Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतीय फिल्म अवार्ड काठमाडौंमा गर्ने निर्णय

१२ असार, काठमाडौं । भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड) नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सहआयोजक रहनेछ । आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले ८ असारमा एउटा समिति गठन गरेको […]

लेखा समितिले चार देशमा नेपाली दूतावासको अनुगमन गर्ने

१२ असार, काठमाडौं । संसदको सार्वजनिक लेखा समिति चार देशको नेपाली दूतावासको स्थलगत अनुगमनमा जाने भएको छ । लेखा समितिका सभापति भरतकुमार शाह नेतृत्वको सात सदस्यीय टोलीलाई स्थलगत अनुगमन गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । लेखा समितिले रियाद, बर्लिन, पेरिस र लण्डनस्थित नेपाली नियोगहरुको स्थलगत अनुगमन गर्नेछ ।

एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’

नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् । करिश्माले अनलाइनखबरसँग भनिन्, ‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु […]

बेपत्ता आयोगका हाकिम भन्छन्- गाह्रो छ हामीलाई !

१२ असार, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक,२०७५ दुबै सदनबाट पारित भएर ऐन बनिसकेको छ । संशोधित ऐनको प्रावधान अनुसार गत चैतदेखि दुबै आयोगका पदाधिकारी स्वतः पदमुक्त भएकाले अहिलेसम्म आयोगहरु खाली छन् । नयाँ पदाधिकारी नियुक्तको प्रक्रिया अगाडि बढे पनि अहिलेसम्म पूरा हुन […]

एसईईमा शान्ता चौधरीले ल्याइन् बी ग्रेड

१२ असार, काठमाडौं । यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने […]

५ भारतीयले लिएको नेपाली नागरिकता रद्द

१२ असार, काठमाडौं । सरकारले ५ जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गरेको छ । पछिल्लो मन्त्रिपरिषद बैठकले धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ती नागरिकता रद्द गर्ने र उनीहरुलाई नागरिकता दिलाउन संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सप्तरी जिप्रकाबाट जारी भएको […]

सिँचाइ कार्यालयका प्रमुख र इन्जिनियर २ लाख घुससहित पक्राउ

१२ कैलाली, असार । जलस्रोत तथा सिँचाइ विका ििडभिजन कार्यालय कञ्चनपुर महेन्द्रनगरका कार्यलय प्रमुखसहित दुईजना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कार्यालय प्रमुख उपसचिव अजितकुमार श्रीवास्तव र इन्जिजियर गृष्मा ठगुन्नालाई पक्राउ गरेको हो । उनीहरुलाई सेवाग्राहीबाट नगद दुईलाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको कार्यालयका सूचना […]

मकवानपुरमा खुल्ने भयो मदन भण्डारी विश्वविद्यालय

१२ असार, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकामा खुल्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले थाहा नगरपालिका ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको १७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा विश्वविद्यालयको […]

जनकपुरमा ११४ बालिकालाई साइकल बितरण

१२ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कक्षा ८ मा अध्ययनरत बालिकाहरुलाई साइकल बितरण गरेका छन् । उनले जनकपुरस्थित एक सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ११४ जना बालिकालाई बिहीबार साइकल बितरण गरेका हुन् । जनकपुरधामस्थित सकल भवन कन्या माविका बालिकाहरुलाई ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत साइकल बितरण गरिएको छ । विद्यालय […]

विप्लव समूह भन्छ – ‘अपराधी’लाई जबरजस्ती कार्यकर्ता साबित गर्न खोजियो

१२ असार, बिराटनगर । डकैती मुद्दामा सात वर्ष जेल जीवन विताएर छुटेका व्यक्ति प्रतिबन्धित नेकपामा लागेर आतंक मञ्चाएको आरोपमा पक्राउ परेपछि विप्लव समूहले खण्डन गरेको छ । आइतबार दिउँसो मोरङ प्रहरीले बैंक, सुन पसल तथा व्यक्ति लुटपाटको घटनामा संलग्न भएको आरोपमा सुदिप भनिने कंश धिमाललाई पक्राउ गरेर सार्वजनिक गर्दे उनी विप्लव समूहमा आबद्ध भएको खुलाएको […]

सप्तरीका दुई नगरपालिकामा डेंगुका बिरामी भेटिए

१२ असार, जनकपुरधाम । सप्तरीको दुईवटा नगरपालिकामा डेंगुको रोगी फेला परेका छन् । जिल्लाको पूर्वी तथा उत्तरी भेग कंचनरुप र सप्तकोशी नगरपालिकामा डेंगुको बिरामी फेला परेको हो । यी दुबै नगरपालिका टाँसिएकै छ । प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका अनुसार सप्तकोशी नगरपालिकामा हालै एक जनामा डेंगुको संक्रमण देखापरेको छ । सप्तकोशी नगरपालिका वडा नम्बर २ निवासी २६ […]

कसका लागि लडे नेपालीले विश्वयुद्ध ?

१२ असार, काठमाडौं । विसं १९९० को भूकम्पको दुई महिनापछि प्रधानमन्त्री जुद्धसमशेरले कमान्डिङ इन चिफ रुद्र समशेरका खलकलाई सर्वस्वहरण गरेर पाल्पा धपाए । रुद्रका नाति पुरुषोत्तम समशेर राणाका अनुसार रुद्र खलकका सदस्य, सहयोगी, सुरक्षा गारतसमेत गरी दुई सयजना चारबुर्जा दरबार (हालको निर्वाचन आयोग भवन) छाडेर पाल्पा गएका थिए । रुद्र समशेरका चारबुर्जा दरबारमै जन्मिएका एकजना […]

१५ दिनभित्र मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मर्जर गर्ने प्रतिवद्धता पेश गर्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएका छन् । बिहीबार छलफलका लागि उपस्थित भएका बैंकका अध्यक्ष र सीईओहरुलाई गभर्नर नेपालले १५ दिनभित्रै मर्जरको प्रतिवद्धता गर्न निर्देशन दिएका हुन् । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल […]

विषादि परीक्षणको व्यवस्थाले भन्सारमै रोकियो तरकारी र फलफूल

१२ असार, विराटनगर । जीवनाशक विषादी जाँचपास नहुँदा भारत र तेस्रो मुलुलकबाट आएको फलफुल तथा हरियो तरकारी विराटनगरको रानी भन्सार नाकामौ रोकिएका छन् । सरकारले विषादी परीक्षण गरी खानयोग्य रहेको प्रमाणित भएपछि मात्र आयात गर्न पाइने व्यवस्था गरेपछि विषादी परीक्षण नगरी भारत तथा तेस्रो देशबाट ल्याइएका तरकारी र फलफुल सीमामा रोकिएका हुन् । प्रमुख भन्सार […]

५५ लाखमा गैंडाको खाग कारोबार, ३ जना पक्राउ

१२ असार, काठमाडौं । प्रहरीले काठमाडौं-२७, ढल्कुबाट गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको चुमनुब्री-३, सिर्दिवासका ५३ वर्षीय लालबहादुर गुरुङ छन् । महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार गुरुङसँगै सेतो सिसाको पत्थरसहित धादिङका ३३ वर्षीय अष्टबहादुर थिङ र ३४ वर्षीय गोविन्दप्रसाद मोक्तान पनि पक्राउ परेका छन् । उनले भने, […]

बालुवाटार जग्गा प्रकरण : केसी, सुवेदी र ढकाललाई पनि अख्तियारले बोलायो

१२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित तीन जनालाई पनि बयानका लागि बोलाएको छ । बुधबार मात्र अख्तियारले ८६ जनाको नाममा सार्वजनिक सूचना जारी गरी बयानका लागि उपस्थित हुन भनेको थियो । शुक्रबार फेरि अर्को सूचना जारी गर्दै हुपेन्द्रमणि केसी, रामकुमार सुवेदी र शोभाकान्त […]

मार्जिन ट्रेडिङले सेयर लगानीकर्ता उत्साहित, बजारमा के पर्ला असर ?

१२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहीबार ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ सम्बन्धी कारोबार गर्न अनुमति दिएको छ । नेप्सेले एक कार्यक्रम गरेर ती कम्पनीहरुलाई अनुमति पत्र वितरण गर्‍यो । क्रिस्टल कंचनजंघा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सेक्योर्ड सेक्यूरिटिज, श्री कृष्ण सेक्यूरिटिज, प्राईमो सेक्यूरिटिज र नेपाल स्टक हाउसले मार्जिन ट्रेडिङका लागि नेप्सेबाट अनुमति पाएका छन् […]

भारतबाट आउने तरकारी र फलफूल कुहिएपछि बजारमा !

१२ असार, बुटवल । काठमाडौंको कालिमाटीमा पुगेर विषादी परीक्षण गर्नुपर्दा हुने ढिलाइले भारतबाट आयात हुने तरकारी र फलफूल कुहिएपछि मात्रै नेपालका थोक बजारसम्म पुग्ने गरेको छ । सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून अघिल्लो हप्ताबाट लागू गरेको छ । तर, सबै भन्सार नाकाहरुमा प्रयोगशाला नहुँदा देशभरका नाकाबाट आयात हुने तरकारी […]

‘धर्ती माता’ लाई प्रहरीले बोलायो, उजुरी दिन पीडितलाई आग्रह

१२ असार, काठमाडौं । नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि आफूलाई धर्ती माता बताउने महिलाले युवतीलाई यातना दिएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । सामाजिक सञ्जालमा महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानविन सुरु गरेको हो । अनुसन्धान अधिकृतका अनुसार त्यसरी कुटपिट गर्ने महिला बुटवलकी विष्णु […]

मुख्यमन्त्री पोखरेल र जापानी राजदूतबीच भेटवार्ता

१२ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए । राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको […]

संसदीय समितिमा बहस : प्रदेश र जिल्ला प्रहरी प्रमुख संघको कि प्रदेशको ?

१२ असार, काठमाडौं । प्रहरी कर्मचारीको समायोजन सम्बन्धी विधेयकमा प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख संघकै रहने ब्यवस्था गरिएकोमा सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विधेयेकमाथि दफावार छलफल भएको थियो । ‘प्रदेश प्रहरी संघको रहने भन्ने प्रावधान संघीयताविरुद्ध छ । यसलाई संशोधन गर्नुपर्छ’ बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद […]



from समाचार – Online Khabar https://ift.tt/2LowpQb
via IFTTT
Powered by Blogger.