Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ का मन्त्रीप्रति राजपा नेतृत्व असन्तुष्ट

१२ असार, जनकपुरधाम । प्रदेश २ सरकारका सहभागी पार्टीका मन्त्रीहरुको कामकारबाहीप्रति राष्ट्रिय जनता पार्टी (राजपा) को नेतृत्व असन्तुष्ट देखिएको छ । नेताहरुका अनुसार मन्त्री हेरफेरबारे समेत आगामी बैठकमा छलफल हुनसक्छ । प्रदेश २ सरकारमा राजपाका तीन मन्त्री र तीन राज्यमन्त्री छन् । उनीहरुको कामकारबाही प्रभावकारी नभएको, धेरै बजेट आफ्नो क्षेत्रमा लगेको र आफू निकट कार्यकर्तालाई […]

अज्ञात समूहको कुटपिटबाट सप्तरीमा युवकको मृत्यु

१२ असार, सप्तरी । अज्ञात समूहको कुटपिटबाट सप्तरीमा एक युवकको ज्यान गएको छ । तिरहुत गाउँपालिका–३ स्थित पिप्राही निवासी उपेन्द्र यादवका २५ वर्षीय छोरा कृष्ण विराजी (यादव) को कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार राति राजविराज नगरपालिका– ७ मा अपरिचित व्यक्तिको समूहले कुटपिट गरी घाइते बनाएर छाडेका थिए । स्थानीयको खबरपछि तत्कालै […]

माग नै नगरिएको पदमा कर्मचारी भर्नाको विज्ञापन

१२ असार, काठमाडौं । देशभरका स्थानीय तहका लागि लोक सेवा आयोगले ९ हजार १६१ पदमा विज्ञापन आह्वान गर्‍यो । यो विज्ञापनमा संखुवासभाको चैनपुर नगरपालिकाका २७ जना कर्मचारी माग गरिएको छ । दरखास्त दिने म्याद सकिनै लाग्दा चैनपुर नगरपालिका आफैंले विज्ञापन रद्ध गरिदिन आग्रह गर्दै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । […]

कांग्रेसनिकट जनप्रतिनिधिले लगाए पोखरा महानगरको गेटमा ताला !

१२ असार, पोखरा । पोखरा महानगरपालिकाको गेटमा कांग्रेसनिकट जनप्रतिनिधिले बिहीबार ताला लगाएका छन् । महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरुले महानगरको मूलद्वारमा ताला लगाएका हुन् । नगरसभाको चौथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित […]

विदेशिने युवाको सीप प्रमाणीकरण पछि धकेलिने

१२ जेठ, काठमाडौं । सरकारले असार १५ गतेदेखि गर्ने भनेको वैदेशिक रोजगारीमा जानेको अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था केही पछि धकेलिने भएको छ । विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्ने सरकारले बनाएको थियो । तर, असार १५ बाट गर्ने भनिए पनि तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने […]

दुई दिनदेखि डोल्पाको टेलिफोन सेवा अवरुद्ध

१२ असार, डोल्पा । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । टेलिफोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । सदरमकाम दुनैबाट टाढाको दूरीमा रहेकाले मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । यद्यपि, मर्मतका […]

भारतको धौलीगङ्गा बाँध खोलियो

१२ असार, बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गएरातिदेखि खोलिएको छ । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गएराति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् । महाकालीको तटीय […]

चितवनमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१२ असार, चितवन । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८, भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो । दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नम्बरको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र […]

खानीको लेदोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

१२ असार, काठमाडौं । सडकमाथिबाट खसेको लेदोले बिहीबार बिहान २ः३० बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । लेदोले पुरिएको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारदेखि महेशदोभान बजारसम्मको एक किलोमिटर सडकको अवरोध एकतर्फी पन्छाएर  सवारी सञ्चालनमा ल्याइएको हो । सडकलाई पूर्ववत सञ्चालनमा ल्याउन अहिले गाउँपालिका र बालुवाखानी व्यवसायीको डोजर प्रयोग गरेर काम भइरहेको प्रहरीले […]

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बोलाइयो

१२ असार, काठमाडौं । एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ । एसईईको नतिजा अनलाइनखबर डटकममा हेर्न […]

नेपाल–भारत रेलमार्ग : जग्गाको किचलोले काममा अलमल

१२ असार, विराटनगर । नेपालतर्फ जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा मोरङको बुधनगर–कटहरी रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । १० वर्षदेखि कायम मुआब्जा विवाद सुल्झिन नसक्दा नेपालतर्फ रेलमार्ग निर्माणको कार्य अनिश्चित बन्दै गएको हो । भारत सरकारको सहयोगमा सन् २०११ मा भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको काम शुरु भएको थियो । जसमा भारत र नेपालको सीमा […]

सानो गाउँपालिकाको बजेट : बाँदर धपाउने, कृषि पकेट बनाउने

१२ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले किसानलाई ढुवानी र उत्पादनका आधारमा अनुदान दिने भएको छ । कृषि फार्मका नाममा बजेट अनुदान दिँदा राज्यको ठूलो लगानी बालुवाको पानी बनेको गुनासो आइरहेका बेला रुपाले यस्तो नीति ल्याएको हो । किसानले उत्पादन गरेको कृषि उपज र त्यसको ढुवानीमा लागेको खर्चअनुसार अनुदान दिन गाउँपालिकाले १० लाख बजेट बिनियोजन […]

नेपाली मुलका धरेलले जिते क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड

टोरोन्टो । नेपाली मुलका डा. तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जित्न सफल भएका छन् । क्यानडामा रहेका विभिन्न देशका २५ जनालाई उत्कृष्ट आप्रवासी अवार्ड दिने गरिन्छ । रोयल बैंक अफ क्यानडाको मुख्य प्रायोजनमा क्यानडियन इमिग्रेन्ट म्यागेजिनले पेशा, सामाजिक कार्य लगायत विभिन्न पक्षहरु विचार गरेर हरेक वर्ष उत्कृष्ट २५ जनालाई यो अवार्ड दिने गर्दछ […]

पाकिस्तानको मुद्रामा ऐतिहासिक गिरावट, प्रधानमन्त्री भन्छन्- यसरी देश चल्दैन

१२ असार, काठमाडौं । पाकिस्तानको अर्थव्यवस्था हरेक दिन संकटमा फस्दै गएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको रुपैयाँ बुधबार इन्टर बैंकिङ ट्रेडमा १६४ सम्म पुगेको छ । दोस्रो तर्फ खुला बजारमा पनि पाकिस्तानी रुपैयाँ १६० भन्दा बढी पुगेको छ । बुधबार पाकिस्तानी रुपैयाँ एक डलरको तुलनामा ७.२ रुपैयाँले कमजोर भयो । पाकिस्तानको अर्थव्यवस्था पहिलेदेखि नै […]

वेष्ट इन्डिजलाई अन्तिम मौका, भारतको नजर सेमिफाइनलमा

१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन् । भारत र वेष्ट इन्डिजबीचको खेल नेपाली समयानुसार ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुदैछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा छ । किनभने आज वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ । यता, भारत भने […]

बाबरको शतकमा पाकिस्तान विजयी, न्युजिल्याण्डको पहिलो हार

१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जारी विश्वकपमा न्यूजिल्याण्डको यो पहिलो हार हो । यो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना बढेको छ । २३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले खराब सुरुवात गरेको थियो । उसका दुई विकेट छिट्टै गुमे । यद्यपि बाबर आजमले वर्ल्ड कपमा आफ्नो पहिलो शतक […]

काठमाडौं उपत्यकालाई ‘खतरा सूची’मा राख्ने युनेस्कोको प्रस्ताव

११ असार, काठमाडौं । काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ । काठमाडौं उपत्यकामा पशुपतिनाथ […]

‘उचाल्ने र थेचार्नेलाई पनि लाखै छ !’

काठमाडौं । चारबुँदे सहमतिसँगै गायक शम्भु राई र प्रकाश सपुतको विवाद टुंगिएको छ । सपुतको चर्चित गीत बलबन्दीको भाका आफूले धेरे पहिले गएको देउसी गीतको एउटा अंशसँग मिलेको दाबी गरेपछि विवाद सुरु भएको थियो । पछिल्लो समय केहीले यसलाई जातीय रंग दिन पनि खोजे । विवाद अर्कैतिर मोडिन थालेपछि मिलनबिन्दु खोजेको भन्दै राईले भने, ‘यहाँ […]

सेयर लगानीकर्ताले अब ब्रोकरबाटै कर्जा लिन पाउने

११ असार, काठमाडौं । सेयर लगानीकर्ताहरुले अब ब्रोकर कार्यालयहरुबाटै कर्जा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेगरी स्वीकृति दिएको हो । अन्य ५ वटा ब्रोकर कम्पनीहरुलाई पनि राष्ट्र बैंकले केहि दिनमै स्वीकृति दिने जनाएको छ । ६ वटा कम्पनीले भने राष्ट्र बैंकबाट बुधबार स्वीकृति […]

द्वन्द्वपीडितको प्रश्न– हाम्रो उजुरी कहाँ छन् ?

११ असार, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा द्वन्द्वपीडितहरुले न्याय पाउनेमा शंका व्यक्त गरेका छन् । बुधबार राष्ट्रिय मानवअधिकार आयोगले राजधानीमा गरेको कार्यक्रममा सहभागी द्वन्द्वपीडित र सरोकारवालाहरुले दुबै आयोगलाई काम गर्न सक्ने वातावरण बनाउन माग गरे । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले द्वन्द्वपीडितहरुको […]

वडाध्यक्षले च्याते पोखरा महानगरको रेडबुक

११ असार, पोखरा । पोखरा महानगरपालिकाको वार्षिक बजेट विवरण (रेडबुक) कांग्रेस निकट वडाध्यक्षहरुले च्यातेका छन् । बुधबार नगरसभाको चौथो दिन आएको रेडबुकमा उनीहरुले असहमति जनाउँदै च्यातेका हुन् । रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको पोखरा ९ वडाध्यक्ष रामराज लामिछानेले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका […]



from समाचार – Online Khabar https://ift.tt/31YUIKy
via IFTTT
Powered by Blogger.