समाचार
१३ असार, काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सत्तारुढ नेकपा र प्रमुख विपक्षी कांग्रेसले छलफललाई तीव्रता दिएका छन् ।तर, अझै न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिको खोजविन आयोगको पदाधिकारीबारे सहमति जुटेको छ, न विधेयकमै । बरु छलफलमा रहेका नामहरु दलीय भागवण्डामा आएको भनेर सार्वजनिक भएपछि सहमति प्रयास विथोलिने चिन्ता बढेको नेताहरु […]
१३ असार, काठमाडौं । ‘राई इज किङ’ अंकित सेतो टिसर्ट र हाफफाइन्ट लगाएर नक्सालस्थित करिब तीनआनामा बनेको पुरानो घरको मर्मत–सम्भारमा खटिएका थिए, चर्चित गायक राजेशपायल राई । उनी कामदारलाई अराइखटाइ गरिरहेका थिए । ‘आजभोलि तपाईंको गीत–संगीत त्यति सुनिँदैन नि’ यो प्रश्नले उनी नराम्ररी झोंक्किए । प्रश्न अप्रिय लागेछ, तात्तातो जवाफ फर्काइहाले, ‘म हिजोभन्दा आज व्यस्त […]
१३ असार, काठमाडौं । सरकारले कानूनविपरीत राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा केवलकार, रोपवे लगायतका भौतिक संरचना निर्माणको अनुमति दिने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाएर यस्तो संरचना बनाउन दिन लागेको हो । कार्यविधिमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विपरीतका गतिविधि […]
१३ असार, काठमाडौं । पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले असल श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ गर्ने भएको छ । सरकारले नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । […]
१३ असार, काठमाडौं । दुबै हत्केला नभएकी छात्रा सविता थापाले यस वर्षको एसईई परीक्षामा ३.३५ जीपीए ल्याइन् । खगेन्द्र नवजीवन विद्यालयकी छात्रा उनको नतिजाबाट उनीमात्र होइन, विद्यालय र अभिभावक पनि खुशी छन् । करेन्ट लागेर हत्केला गुमाएकी उनले सहयोगी राखेर परीक्षा दिएकी थिइन् । एसईई परीक्षामा राम्रो नतिजा ल्याएपछि शुक्रबार विद्यालयमा सविताको सम्मान गरिएको छ । […]
१३, असार, चितवन । तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको शुक्रबार निधन भएको छ । नारायणगढस्थित आफ्नै निवासमा चुकेको विहान निधन भएको हो । २०६२ सालमा मर्निङ वाकको समयमा मोटरसाइकलले ठक्कर दिएपछि उनी अस्वस्थ बनेका थिए । त्यसयता उनको अधिकांश समय घरमा नै वित्ने गरेको थियो । चुके २०४८ सालदेखि २०५४ सालसम्म तत्कालिन भरतपुर […]
१३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकतामा आउन राप्रपा संयुक्तका नेताहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह गरेका छन् । उनले पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको पनि बताए । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस र कम्युनिष्टको वैचारिक असफलता विरुद्धमा वैचारिक दर्शन जनताको […]
१३ असार, गोरखा । छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा पालुङटार नगरपालिकाको अमरज्योति जनता माविका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपाने पक्राउ परेका छन् । मंगलबार राति दुई बजे छात्रावासमा सुतिरहेकी छात्रालाई झ्यालबाट हात छिराएर सिरक तान्ने प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका हुन् । न्यौपानेलाई सार्वजनिक हित विरुद्धको कसुर अन्तर्गत मुद्धा दर्ता […]
१३ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई तीन दिने भमणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् । मुख्यमन्त्री राई बाल्टिमोरमा जुलाई ५, ६ र ७ (असार २०, २१ र २२ गते) मा हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा सहभागी हुन अमेरिका प्रस्तान गर्न लागेका हुन् । आगामी असार १६ गते अमेरिकातर्फ […]
१३ असार, काठमाडौं । वाइडबडी जहाज ए ३३० को ‘लाइन मर्मत’ नेपाल वायुसेवा निगमका इन्जिनियरहरुले नै गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिलाई जहाजको इन्जिनियरिङसम्बन्धी सम्पूर्ण काम नेपाली इन्जिनियरबाटै गराउने गरी स्वीकृति दिएको हो । निगमले लामो समयदेखि ‘पार्ट १४५’ का लागि अनुमति दिन प्राधिकरणसँग माग गर्दै आएको थियो । ‘पार्ट १४५’ भन्नाले […]
१३ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको बजेट वितरणमुखी र आकार ठूलो हुनुमा संघीय सरकार र प्रदेश सांसद पनि दोषी रहेको आरोप लगाएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै उनले भने ‘बजेट वितरणमुखी र भद्दा हुनुमा प्रदेश सरकार मात्र दोषी छैन, संघीय सरकारदेखि स्वयं प्रदेशका माननीयहरुप […]
१३ असार, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार दिउँसो ३ः१० बजेदेखि ३ः४० सम्म पूर्णतया बन्द भयो । विमानस्थलमा ओर्लिएको ‘एक्सरसाइज एयरलाइन्स’को जहाजलाई विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा बनाइएको रिमोट पार्किङ वेमा लगियो । हतारहतार यात्रुलाई बाहिर निकालियो, जहाजलाई सुरक्षाकर्मीले घेरा हाले । त्यतिन्जेलसम्म दमकल, एम्बुलेन्स पुगिसकेका थिए । जहाजमा बम भएको सूचना आएको भन्दै यात्रु र जहाजको […]
१३ असार, बुटवल । पूर्व राष्ट्रपति डा. रामवरण यादवले शान्ति प्रक्रियाको एक महत्वपूर्ण हिस्सा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले राम्रोसँग काम गर्न नसकेको बताएका छन् । शुक्रबार बुटवलमा पत्रकाहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले दुबै आयोगले राम्रोसँग काम गर्न नसक्दा शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुग्न ढिलाई भएको बताए । ‘मेरो चाहना नेपालीहरुले […]
१३ असार, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शुक्रबार निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अहिलेसम्म भएको प्रगतिबारे सरोकारवालासँग छलफल राखेको थियो । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आयोजनाका पछिल्लो प्रगति सुनाउने कोसिस गरे । तर, सरकारसँग सुनाउन लायक कुनै प्रगति थिएन । किनकी रुख कटानको प्रस्ताव गर्दै […]
१३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले पुस्तकमाथि दश प्रतिशत भन्सार लिने व्यवस्था हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले कर लगाउँदा पुस्तक पढ्ने संस्कृति निरुत्साहित हुने बताए । लामो समयदेखि पुस्तक करमुक्त हुँदै आएकोमा विभिन्न बाहनामा कर लगाउन नहुने सांसद गिरीले बताए । उनले भने, ‘पुस्तकका सौखिनहरू […]
१३ असार, काठमाडौं । जेनिसामाथि शंकास्पद सिरिन्ज आक्रमण भएको महिना दिन नाघिसकेको थियो । तर, आक्रमणकारी पक्राउ परेन । बरू अरू महिलामाथि पनि त्यस्तै प्रकृतिका आक्रमण भएको खबर आउन थाल्यो । यसले जेनिसा मात्र होइन, उनलाई सान्त्वना दिइरहेका परिवारका सदस्यहरू पनि तनावमा परे । प्रहरी कहाँ गएर सीसीटीभी फुटेज हेरे, प्रहरीसँग समन्वय गरेर उनीहरु आफैं […]
१३ असार, कैलाली । कैलालीको धनगढी–खुटिया सडकमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । गोदावरी नगरपालिका ८ स्याउले नजिक धनगढी–खुटिया सडक खण्डमा से १ च १५३६ नम्बरको जीपले ठक्कर दिँदा गोदावरी नगरपालिका ९ सेहरीकी ३० वर्षीया मन्थरा खडायतको घटनास्थलमा नै मृत्यु भएको कैलालीका प्रहरी प्रहरी एसपी सुदीप गिरीले […]
१३ असार, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टीको पर्सा जिल्ला कमिटि गठन भएको छ । पार्टी एकीकरण भएको लामो समयपछि एकीकृत जिल्ला कमिटि गठन गरिएको हो । तत्कालिन नेकपा एमालेबाट ५० प्रतिशत र माओवादी केन्द्रबाट ५० प्रतिशत सदस्य समावेश गरेर नयाँ जिल्ला कार्य समिति गठन गरिएको छ । जिल्ला कमिटिको अधिकतम सदस्य संख्या १ सय ६५ […]
१३ असार, काठमाडौं । निरन्तर विवादित अभिव्यक्ति दिँदै आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन । कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक शब्द प्रयोग गर्दा पनि मेयरलाई अहिलेसम्म कारवाही किन […]
१३ असार, काठमाडौं । भारतीय चार्टर्ड एकाउन्टेन्टहरुलाई नेपालमा वैधानिकतासहित संस्थागत प्रवेश दिन लागिएको भन्दै नेपाली चार्टर्ड एकाउन्टेन्ट र सो विषय पढिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)को कार्यालयमा धर्नासहित नाराबाजी गरेका छन् । विद्यार्थीहरुले भारतीय सीएहरुलाई नेपालको आईक्यान तथा काउन्सिलको उच्च पदसम्मै प्रवेश दिन सकिने गरी दि्वपक्षीय सम्झाैता हुन […]
१३ असार, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने चेतावनी दिएका छन् । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी विधेयकहरु ल्याएको भन्दै उनले यो पारित हुन नदिने बताए । शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘हामी प्रजातान्त्रिक अधिकारका लागि लडेरै आएका […]
from समाचार – Online Khabar https://ift.tt/2NvkvGG
via IFTTT