समाचार
१५ असार, काठमाडौं । कल्याण घिमिरेले नेपाली सिनेमा क्षेत्रमा दुई दशकभन्दा बढी गुजारे । केही फिल्ममा ‘हिरो’ पनि भए । उनले बनाएको पछिल्लो फिल्म हो, महसुस । करिब ८४ लाख बजेटमा बनाएको फिल्म फ्लप भयो । बलिउड फिल्म ‘चेन्नई एक्सप्रेस’सँग जुध्नु र वितरक तथा हलवालाको असहयोगी भूमिका कारण आफ्नो फिल्म फ्लप भएको उनको निष्कर्ष छ […]
१५ असार, झापा । आज असार १५ धान दिवस । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । […]
१५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ । यसले विश्वका दुई शक्तिशाली देशबीच जारी ब्यापार युद्ध तत्कालका लागि कम भएको मानिएको छ । जी-२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाका पुगेका ट्रम्प र शी जिनपिङबीच शनिबार भेटवार्ता भएको थियो । […]
१५ असार, काठमाडौं । टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र […]
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् । तर, उनले आफूले गरेको राम्रा कामको चर्चा नगरिदिए पनि हुने बताए । श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा […]
१५ असार, बुटवल । कपिलवस्तुको तौलिहवास्थित मालपोत कार्यालयमा आलगागी भएको छ । कपिलवस्तु नगरपालिका वडानम्बर १ तौलिहवास्थित जिल्ला मालपोत कार्यालयको माथिल्लो तल्लामा आगलागी भएको हो । कार्यालय प्रमुखको कार्यकक्षमा विद्युत सर्ट भइ भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचरहरु जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको […]
१५ असार, पोखरा । सनिसरा बिकलाई ठ्याक्कै याद छैन, एउटै गोरेटोमा कति जना तर्किएर हिँडे । सँगै वन गएकी सखाले होच्याएर ‘कमिनी’ भन्दा कतिपटक मन दुख्यो । एउटै मुलको पानी खाने छिमेकी कतिपटक भाँडा छोइन्छ कि भनेर पन्छिए । मेलापातमा सबैलाई थालमा खाजा दिँदा उनलाई टपरीमा किन दिइन्थ्यो ? सनिसराले उत्तर मागिनन् । उपल्लो भनिएका […]
१५ असार, सप्तरी । पानीको बहाव नै थुन्ने गरी प्रदेश २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संरचना निर्माण गर्न थालेपछि सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र वर्षायाममा […]
१५ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ । शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ । […]
१५ असार, विराटनगर । प्रदेश १ का १४ जिल्लामा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । तीव्र गतिका कारण हुने अधिकांश दुर्घटनाले अपांगता दर पनि बढाएको छ । प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा आर्थिक वर्ष २०७३/७४ यता ४ हजार ६ सय ४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ हजार २६ जना घाइते भएका […]
१५ असार, विराटनगर । मोरङमा सेप्टिक ट्याङ्कमा निस्सासिएर अचेत ४ जनाको उचित उपचारको अभावमा ज्यान गएको गुनासो तिनका आफन्त र स्थानीयले गरेका छन् । जिल्लाको डायनियामा निर्माणाधीन सेप्टिक ट्याङ्कमा निस्सासिएर घाइते ५ मध्ये फिराेज आलम, सहनवाद, कफिल आलम र मोहम्मद आलमको शनिबार ज्यान गएको थियो । घाइते दाउद मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको […]
१५ असार, पोखरा । आज असार १५ अर्थात धान दिवस, पोखरामा रोपाइँ महोत्सवका रुपमा मनाइँदै छ । रोपाइँ महोत्सवमा रमाउन सयौं स्थानीय तथा देशी-विदेशी पर्यटक पोखरामा छन् । यसपटक पनि पोखरा-१७ महतगौंडामा रोपाइँ महोत्सव भइरहेको छ । असारे १५ मा हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, दही चिउरा खानेको भीड महतगौंडामा […]
१५ असार संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ का २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । रानाले घरभित्र लुकाइ ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई […]
१५ असार, काठमाडौं । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा सहभागी हुन […]
१५ असार,बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ परेका छन् । गैडहवा गाउपालिका–८ का २२ वर्षीय थारु घटनाको दुई हप्तापछि रुपन्देहीकै सूर्यपुरा इलाकाबाट गएराति पक्राउ परेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए । चौधरीमाथि जबरजस्ती करणी कसुरमा मुद्दा […]
१५ असार, तनहुँ । जिल्लाको भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले माछा खाएका मात्रै […]
१५ असार, काठमाडौं । मध्यअसार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३.४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो । बाली विकास तथा कृषि […]
१५ असार, वीरगञ्ज । वीरगञ्जको छपकैयामा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । १० विगाहा क्षेत्रफलमा फैलिएको १२ करोड रुपैयाँमा निर्माण भएको प्लान्ट सञ्चालनमा आएको हो । वीरगञ्जको श्रीपुर, तेजारथटोलदेखि छपकैयासम्मको घरबाट निस्किने प्रदूषित पानीलाई नालामार्फत प्रशोधन केन्द्रमा लगेर सफा गरी सिर्सिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ । प्राविधिकहरूका अनुसार ९ मिटर […]
१५ असार, बाँके । आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । ‘ब्याड त राखेका छौँ,’ जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन्, ‘सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।’ असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका […]
१५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड प्रतिष्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । दुवै देशको एउटै दाउ छ– प्रतिस्पर्धीलाई पराजित गरेर सेमिफाइनल पुग्ने । ६ खेलसम्म अपराजित यात्रालाई कायमै राखेको भारत स्पष्ट जितको खोजीमा हुनेछ । तर इंग्ल्यान्ड भने भारतलाई रोक्न चाहन्छ । अंक […]
१५ असार, काठमाडौं । विश्वकप क्रिकेटको ३७ औं प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६रनले हराएको छ । अष्ट्रेलियाको यो सातौं जित हो । ऊ १४ अंकको साथ तालिकको शीर्ष स्थानमा कायम छ । शनिबार लर्ड्समा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डको टिम ४३.४ ओभरमा १५७ रनमा अलआउट […]
from समाचार – Online Khabar https://ift.tt/2XbGeDj
via IFTTT