समाचार
१३ असार, काठमाडौं । शुक्रबार बिहान हरिलाई (नाम परिवर्तन) अकस्मात छोरी जेनीको फोन आयो । फोनमा जेनीले भनिन्, ‘बुवा मलाई सिरिन्ज आक्रमण गर्ने पक्राउ पर्यो रे नि ।’ सुरुमा त उनले जेनीको कुरा पत्याएनन् । एकछिन अलमलमा परे । जेनीले फेरि सुनाइन्, ‘प्रहरीले हामीलाई बयानका लागि बोला’को छ, अब जान लागेको ।’ उनले राहतको सास फेरे । त्यो खबर […]
१३ असार, सप्तरी । जिल्लाको सप्तकोशी नगरपालिकामा पनि डेङ्गुको सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ कि २६ वर्षीया अनीता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए । उनकी […]
१३ असार, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि […]
१३ असार, डोटी । भाइ बुहारी बलात्कार आरोपमा प्रहरीले एक सैनिक कर्मचारीलाई पक्राउ गरेको छ । सायल गाँउपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टलाई बुहारी बलात्कार आरोपमा प्रहरीले पक्रेको हो । राति छोरालाई पिसाब गराउन बाहिर निस्केकी बुहारीलाई कृष्णले जबरजस्ती करणी गरेको उजुरीपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले […]
१३ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ । ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा […]
१३ असार, काठमाडौं । महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि आतंक मच्चियो । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ । तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले […]
१३ असार, काठमाडौं । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् । काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ […]
१३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ ‘कर्मचारी सेवा शर्त विनियमावली’ लागू गरेको छ । कर्मचारी भर्ना, परिचालन र व्यवस्थापनका आधारहरु तय गर्ने गरी प्राधिकरणले नयाँ विनियावली ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोकसेवा आयोगको प्रत्यक्ष सहभागितामा नै नयाँ विनियमावली ल्याइएको बताए । घिसिङका अनुसार यो विनियमावली आएपछि एक वर्षदेखि रोकिएको प्राकिरणको […]
१३ असार, काठमाडौं । सरकारले कानूनविपरीत राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा केवलकार, रोपवे लगायतका भौतिक संरचना निर्माणको अनुमति दिने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाएर यस्तो संरचना बनाउन दिन लागेको हो । कार्यविधिमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विपरीतका गतिविधि […]
१३ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुँदैछ । दुई टिम जितको खोजीमा हुनेछन् । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलंकाको लागि जित्नै पर्ने हुन्छ । तर पराजित भएमा श्रीलंकाको सेमिफाइनल पुग्ने […]
१३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले चाबहिल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा एक […]
१२ असार, बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा रुपन्देहीका १० जनाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) चार अंक हासिल गरेका छन् । बिहीबार सार्वजनिक नतिजाअनुसार बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट मात्रै सातजनाले जीपीए चार अंक प्राप्त गरेका हुन् । विद्यालयका अपिल चौधरी, क्षितिज डुम्रे, सोदिक्षा कुँवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का […]
१२ असार, काठमाडौं । बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा १७ हजार ५८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । परीक्षा नियन्त्रण कार्यालयकाअनुसार उनीहरू मध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजार ७८८ छन् भने सामुदायिकका जम्मा २ हजार ७९२ जना छन् । जबकी सहभागी संख्या निजीको तुलनामा समुदायिकमा झण्डै तीन गुणा बढी छ […]
१२ असार, काठमाडौं । विसं १९९० को भूकम्पको दुई महिनापछि प्रधानमन्त्री जुद्धसमशेरले कमान्डिङ इन चिफ रुद्र समशेरका खलकलाई सर्वस्वहरण गरेर पाल्पा धपाए । रुद्रका नाति पुरुषोत्तम समशेर राणाका अनुसार रुद्र खलकका सदस्य, सहयोगी, सुरक्षा गारतसमेत गरी दुई सयजना चारबुर्जा दरबार (हालको निर्वाचन आयोग भवन) छाडेर पाल्पा गएका थिए । रुद्र समशेरका चारबुर्जा दरबारमै जन्मिएका एकजना […]
१२ असार, पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आउँदो आर्थिक वर्षमा सबै विद्यालय प्याडयुक्त हुने भएका छन् । गाउँपालिकाले बिहीबार आर्थिक वर्ष ०७५/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै विद्यालयलाई प्याडयुक्त बनाउने घोषणा गरेको हो । किशोरीहरु महिनावारीकै कारण बीचैमा पढाइ छाड्नेलगायतका समस्या उत्पन्न हुन थालेपछि गाउँपालिकाले नै स्यानिटरी प्याड वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष […]
१२ असार, काठमाडौं । चीनले नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्ने भएको छ । यसका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आइसकेका छन् । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले शुक्रबारै दैलेख पुगेर पेट्रोलियम अन्वेषण सुरु गर्न लागेको हो । तीनवटा फरक-फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको […]
१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकलाई जसरी हुन्छ मर्जर (गाभिने) मा जानैपर्ने भन्दै दबाब दिएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले बिहीबार वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाई एक आपसमा गाभिनैपर्ने गरी निर्देशन दिए । गभर्नर नेपालले २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरका लागि साथी खोज्न बैंकलाई निर्देशन […]
१२ असार, काठमाडौं । चुरोटको अन्तशुल्क स्टिकर गुट्खामा टाँसेर उद्योगी र व्यवसायीले राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योग र त्यसका उत्पादन बिक्री गर्ने व्यापारीविरुद्ध ८७ करोड ५५ लाख रुपैयाँ विगो दाविसहित नक्कली स्टिकर टाँसेर राजस्व छलीको आरोपमा मुद्दा दर्ता गरेको छ । राजस्व अनुसन्धान विभागले […]
१२ असार, विराटनगर । नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेटमा मुख्यमन्त्री शेरधन राईले आफ्नो जिल्ला भोजपुरमा ठूला योजना र कार्यक्रम केन्द्रित गरेको आरोप लगाएका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पुर्वाधार विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशभरीको बजेट भोजपुर जिल्लामा […]
१२ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक बर्ष २०७६/७७ को विनियोजन बिधेयक प्रदेश सभाबाट बहुमतले पारित भएको छ । बिहीबार विधेयकमाथिको छलफल पश्चात आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले विधेयक पारितको लागि सभामा पेश गरेका थिए । मंगलबार, बुधबार र बिहीबार गरी तिनदिन विनियोजन बिधेयकमाथि प्रदेश सभामा छलफल भएको थियो । विधेयकमाथि छलफलमा […]
१२ असार, सप्तरी । अपरिचित व्यक्तिको कुटाइबाट ज्यान गुमाएका युवकको परिवार र छिमेकीले बिहीबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । सप्तरीकै तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ बर्षीय कृष्ण बिराजीलाई राजविराज ७ मा अपरिचित व्यक्तिहरुको समूहले कुटपिट गर्दा ज्यान गएको थियो । कुटाइबाट गम्भीर घाइते भएका उनको विराटनगरमा उपचारको क्रममा ज्यान गएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/2FC5yMK
via IFTTT