समाचार
१५ असार, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पाकिस्तानले दुई बल बाँकी छँदा भेटायो । पाकिस्तानको जितमा […]
१४ असार, काठमाडौं । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ […]
१४ असार, बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेकपाको दुई तिहाई वहुमतको सरकारले पत्रकारहरुलाई समेत रुनवाट बञ्चिन गर्न लागेको बताएका छन् । चुनावको बेला कम्युनिष्टको सरकार आए रुन पनि पाइँदैन भन्दा पत्रकारहरुले नै हाँसोमा उडाएको तर, अहिले समाचार लेख्दा पनि पत्रकारलाई पक्राउ गरेर सरकारले रुन पनि नदिएको भन्दै नेता सिंहले व्यंग्य […]
१४ असार, बुटवल । रुपन्देहीको सैनामैनामा टिप्परको ठक्करबाट एक मजदुरको ज्यान गएको छ । सैनामैना नगरपालिका १० कटानीचोकमा दक्षिणबाट उत्तरतर्फ जांदै गरेको ना ८ ख ३४०९ नम्बरको टिप्परले ठक्कर दिंदा नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका मजदुरको ज्यान गएको हो । सडक छेउमा बन्दै गरेको घर निर्माणको काम गर्दै गरेका मजदुरलाई टिप्परले ठक्कर दिँदा गम्भीर […]
१४ असार, बिराटनगर । मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । सुनवषर्ी नगरपालिका ९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । उनीहरु मध्ये फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलमको मृत्यु भएको छ । दाउल मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको […]
१४ असार, काठमाडौं । समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले पदाधिकारी नपाउँदा अभिनेत्री करिश्मा मानन्धरले पार्टी छाडेको दाबी गरेका छन् । नयाँ शक्तिले संघीय समाजवादी पार्टीसँग एकता गरेपछि मानन्धरले पार्टी छाडेकी थिइन् । मानन्धरले हालै मात्र भट्टराईले आफूलाई चुनाव प्रचारमा मात्र प्रयोग गरेको र राजनीतिक व्यवस्थापन क्षमता नभएको टिप्पणी गरेकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसको […]
१४ असार, काठमाडौं । नुवाकोटको सिसडोलबासीले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । सिसडोलको ल्यान्डफिल्डसाइट प्रवाधित क्षेत्रका स्थानीयबासी चार दिनदेखि आन्दोलनमा छन् । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्ने लगायतका माग राखेका छन् । यसले काठमाडौंका सडक किनारामा थुपि्रएका फोहोर व्यवस्थापनमा कठिनाई भएको छ । शनिबार […]
१४ असार, काठमाडौं । काठमाडौंमा तत्कालै ‘रात्री बस सेवा’ सञ्चालनमा नआउने भएको छ । व्यवसायीको विरोधका कारण तत्कालै यात्रु बस सेवा सञ्चालन गर्न नसकिने अवस्था आएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले गत असार १ गतेदेखि रात्री बस सेवा सुरु गर्न सबै तयारी सकाएको थियो । तयसअनुसार रुट र भाडादर समेत तोकिएको थियो । […]
हरेक मानिसका आफ्नै व्यक्तिगत समस्या र अप्ठ्याराहरुका चाङ छन् । ती सबै बिब्ल्याँटाहरु सम्हालेर आफ्नो ठाउँमा ल्याएर मानिस खुसी हुने प्रयास गर्छ । तर आफ्नो समाजका उँचनिच र दुःखदायी घटनाहरुले पुनः ती खुसीलाई लुटेर लगिदिन्छ । यो कथा हाम्रा वरपर सबैको हो । म पनि बेला-बेलामा यस्तै अप्ठ्यारोमा हुन्छु । म पेशाले डाक्टर । ममात्र […]
१४ असार, धनगढी । पौडी खेल्ने क्रममा आज डुबेर तीनको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ । शनिबार दिउँसो १ बजेतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । शनिबार नै लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रानी–जमरा– कुलरिया […]
१४ असार, काठमाडौं । सरकारले नागरिकलाई रैतीमा परिणत गर्न खोजेको भन्दै नागरिक समाजका अगुवाहरुले आपत्ति जनाएका छन् । सरकारले ल्याएका विधेयकहरुले ‘सूचना, ज्ञान, न्याय र मानवअधिकार वर्जित गर्ने र नागरिकबाट रैतीमा परिणत गर्ने दुष्प्रयत्न गरेको उनीहरुको ठहर छ । स्वनाम साथी, सुन्दरमणि दीक्षित, गौरी प्रधान, विजय कर्ण, लोकनारायण शर्मा, उज्ज्वल प्रसाई, खगेन्द्र संग्रौला लगायतले संयुक्त […]
१४ असार, काठमाडौं । उपत्यकामा पछिल्लो समय नयाँ बस्तीका रुपमा विकास भएको छ, टोखा क्षेत्र । विद्यालयदेखि ठूलो अस्पताल पनि खुलेका छन् । ग्राण्डी अन्तराष्ट्रिय अस्पताल त्यही छ । तर त्यही टोखा जाने सडकको हालत भने हेरिनसक्नु भएको छ । दैनिक ठूला तथा साना गाडीहरु हिलोमा गाडिएर फस्छन् र विरामी लिएर अस्पताल जाँदै गरेको एम्बेलुेन्स […]
१४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको नेतृत्वको छाला जोगाउनतिर लागेको त होइन भन्ने प्रश्न उठाएका छन् । मदन भण्डारी स्मृति दिवसको अवसरमा प्रचण्डले मदन भण्डारी हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला घटनाको कारण पत्ता लगाउन नसकिएको बताए । आफू पहिलो पटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ […]
१४ असार, काठमाडौं । सांसद हृदयेश त्रिपाठी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अझै मधेसी र थारु समुदायमा लोकप्रिय नरहेको बताएका छन् । मदन भण्डारी स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठीले ०४८ मा भण्डारीले मधेसमा वाम आन्दोलन किन लोकप्रिय हुन सकेन भनेर सोधेको स्मरण गरे । उनले अहिले पनि नेकपा मधेसी र थारु समुदायमा […]
पोखरा । जेठ २०३८ मा पोखरामा एउटा सनसनीपूर्ण घटना घट्यो । काठमाडौंदेखि पोखरा घुम्न आएका नमिता–सुनिताको हत्याको घटना देशैभरि फैलिन्छ । जसरी घटनाको हल्ला फैलियो, त्यसरी नै घटनाको वास्ताविकता गुपचुप भयो । अहिलेसम्म पनि नमिता, सुनिताका हत्यारा को थियो ? अनुमानमै सीमित छ । मानिसहरु यसमा ठूलै शक्तिको हात रहेको अनुमान गर्छन् । गएको वर्षमात्रै […]
दृश्य आमा आउनुभएपछि सुरु हुन्छ चहल–पहल उसको भाडाघरमा । दुबै छाक बज्न थाल्छ, कुकरको सिट्ठी । सुरु हुन्छ आमाको गफ । कहिल्यै नटुंगिने गरी आइरहन्छन् गाउँघर, आफन्त र छरछिमेकका कुरा । उसले बिश्राम दिनुपर्छ पढिसक्नैपर्ने केही पुस्तक र भाका मिलाउनुपर्छ आमाको गफसँग । ढुक्कै हक जमाउनुहुन्छ टेलिभिजन, भान्छा, सुत्ने कोठा जतात्यतै । उसले पटक्कै हेर्न […]
काठमाडौं । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निस्किएको छ । क्वयेर युवा समूहको आयोजनामा माइतीघर मण्डलामा गौरव यात्रा भएको हो । यो नेपालको हकमा पहिलो भएको समूहका सदस्य रुक्साना कपालीले बताइन् । यसअघि गाईजात्राको दिन तेस्रो लिंङ्गीहरुले छुट्टै ¥याली निकाल्ने गरेका थिए, जसको आयोजना ब्लू डाइमण्ड सोसाइटीले गर्दै आएको छ ।
१४ असार, काठमाडौं । चीन र अमेरिका आर्थिक तथा व्यापार वार्ता शुरु गर्न सहमत भएका छन् । जी-२० सम्मेलनको क्रममा जापानको ओसाकामा शनिबार भएको भेटमा दुवै देशका राष्ट्र प्रमुखबीच यो सहमति भएको हो । चिनियाँ राष्ट्रपति सी जिनफिङ र उनका समकक्षी डोनाल्ड ट्रम्पबीच समानता र पारस्परिक सम्मानको आधारमा आर्थिक तथा व्यापारिक परामर्श फेरि सुरु गर्ने […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षारोपण अभियानको शुभारम्भ गर्दै अब काठमाडौं हराभरा बन्ने बताएका छन् । उनले सन्तानलाई गरेजस्तै माया बोटबिरुवालाई गर्न आह्वान पनि गरे । कोटेश्वर सडक किनारमा नासपातीको बिरुवा रोपेपछि प्रधानमन्त्री ओलीले भने, ‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ । अबको प्रतिष्पर्धा विरुवा संरक्षणमा हुनुपर्छ ।’ […]
१४ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताउनुभएको छ । हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन् । नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले शनिबार पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा जोड दिएका हुन् । ओलीले भने, ‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ । एउटै भाषा […]
from समाचार – Online Khabar https://ift.tt/321KE3a
via IFTTT