Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आमाले बिहे गर्न नमान्दा छोरीको अपहरण

११ असार, बुटवल । महिलाले विवाहको प्रस्ताव अस्वीकार गर्दा उनको छोरीलार्ई अपहरण गरेका छन् । अपहरणमा परेकी बालिकाको प्रहरीले बुटवलबाट उद्धार गरेको छ । ९ असारको साँझ ८ बजे तिलोतमा नगरपालिका– १२ की छ वर्षीय बालिकालाई वीरगञ्ज महानगरपालिका २७ का जयराम दासले घरबाटै अपहरण गरेका थिए । निर्माण व्यवसायी दासले बालिकाकी आमालाई बिहे गर्ने प्रस्ताव […]

स्मार्ट लाइसेन्स नयाँमै जीर्ण ! २० हजार रिप्रिन्ट गरिँदै

११ असार, काठमाडौं । मकवानपुरका विपिन ढकालले गत भदौमा सवरीको ट्रायल पास गरे । झण्डै एक वर्षपछि स्मार्ट लाइसेन्स उनको हातमा पर्‍यो । तर, खुशी हुनुको साटो उनी आक्रोशित बनेका छन् । ढकालले पाएको नयाँ लाइसेन्समा बुवा थर र नागरिकता नम्बरको केही भाग मेटिएर अस्पष्ट छ । नयाँमै जीर्ण देखिएको लाइसेन्स प्रयोगमा आएपछि झन् कस्तो […]

चितवनमा विश्वकप क्रिकेटको सट्टेबाज पक्राउ

११ असार, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुकी साढे ८ बजेको समयमा भरतपुर महानगरपालिका ३ बस्ने ३३ वर्षका मुकेशकुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले तीन लाख ४५ हजार नगद, विभिन्न कम्पनीको ५ थान मोवाइल र एक थान ट्याब मोबाइलसहित […]

‘कर्मचारीको कूल संख्यालाई सतप्रतिशत मानेर आरक्षणको व्यवस्था गरौं’

११ असार, काठमाडौं । सांसदहरुले निजामती कर्मचारीहरुको कूल संख्यालाई सतप्रतिशत मानेर आरक्षणको व्यवस्था गर्न प्रस्ताव गरेका छन् । कतिपय सांसदहरुले भने ५० प्रतिशत आरक्षण र ५० प्रतिशत खुलाको व्यवस्था गरेर प्रत्येक क्लष्टरमा महिलालाई आधा आरक्षण दिन माग गरेका छन् । राज्यव्यवस्था समितिको बुधबारको बैठकमा कर्मचारी भर्नाको विषयमा सांसदहरुहरुले दुई थरी धारणा राखेका हुन् । संघीय […]

मध्यरातमा एक्लै सगरमाथाको शिखर चुम्दा

११ असार, काठमाडौं । हिमाल नहुँदो हो त मिङ्मा दोर्ची शेर्पा यतिबेला पहाडका कुनै टाकुरामा कसैको भारी बिसाउँदै हुन्थे । गोरेटाहरुको कुनै मोडमा चिया बेचिरहेका हुन्थे । या खेतमा बाँझो पल्टाइरहेका हुन्थे । हुन त उनले यो सबै गरे । विद्यालय जाने उमेरमा भारी बोकेर अग्ला गौंडाहरु चढे । बटुवालाई बोलाउँदै चिया पनि बेचे । […]

बालुवाटार जग्गा प्रकरण : ८६ जनालाई अख्तियारले बोलायो

११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ८६ जग्गाधनी तथा मोहीलाई बयानका लागि बोलाएको छ । त्यसमा मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालका पत्नी उमाकुमारी र रामकुमारी सुवेदीकी पत्नी माधवी पनि छन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सम्पर्कमा नआएकाहरुको हकमा सार्वजनिक सूचना निकालेर ७ दिनभित्र बयानका लागि आउन […]

विदेश हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ !

११ असार, काठमाडौं । त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् । हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिन्छन् । सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने […]

क्लिन फिड बहस : विज्ञापन मात्रै बन्द गर्ने कि च्यानल पनि ?

११ असार, काठमाडौं । यदाकदा मात्र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोमबार बेलुकी एउटा स्टाटस लेखे, जुन रातारात भाइरल भयो । अहिलेसम्म दुई हजार पाँच सय सेयर र २२ हजारभन्दा बढी लाइक पाएको यो स्टाटसमा आचार्यले विदेशी टेलिभिजनमा ‘क्लिन फिड’(विज्ञापनरहित प्रसारण) लागू गर्ने सरकारको नीतिगत तयारीप्रति दृढ समर्थन जनाएका छन् । […]

थुनुवा मृत्युको विरोधमा रौतहटमा प्रहरीविरुद्ध प्रदर्शन

११ असार, रौतहट । रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका हुन् । मंगलबार चन्द्रपुर सडकखण्डको बालचनपुर नजिक भएको प्रहरी भ्यान दुर्घटनामा थुनुवाहरु चन्द्रपुरका २० वर्षका निर्मल साह र सुनसरी […]

काभ्रेमा प्रहरीको गाडी दुर्घटना

११ असार, काठमाडौं । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ । घटनामा केही प्रहरी घाइते भएका छन् । प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा प्रहरी ट्रक दुर्घटनामा परेको पुष्टि गरे । घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताए । बस्नेतले अनलाइनखबरसँग भने, ‘अहिले […]

३ लाखको गुट्खासहित एक जना पक्राउ

१० असार, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट सुर्तीजन्य पदार्थ तथा गुट्खासहित एक जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका ८ माइस्थान बस्ने गौतम कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गौतम कुमारले घरकोठामा अवैध रुपमा भण्डारण गरी राखेको अन्दाजी ३ लाख मुल्य बराबरको सुर्तीजन्य पदार्थ तथा गुट्खाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई […]

गृह मन्त्रालयको गाडीमा ट्राफिक प्रहरीको लक

११ असार, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले सडकमा पार्किङ गरेरा राखिएको गृह मन्त्रालयको गाडीमा लक लगाएका छन् । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका वेला सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा २ झ ४३८८ नम्बरको गाडी राखिएको थियो […]

वीरगञ्जका नगरप्रमुखमाथि हातपातको प्रयास !

११ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका हुन् । वीरगञ्ज–११ श्रीपुरमा रहेको श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयमा सिसिटिभी र ई–हाजिरीको उद्घाटन गरेर फर्कदा चौरसियाले नगर प्रमुख सरावगीलाई दुर्व्यबहार गरेका थिए । उद्घाटन कार्यक्रम सकिएर […]

सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रोपटक पनि स्थगित

११ असार, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः तेस्रोपटक पनि स्थगित भएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि बुधबारका लागि तय बैठक स्थगित गरिएको हो । यसअघि बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले रातो किताब जलाएका थिए । […]

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

११ असार, पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महिनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो । कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्‍याफ्टिङ) सहज रूपमा […]

कांग्रेस काठमाडौंको कार्यसमितिले ३ वर्षपछि पूर्णता पायो

११ असार, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले तीन वर्षपछि पूर्णता पाएको छ । सभापति सबुझकृष्ण बानियाँको अध्यक्षतामा बुधबार बसेको बैठकले उपसभापति र सचिव र सहसचिव चयन गरेपछि कार्यसमितिले पूर्णता पाएको हो । उपाध्यक्षमा विजय माली, सचिवमा शंखर मल्ल ठकुरी र सहसचिवमा रोमेल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नवनियुक्त पदाधिकारीहरुलाई कांग्रेस नेता प्रकाशमान […]

भुटानमा कसरी नापिन्छ जनताको खुशी ? विश्वमा नेपालको स्थान १००

११ असार, काठमाडौं । नेपाल सरकारले तथ्यांक विभागमार्फत नेपाली जनताको खुशी मापन गर्ने तयारी गरेको छ । ओली सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको सफलतालाई परीक्षण गर्नका लागि तथ्यांक विभागले नेपाली जनता कति खुशी छन् भनेर सर्वे गर्ने तयारी थालेको हो । जनताको खुशीको मापनलाई संविधानमै उल्लेख गरेर औपचारिकरुपमा सर्वे गर्दै आएको देश भुटान […]

चिनियाँ राजदूतको कूटनीतिक जवाफ : ठूलो आयोजनामा हाम्रै कम्पनीले काम गरिरहेको छ

११ असार, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा चिनियाँ कम्पनीको काम गराइप्रति असन्तुष्टि जनाए । उनले चिनियाँ कम्पनीहरुले काममा ढिलाइ गरेको भन्दै समन्वयका लागि आग्रह गरेका थिए । तर, गएराति नै चिनियाँ राजदूतले ऊर्जामन्त्री पुनको प्रश्नको जवाफ कुटनीतिक रुपमा ट्वीटरमार्फत पनि फर्काएकी छन् । ‘नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा […]

गुल्मीका २७२ किसानलाई कृषि उपकरण वितरण

११ असार, गुल्मी । गुल्मीका २ सय ७२ जना किसानहरुलाई करिब ३ करोड रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरिएको छ । व्यवहारमुखी कृषिलाई व्यवसायीक बनाउने उद्देश्यले जिल्लाभर रहेका विभिन्न कृषि समूहलाई २ करोड ९० लाख २० हजार रुपैयाँ बराबरका कृषि उपकरण वितरण गरिएको हो । प्रदेश नम्बर ५ सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ […]

उदयपुरमा गर्मी बढ्यो, त्रियुगाका विद्यालय बन्द

११ असार, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै आज बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि त्रियुगा नगर […]

अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

११ असार, अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु हो । मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका […]



from समाचार – Online Khabar https://ift.tt/2X5CvqO
via IFTTT
Powered by Blogger.