Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘चिकित्सकविनै उपचार प्रयास, मृत्युपछि रेफर !’

१५ असार, विराटनगर । मोरङमा सेफ्टीट्यांकीमा निस्सासिएर अचेत ४ जनाको उचित उपचारको अभावमा ज्यान गएको गुनासो तिनका आफन्त र स्थानीयले गरेका छन् । जिल्लाको डायनियामा निर्माणाधीन शौचालयको सेफ्टीट्यांकीमा निस्सासिएर घाइते ५ मध्ये फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलमको शनिबार ज्यान गएको थियो । घाइते दाउद मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ […]

पोखरामा यसरी मनाइँदै छ रोपाइँ महोत्सव

१५ असार, पोखरा । आज असार १५ अर्थात धान दिवस, पोखरामा रोपाइँ महोत्सवका रुपमा मनाइँदै छ । रोपाइँ महोत्सवमा रमाउन सयौं स्थानीय तथा देशी-विदेशी पर्यटक पोखरामा छन् । यसपटक पनि पोखरा-१७ महतगौंडामा रोपाइँ महोत्सव भइरहेको छ । असारे १५ मा हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, दही चिउरा खानेको भीड महतगौंडामा […]

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

१५ असार, बाँके । आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । ‘ब्याड त राखेका छौँ,’ जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन्, ‘सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।’ असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका […]

भरुवा बन्दुकसहित एक पक्राउ

१५ असार संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ का २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । रानाले घरभित्र लुकाइ ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई […]

रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी दुई हप्तापछि पक्राउ

१५ असार,बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ परेका छन् । गैडहवा गाउपालिका–८ का २२ वर्षीय थारु घटनाको दुई हप्तापछि रुपन्देहीकै सूर्यपुरा इलाकाबाट गएराति पक्राउ परेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए । चौधरीमाथि जबरजस्ती करणी कसुरमा मुद्दा […]

भोज खाँदा तनहुँमा ४१ जना बिरामी

१५ असार, तनहुँ । जिल्लाको भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले माछा खाएका मात्रै […]

देशभर ११ प्रतिशत रोपाइँ, उत्पादन घट्नसक्ने

१५ असार, काठमाडौं । मध्यअसार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३.४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो । बाली विकास तथा कृषि […]

१२ करोड लागतमा तयार वीरगञ्जको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा

१५ असार, वीरगञ्ज । वीरगञ्जको छपकैयामा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । १० विगाहा क्षेत्रफलमा फैलिएको १२ करोड रुपैयाँमा निर्माण भएको प्लान्ट सञ्चालनमा आएको हो । वीरगञ्जको श्रीपुर, तेजारथटोलदेखि छपकैयासम्मको घरबाट निस्किने प्रदूषित पानीलाई नालामार्फत प्रशोधन केन्द्रमा लगेर सफा गरी सिर्सिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ । प्राविधिकहरूका अनुसार ९ मिटर […]

असार १५ : धान दिवस मनाउन मन्त्रीसहितको टोली बर्दियामा

१५ असार, काठमाडौं । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा सहभागी हुन […]

भारतको नजर सेमिफाइनल, इंग्ल्यान्ड रोक्ने दाउमा

१५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड प्रतिष्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । दुवै देशको एउटै दाउ छ– प्रतिस्पर्धीलाई पराजित गरेर सेमिफाइनल पुग्ने । ६ खेलसम्म अपराजित यात्रालाई कायमै राखेको भारत स्पष्ट जितको खोजीमा हुनेछ । तर इंग्ल्यान्ड भने भारतलाई रोक्न चाहन्छ । अंक […]

अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६ रनले हरायो, स्टार्कले लिए ५ विकेट

१५ असार, काठमाडौं । विश्वकप क्रिकेटको ३७ औं प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६रनले हराएको छ । अष्ट्रेलियाको यो सातौं जित हो । ऊ १४ अंकको साथ तालिकको शीर्ष स्थानमा कायम छ । शनिबार लर्ड्समा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डको टिम ४३.४ ओभरमा १५७ रनमा अलआउट […]

अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

१५ असार, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पाकिस्तानले दुई बल बाँकी छँदा भेटायो । पाकिस्तानको जितमा […]

राराको सौन्दर्य र यात्रा वर्णन

१४ असार, काठमाडौं । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ […]

पत्रकार समेत रुन पाएनन्ः सिंह

१४ असार, बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेकपाको दुई तिहाई वहुमतको सरकारले पत्रकारहरुलाई समेत रुनवाट बञ्चिन गर्न लागेको बताएका छन् । चुनावको बेला कम्युनिष्टको सरकार आए रुन पनि पाइँदैन भन्दा पत्रकारहरुले नै हाँसोमा उडाएको तर, अहिले समाचार लेख्दा पनि पत्रकारलाई पक्राउ गरेर सरकारले रुन पनि नदिएको भन्दै नेता सिंहले व्यंग्य […]

दशैंसम्म सरकारको आलोचना समाप्त हुन्छ : प्रधानमन्त्री

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी गरेका छन् । सरकारले राम्रो काम गरे पनि कानून निर्माणमा व्यस्त भएका कारण जनतालाई भन्न नपाएको उनको दाबी छ । नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने र दशैंसम्म सरकारमाथिको आलोचना समाप्त हुने उनले बताए । कामहरुमै व्यस्त रहँदा रहँदै ठिक्क […]

टिप्परको ठक्करबाट मजदुरको मृत्यु

१४ असार, बुटवल । रुपन्देहीको सैनामैनामा टिप्परको ठक्करबाट एक मजदुरको ज्यान गएको छ । सैनामैना नगरपालिका १० कटानीचोकमा दक्षिणबाट उत्तरतर्फ जांदै गरेको ना ८ ख ३४०९ नम्बरको टिप्परले ठक्कर दिंदा नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका मजदुरको ज्यान गएको हो । सडक छेउमा बन्दै गरेको घर निर्माणको काम गर्दै गरेका मजदुरलाई टिप्परले ठक्कर दिँदा गम्भीर […]

सेफ्टी ट्यांकीभित्र निसास्सिएर चार जनाको मृत्यु

१४ असार, बिराटनगर । मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । सुनवषर्ी नगरपालिका ९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । उनीहरु मध्ये फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलमको मृत्यु भएको छ । दाउल मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको […]

‘पदाधिकारी नपाएपछि करिश्माले पार्टी छाडेकी हुन्’

१४ असार, काठमाडौं । समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले पदाधिकारी नपाउँदा अभिनेत्री करिश्मा मानन्धरले पार्टी छाडेको दाबी गरेका छन् । नयाँ शक्तिले संघीय समाजवादी पार्टीसँग एकता गरेपछि मानन्धरले पार्टी छाडेकी थिइन् । मानन्धरले हालै मात्र भट्टराईले आफूलाई चुनाव प्रचारमा मात्र प्रयोग गरेको र राजनीतिक व्यवस्थापन क्षमता नभएको टिप्पणी गरेकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसको […]

सिसडोलमा स्थानीयको अवरोध, काठमाडौंमा फोहोर उठेन

१४ असार, काठमाडौं । नुवाकोटको सिसडोलबासीले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । सिसडोलको ल्यान्डफिल्डसाइट प्रवाधित क्षेत्रका स्थानीयबासी चार दिनदेखि आन्दोलनमा छन् । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्ने लगायतका माग राखेका छन् । यसले काठमाडौंका सडक किनारामा थुपि्रएका फोहोर व्यवस्थापनमा कठिनाई भएको छ । शनिबार […]

तत्काल सुरु नहुने भयो काठमाडौंमा रात्रि बस सेवा

१४ असार, काठमाडौं । काठमाडौंमा तत्कालै ‘रात्री बस सेवा’ सञ्चालनमा नआउने भएको छ । व्यवसायीको विरोधका कारण तत्कालै यात्रु बस सेवा सञ्चालन गर्न नसकिने अवस्था आएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले गत असार १ गतेदेखि रात्री बस सेवा सुरु गर्न सबै तयारी सकाएको थियो । तयसअनुसार रुट र भाडादर समेत तोकिएको थियो । […]

मदन भण्डारीका हत्यारा पत्ता लगाउन केले दिँदैन ? हामी नै सरकारमा छौं : प्रचण्ड

१४ असार, काठमाडौं । मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ अहिले नेकपाभित्र बहसको ‘हटकेक’ बनिरहेको छ । यही सन्दर्भमा शनिबार मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्‍यो, जहाँ प्रधानमन्त्री केपी ओलीका साथै अर्का अध्यक्ष प्रचण्डलाई समेत निम्त्याइयो । कार्यक्रममा प्रधानमन्त्रीभन्दा अगाडि बोलेका अध्यक्ष प्रचण्डले गम्भीर सवाल […]



from समाचार – Online Khabar https://ift.tt/2YmloCH
via IFTTT
Powered by Blogger.