Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुनको मूल्य तोलामा ६५ हजार ५ सय

१० असार, काठमाडौं । सुनको मूल्यमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ५ सय तोकेको छ । मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् । गत बिहीबार देखि सुनको मूल्य आकाशिन थालेको थियो […]

टिभी च्यानल बन्द गर्ने केबुल व्यवसायीविरुद्ध सीआइबीमा उजुरी

१० असार, काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गरेको छ । मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो । इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी […]

पर्यटक प्रहरीको छुट्टै मोबाइल एप, ठमेलमा सूचना केन्द्र

१० असार, काठमाडौं । पर्यटकका उजुरी सुन्ने तथा अत्यावश्यक सूचना प्रवाह गर्ने उद्देश्यले पर्यटक प्रहरीले छुट्टै मोवाइल एप सञ्चालनको तयारी गरेको छ । एक साताभित्रै एप सञ्चालन गर्न लागिएको प्रहरी निरीक्षक तथा पर्यटक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए । ‘हामी नेपालमा पर्यटकले के गर्नु हुन्छ र हुँदैन भन्ने सूचना, कानूनी विषयलगायत अत्यावश्यक जानकारी एपमा […]

राजनीतिक तहमा टुङ्ग्याउन खोज्दा नागरिकता विधेयक रोकियो : गृहमन्त्री थापा

१० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक तहमा टुङ्ग्याउन खोज्दा नागरिकता विधेयकमाथिको छलफल अगाडि बढ्न नसकेको बताएका छन् । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले भने, ‘नागरिकताको बारेमा निकै लामो छलफल गर्यौं । यसलाई राजनीतिक तहमा टुङ्ग्याएर जाँदा सहज होला भन्ने भयो । तर, अझै अगाडि बढेको छैन ।’ त्यसअघि सांसदहरुले विधेयकहरु […]

प्रहरी समायोजन प्रक्रियामा प्रदेशलाई पनि सहभागी गराइने

१० असार, काठमाडौं । प्रहरी समायोजन प्रक्रियामा प्रदेश सरकारलाई पनि सहभागी गराइने भएको छ । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले संगठन संरचना तथा दरबन्दी कायम गर्दा सम्बन्धित प्रदेशलाई सहभागी गराउन सकिने बताए । ‘प्रदेश प्रहरीको दरबन्दी र संगठन संरचनाको विषयमा छलफल हुँदा सम्बन्धित प्रदेश सरकारको आन्तरिक मामिला तथा […]

हेटौंडा उपमहानगरले ल्यायो १ अर्ब ८१ करोडको बजेट

१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पाचौं नगरसभामा उपमेयर मिना लामाले नीति तथा बजेट प्रस्तुत गर्दै आर्थिक बर्षको लागि १ अर्ब ८१ करोड १८ लाख रुपैंयाको बजेट प्रस्तुत गरेकी छन् । प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ […]

पप्पुले बनाएको टेकु पुलमा सवारी आवागमन बन्द

१० असार, काठमाडौं । पप्पु कन्स्ट्रक्सनले टेकुमा बनाएको नयाँ पुलमा सवारी आवागमन बन्द गरिएको छ । पुल गुणस्तरहीन भएको भन्दै यसलाई सञ्चालनमा ल्याउन नहुने माग पहिल्यैदेखि हुँदै आएको थियो । परामर्शदाताले सञ्चालनको लागि अयोग्य ठहर गरेको यो पुलमा झण्डै एक वर्ष सवारीसाधन निर्वाध रुपमा चललिरहे । अन्ततः सवारी दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सरकारले बल्ल […]

एसईईको नतिजा प्रकाशन यसैसाता

१० असार, काठमाडौं । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘१४ गतेभित्र निकाल्ने भन्ने छ । हामी तयारी गरिरहेका छौं ।’ २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो […]

सेनालाई संविधानअनुसार नै विकास निर्माणमा लगाइएको हो : उपप्रधानमन्त्री पोखरेल

१० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई संविधानअनुसार नै विकास निर्माणको काममा लगाएको बताएका छन् । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले संविधानले नै सेनालाई कानून बमोजिम विकास निर्माण र विपद व्यवस्थापनमा लगाउन सकिने उल्लेख भएको बताए । ‘नेपालको संविधानले पनि नेपाली सेनालाई विकास निर्माणको […]

उपचारका लागि तपाईंहरू पनि विदेश नजानुस्, म पनि जान्न : मन्त्री यादव

१० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन् । संसदमा मंगलबार विनीयोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपवाद बाहेक सबै रोगको नेपालमै उपचार सम्भव भएको बताएका हुन । मिर्गौला प्रत्यारोपण, मुटु-नसाको शल्यक्रिया लगायतका रोगको पनि नेपालमै उपचार सम्भव भएको मन्त्री यादवले बताए […]

गृहमन्त्रीलाई प्रश्न– इन्काउन्टर नै हो भने छानविन किन ?

१० असार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलमाथि गोली प्रहारसम्बन्धी विषयलाई लिएर संसदीय समितिमा प्रश्न उठ्ने क्रम मंगलबार पनि जारी रह्यो । गृहमन्त्री रामबहादुर थापा बादलले यो घटनालाई इन्काउन्टर बताए पनि छानविन गर्छु भनेर विरोधभाषपूर्ण अभिव्यक्ति दिएको सांसदले आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रामबहादुर विष्टले भने, […]

घिमिरे बाजेको १० फिट लामो टुप्पी, भन्छन्-मेरो लाश जलाउँदा टुप्पी नजलाइयोस्’

१० असार, चितवन । भरतपुर महानगरपालिका वडा नं. ९ का कृष्णनाथ घिमिरे उमेरले ६६ वर्षका भए । किसानको छोरा भएकाले कृषि कर्ममा नै उनले आफ्नो लामो जीवन व्यतीत गरेका छन् । बचेको समयमा समाजसेवामा लाग्छन् । फूलेको जुँगा, शिरमा ढाका टोपी लगाएर ठाँटिएर हिँड्ने उनको हुलिया हो । ढाका टोपी लगाएर हिँड्दा कसैले पनि अनुमान […]

विद्यार्थी नै नभएको विद्यालयमा चार शिक्षक

१० असार, मनाङ । विद्यालयमा विद्यार्थी एकजना पनि छैनन् । तर, शिक्षक चार जना छन् । ती शिक्षक नपढाइकन तलब खान्छन् । यो कुरा पढ्दा र सुन्दा पनि अचम्म लाग्यो होला तपाईंलाई । तर सत्य यही हो, मनाङको ङिस्याङ गाउँपालिका–३ को ङावल आधारभूत विद्यालयमा यस्तै छ । यो विद्यालयमा गत वर्षसम्म दुई जना विद्यार्थी थिए […]

पोखरामा रोपाइँ महोत्सव : गोरु दौडाउने, माछा समाउने !

१० असार, पोखरा । असार १५ अर्थात किसानको विशेष दिन । रोपाइँ महोत्सव भनिने यस दिनलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँछ । असार १५ मा हिलो छुनुपर्ने नेपाली समाजको मान्यता छ । त्यही मान्यतालाई पोखराले महोत्सवको रुपमा मनाउँछ । असार १५ को दिन प्रत्येक वर्ष पोखरामा रोपाइँ महोत्सव मनाइन्छ । हरेक वर्षजस्तै यसपालि पनि […]

कावासोती नगरपालिकाका उपमेयरको गाडीमा आगजनी

१० असार, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेकाे  छ । लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । आजगनीबाट गाडीको  पछाडिको भाग सामान्य जलेको छ । प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ । […]

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

१० असार, सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन […]

पर्यटक प्रहरीमा उजुरी : सामान हराएकोदेखि आफैं हराएकोसम्म

१० असार, काठमाडौं । पटक–पटक हुने बन्द–हड्ताल, कमजोर भौतिक पूवार्धार, दूर्घटनाजस्ता कारणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खराब प्रचार हुने गर्छ । यसको सीधा असर पर्यटन उद्योगमा पर्छ । तर, पछिल्लो समय नेपालको पर्यटन क्षेत्र निकै सुरक्षित देखिएको छ । सन् २०१८ मा आएका कूल ११ लाख ७३ हजार ७२ जना पर्यटकमध्ये केवल ६ सय १९ जना […]

नेपाल–चीन रेलवार्ता : डीपीआर मुद्दामा किन पसेन चीन ?

१० असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले गर्ने भाषण पत्याउने हो भने चीन र काठमाडौंलाई रेलमार्गले जोड्न धेरै वर्ष लाग्दैन । तर, दुई देशबीच भएको पछिल्लो बैठकमा चीनले आधारभूत विषयमै प्रश्न उठाएपछि नेपाली पक्ष नाजवाफ बनेको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सूचीकृत केरुङ–काठमाडौं रेलमार्ग निर्माणको प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन प्राविधिक […]

मनसुनले ल्याउने विपद् टार्न तीन ठाउँमा हेलीकोप्टरको तयारी

१० असार, काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु भइसकेको छ । मनसुनको वर्षा किसानका लागि जति महत्वपूर्ण छ, यसले निम्त्याउने खतराहरु पनि कम छैनन् । खासगरी प्राकृतिक विपत्तीको समयमै आंकलन गर्न नसक्नु, दुर्घटना भइसकेपछि बेलैमा उद्धार टोली पुग्न नसक्नु र पूनस्र्थापनामा ढिलाईले अत्यधिक जनधनको क्षति हुने गर्छ । त्यसैले सरकारले हरेक वर्ष मनसुन अगाडि […]

साढे ३५ करोडमा जम्मा ३७३१ सीमास्तम्भ !

१० असार, काठमाडौं । नेपालले भारतसँगको आधा सीमास्तम्भ पनि दुरुस्त राख्न सकेको छैन । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार प्रतिनिधिसभामा दिएको जानकारी अनुसार विगत पाँच वर्षमा जम्मा ३७ सय ३१ वटा सीमास्तम्भ मर्मत र निर्माण भएका छन् । जसमध्ये दुई हजार ३५ वटा नयाँ र एक हजार ६९६ वटा मर्मत सम्भार भएको ज्ञवालीले बताए । […]

नक्कली बमको त्रास : कहीँ माटो र तार, कहीँ झोलाभित्र किताब

१० असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरको कार्यालयमा मंगलबार बिहानै एक स्थानीयले टेलिफोन गरे, ‘नयाँबजार गेटनजिकै बम छ, आइदिनुपर्‍यो ।’ स्थानीयको खबरलगत्तै बम भनिएको स्थानमा प्रहरी पुग्यो । त्यतिबेलासम्म त्यहाँ हेर्नेको भीड नै लागिसकेको थियो । सडकमा भीड लागेकाले सवारी आवागमनसमेत रोकिएको थियो । त्यसपछि प्रहरीले शंकास्पद वस्तुलाई घेरा हाल्यो र नेपाली सेनाको बम […]



from समाचार – Online Khabar http://bit.ly/2X21ZdA
via IFTTT
Powered by Blogger.