सत्य यही हो, मनाङको ङिस्याङ गाउँपालिका–३ को ङावल आधारभूत विद्यालयमा यस्तै छ । यो विद्यालयमा गत वर्षसम्म दुई जना विद्यार्थी थिए […]

पोखरामा रोपाइँ महोत्सव : गोरु दौडाउने, माछा समाउने !

१० असार, पोखरा । असार १५ अर्थात किसानको विशेष दिन । रोपाइँ महोत्सव भनिने यस दिनलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँछ । असार १५ मा हिलो छुनुपर्ने नेपाली समाजको मान्यता छ । त्यही मान्यतालाई पोखराले महोत्सवको रुपमा मनाउँछ । असार १५ को दिन प्रत्येक वर्ष पोखरामा रोपाइँ महोत्सव मनाइन्छ । हरेक वर्षजस्तै यसपालि पनि […]



from समाचार – Online Khabar http://bit.ly/2ZIlhBy
via IFTTT
Powered by Blogger.