Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दीगो विकास लक्ष्यको लेखा परीक्षण गरिने

१५ असार, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले अब दीगो विकास लक्ष्यका १७ सूचकांकको लेखा परीक्षण गर्ने भएको छ । महालेखा परीक्षक टंकमणि शर्माले उक्त जानकारी गराएका हुन् । महालेखा परीक्षकको कार्यालयको ६० औं वाषिर्कोत्सवको अवसर पारी आइतबार राजधानीमा आयोजित कार्यक्रममा शर्माले उक्त जानकारी दिएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले कुनै पनि […]

किसानले पाउने अण्डाको मूल्य बढ्यो

१५ असार, काठमाडौं । बजारमा मौज्दात घटेको भन्दै व्यवसायीले कृषकले प्राप्त गर्ने अण्डाको मूल्य बढाएका छन् । ने पाल अण्डा उत्पादक संघले शनिबारदेखि लागू हुने गरी किसानले प्राप्त गर्ने ठूलो र मध्यम खालको अण्डाको मूल्यमा प्रतिक्रेट ५५ रुपैयाँ वृद्धि गरेको हो । यसअघि मध्यम अण्डाबाट कृषकले प्रति क्रेट ११५ र ठूलो अण्डाबाट २०० रुपैयाँ पाउँदै […]

धादिङको बेनिघाटमा गाडी ठोक्किदा २ जनाको मृत्यु, ३२ घाइते

१५ असार, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको […]

विजयासँग डिभोर्स भएको छैन, सुष्मितालाई मिस गर्छु : भुवन केसी

१५ असार, काठमाडौं । भुवन केसी नेपाली चलचित्र क्षेत्रका एक ‘पावर हाउस’ मानिन्छन् । पहिले नायकका रुपमा र पछि निर्माताको रुपमा उनले चलचित्र क्षेत्रमा राम्रै दबदवा बनाए । अहिले भुवनका छोरा अनमोल केसी नम्बर १ नायकका रुपमा स्थापित छन् । कुनै समय भुवन केसी विवाद र स्क्यान्डलका पर्यायजस्तै थिए । तर, अहिले उनी निकै बदलिएका […]

फिल्म फ्लप भएर के भो ? कतारमा गुन्द्रुक बिक्न थाल्यो !

१५ असार, काठमाडौं । कल्याण घिमिरेले नेपाली सिनेमा क्षेत्रमा दुई दशकभन्दा बढी गुजारे । केही फिल्ममा ‘हिरो’ पनि भए । उनले बनाएको पछिल्लो फिल्म हो, महसुस । करिब ८४ लाख बजेटमा बनाएको फिल्म फ्लप भयो । बलिउड फिल्म ‘चेन्नई एक्सप्रेस’सँग जुध्नु र वितरक तथा हलवालाको असहयोगी भूमिका कारण आफ्नो फिल्म फ्लप भएको उनको निष्कर्ष छ […]

प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ !

१५ असार, झापा । आज असार १५ धान दिवस । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । […]

अमेरिका-चीन ब्यापार युद्ध रोकियो, हुवावेको प्रतिबन्ध हट्यो

१५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ । यसले विश्वका दुई शक्तिशाली देशबीच जारी ब्यापार युद्ध तत्कालका लागि कम भएको मानिएको छ । जी-२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाका पुगेका ट्रम्प र शी जिनपिङबीच शनिबार भेटवार्ता भएको थियो । […]

नेपाली टोलीको घोषणा, अविनाश र पवन अटाए

१५ असार, काठमाडौं । टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र […]

प्रधानमन्त्री भन्छन्- मैले गरेका राम्रा कामको चर्चा नगरे पनि हुन्छ

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् । तर, उनले आफूले गरेको राम्रा कामको चर्चा नगरिदिए पनि हुने बताए । श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा […]

कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी

१५ असार, बुटवल । कपिलवस्तुको तौलिहवास्थित मालपोत कार्यालयमा आलगागी भएको छ । कपिलवस्तु नगरपालिका वडानम्बर १ तौलिहवास्थित जिल्ला मालपोत कार्यालयको माथिल्लो तल्लामा आगलागी भएको हो । कार्यालय प्रमुखको कार्यकक्षमा विद्युत सर्ट भइ भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचरहरु जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको […]

दलित महिला जनप्रतिनिधिको अनुभव : गाउँ बदलिँदै छ, विभेद हट्दै छ

१५ असार, पोखरा । सनिसरा बिकलाई ठ्याक्कै याद छैन, एउटै गोरेटोमा कति जना तर्किएर हिँडे । सँगै वन गएकी सखाले होच्याएर ‘कमिनी’ भन्दा कतिपटक मन दुख्यो । एउटै मुलको पानी खाने छिमेकी कतिपटक भाँडा छोइन्छ कि भनेर पन्छिए । मेलापातमा सबैलाई थालमा खाजा दिँदा उनलाई टपरीमा किन दिइन्थ्यो ? सनिसराले उत्तर मागिनन् । उपल्लो भनिएका […]

सप्तरीकाे औद्योगिक क्षेत्र डुबानको खतरामा

१५ असार, सप्तरी । पानीको बहाव नै थुन्ने गरी प्रदेश २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संरचना निर्माण गर्न थालेपछि सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र वर्षायाममा […]

‘धर्तीमाता’लाई ७ दिन थुनामा राख्न अनुमति

१५ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ । शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ । […]

प्रदेश १ मा सवारी दुर्घटनाले अपांगताको दर बढ्यो

१५ असार, विराटनगर । प्रदेश १ का १४ जिल्लामा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । तीव्र गतिका कारण हुने अधिकांश दुर्घटनाले अपांगता दर पनि बढाएको छ । प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा आर्थिक वर्ष २०७३/७४ यता ४ हजार ६ सय ४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ हजार २६ जना घाइते भएका […]

‘चिकित्सकविनै उपचार प्रयास, मृत्युपछि रेफर !’

१५ असार, विराटनगर । मोरङमा सेप्टिक ट्याङ्कमा निस्सासिएर अचेत ४ जनाको उचित उपचारको अभावमा ज्यान गएको गुनासो तिनका आफन्त र स्थानीयले गरेका छन् । जिल्लाको डायनियामा निर्माणाधीन सेप्टिक ट्याङ्कमा निस्सासिएर घाइते ५ मध्ये फिराेज आलम, सहनवाद, कफिल आलम र मोहम्मद आलमको शनिबार ज्यान गएको थियो । घाइते दाउद मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको […]

पोखरामा यसरी मनाइँदै छ रोपाइँ महोत्सव

१५ असार, पोखरा । आज असार १५ अर्थात धान दिवस, पोखरामा रोपाइँ महोत्सवका रुपमा मनाइँदै छ । रोपाइँ महोत्सवमा रमाउन सयौं स्थानीय तथा देशी-विदेशी पर्यटक पोखरामा छन् । यसपटक पनि पोखरा-१७ महतगौंडामा रोपाइँ महोत्सव भइरहेको छ । असारे १५ मा हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, दही चिउरा खानेको भीड महतगौंडामा […]

भरुवा बन्दुकसहित एक पक्राउ

१५ असार संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ का २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । रानाले घरभित्र लुकाइ ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई […]

असार १५ : धान दिवस मनाउन मन्त्रीसहितको टोली बर्दियामा

१५ असार, काठमाडौं । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा सहभागी हुन […]

रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी दुई हप्तापछि पक्राउ

१५ असार,बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ परेका छन् । गैडहवा गाउपालिका–८ का २२ वर्षीय थारु घटनाको दुई हप्तापछि रुपन्देहीकै सूर्यपुरा इलाकाबाट गएराति पक्राउ परेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए । चौधरीमाथि जबरजस्ती करणी कसुरमा मुद्दा […]

भोज खाँदा तनहुँमा ४१ जना बिरामी

१५ असार, तनहुँ । जिल्लाको भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले माछा खाएका मात्रै […]

देशभर ११ प्रतिशत रोपाइँ, उत्पादन घट्नसक्ने

१५ असार, काठमाडौं । मध्यअसार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३.४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो । बाली विकास तथा कृषि […]



from समाचार – Online Khabar https://ift.tt/2Xbx7CD
via IFTTT
Powered by Blogger.