समाचार
१३ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मानवअधिकार आयोग ऐनको संशोधन विधेयक संविधानअनुसार नै ल्याएको दाबी गरेका छन् । संसदको कानून, न्याय तथा मानवअधिकार समितिको कार्यक्रममा मन्त्री ढकालले संविधानको धारा १५८ (२) ले सरकार वादी भएर चल्ने सबै मुद्दाको अधिकार माहान्यायाधिवक्तालाई दिएको बताए । उनले भने, ‘अहिले मानवअधिकारको विषय आयो, महान्यायाधिवक्ताले […]
१३ असार, काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको सदस्यता छानविन गर्न जिल्लास्तरमा छानविन समिति गठन गरेको छ । शुक्रबार पार्टी उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको समायोजन समितिको बैठकले तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले २८ चैत ०७५ मा बुझाएको २५ हजार ४ सय ६८ जना क्रियाशील […]
१३ असार, काठमाडौं । महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परे । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ । आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तथ तनावमा थिए । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ, उनले […]
१३ असार, बुटवल । प्रदेश ५ मा करिब १६ सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । प्रदेशको स्वीकृत कर्मचारी दरबन्दी ३ हजार ९६ मध्ये हाल १५ सय कर्मचारीमात्रै कार्यरत रहेका छन् । बाँकी १५ सय ९६ कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमा कर्मचारी नियक्तिका लागि शुक्रबार प्रदेश मन्त्रिपरिषदले संगठन संरचना र दरबन्दी व्यवस्थापनसम्बन्धी कार्यविधि […]
१२ जेठ, काठमाडौं । गत बुधबार सिंहदरबार बाहिर ‘नो पार्किङ’ मा राखिएको गृह मन्त्रालयका उपसचिव कृष्ण शर्मा चढ्ने गाडीमा एक ट्राफिक प्रहरी जवानले ह्विल लक लगाइदिए । केहीबेरको पौठोजोरीपछि मात्रै जवानले पांग्रामा ‘लक’ लगाउन सकेको घटनाले सामाजिक सञ्जालमा चर्चा बटुल्यो । यद्यपि, ट्राफिक प्रहरीका लागि यो नौलो घटना थिएन । विशिष्ट (भीआईपी) तथा अतिविशिष्ट (भीभीआईपी) […]
१३ असार, पोखरा । पोखरा महानगरपालिका मुलद्वारमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको तालाबन्दी शुक्रबार खुलेको छ । वडागत रुपमा अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति भएपछि ताला खोलिएको हो । बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि […]
१३ असार, काठमाडौं । काठमाडौंको नक्सालमा हालै सञ्चालनमा आएको काठमाडौं मेरियट होटलले पाँचतारे प्रमाणपत्र प्राप्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले २ असारमा पाँचतारे मान्यता प्रदान गरेको हो । यससँगै अब देशमा पाँचतारे होटलको संख्या १४ पुगेको छ । अन्तर्राष्ट्रिय होटल चेन ब्राण्ड मेरियटको नेपालमा दोस्रो होटल हो काठमाडौं मेरियट […]
१३ असार, काठमाडौं । शुक्रबार बिहान परेको मुसलधारे पानीले जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करिब डेढ घण्टासम्म परेको मुसलधारे पानीले महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा […]
१३ असार, कावासोती । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५, चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो । उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान […]
१३ असार, काठमाडौं । शुक्रबार बिहान हरिलाई (नाम परिवर्तन) अकस्मात छोरी जेनीको फोन आयो । फोनमा जेनीले भनिन्, ‘बुवा मलाई सिरिन्ज आक्रमण गर्ने पक्राउ पर्यो रे नि ।’ सुरुमा त उनले जेनीको कुरा पत्याएनन् । एकछिन अलमलमा परे । जेनीले फेरि सुनाइन्, ‘प्रहरीले हामीलाई बयानका लागि बोला’को छ, अब जान लागेको ।’ उनले राहतको सास फेरे । त्यो खबर […]
१३ असार, सप्तरी । जिल्लाको सप्तकोशी नगरपालिकामा पनि डेङ्गुको सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ कि २६ वर्षीया अनीता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए । उनकी […]
१३ असार, काठमाडौं । महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि आतंक मच्चियो । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ । तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले […]
१३ असार, काठमाडौं । ललितपुरको बागमती–२, माल्टाका ११ वर्षीय समिर लुङ्वाको शवमुनि ढुंगाले थिचेर राखिएको कागजमा लेखिएको थियो–‘आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजूले हेला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछु […]
१३ असार, काठमाडौं । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् । काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ […]
१३ असार, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि […]
१३ असार, डोटी । भाइ बुहारी बलात्कार आरोपमा प्रहरीले एक सैनिक कर्मचारीलाई पक्राउ गरेको छ । सायल गाँउपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टलाई बुहारी बलात्कार आरोपमा प्रहरीले पक्रेको हो । राति छोरालाई पिसाब गराउन बाहिर निस्केकी बुहारीलाई कृष्णले जबरजस्ती करणी गरेको उजुरीपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले […]
१३ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ । ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा […]
१३ असार, काठमाडौं । सरकारले कानूनविपरीत राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा केवलकार, रोपवे लगायतका भौतिक संरचना निर्माणको अनुमति दिने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाएर यस्तो संरचना बनाउन दिन लागेको हो । कार्यविधिमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विपरीतका गतिविधि […]
१३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ ‘कर्मचारी सेवा शर्त विनियमावली’ लागू गरेको छ । कर्मचारी भर्ना, परिचालन र व्यवस्थापनका आधारहरु तय गर्ने गरी प्राधिकरणले नयाँ विनियावली ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोकसेवा आयोगको प्रत्यक्ष सहभागितामा नै नयाँ विनियमावली ल्याइएको बताए । घिसिङका अनुसार यो विनियमावली आएपछि एक वर्षदेखि रोकिएको प्राकिरणको […]
१३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले चाबहिल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा एक […]
१२ असार, बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा रुपन्देहीका १० जनाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) चार अंक हासिल गरेका छन् । बिहीबार सार्वजनिक नतिजाअनुसार बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट मात्रै सातजनाले जीपीए चार अंक प्राप्त गरेका हुन् । विद्यालयका अपिल चौधरी, क्षितिज डुम्रे, सोदिक्षा कुँवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का […]
from समाचार – Online Khabar https://ift.tt/2IUXMQc
via IFTTT