समाचार
१२ असार, काठमाडौं । बिहीबार बिहान २ः३० बजे सडकमाथिबाट खसेको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारबाट महेशदोभान बजारसम्मको एक किलोमिटर सडक लेदोले पुरिएपछि सडक अवरुद्ध भएको हो । लेदो खसेपछि गएरातिदेखि नै सवारी आवागमन प्रभावित भएको छ । प्रहरीका अनुसार दुवैतर्फ सवारीको लामो लाम लागेको छ । कतिपय सवारी […]
१२ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले किसानलाई ढुवानी र उत्पादनका आधारमा अनुदान दिने भएको छ । कृषि फार्मका नाममा बजेट अनुदान दिँदा राज्यको ठूलो लगानी बालुवाको पानी बनेको गुनासो आइरहेका बेला रुपाले यस्तो नीति ल्याएको हो । किसानले उत्पादन गरेको कृषि उपज र त्यसको ढुवानीमा लागेको खर्चअनुसार अनुदान दिन गाउँपालिकाले १० लाख बजेट बिनियोजन […]
टोरोन्टो । नेपाली मुलका डा. तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जित्न सफल भएका छन् । नेपाली समुदायबाट यस अवार्ड हात पार्ने धरेल पहिलो व्यक्ति पनि हुन् । क्यानडामा रहेका विभिन्न देशका २५ जनालाई उत्कृष्ट आप्रवासी अवार्ड दिने गरिन्छ । रोयल बैंक अफ क्यानडाको मुख्य प्रायोजनमा क्यानडियन इमिग्रेन्ट म्यागेजिनले पेशा, सामाजिक कार्य लगायत विभिन्न […]
१२ असार, काठमाडौं । पाकिस्तानको अर्थव्यवस्था हरेक दिन संकटमा फस्दै गएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको रुपैयाँ बुधबार इन्टर बैंकिङ ट्रेडमा १६४ सम्म पुगेको छ । दोस्रो तर्फ खुला बजारमा पनि पाकिस्तानी रुपैयाँ १६० भन्दा बढी पुगेको छ । बुधबार पाकिस्तानी रुपैयाँ एक डलरको तुलनामा ७.२ रुपैयाँले कमजोर भयो । पाकिस्तानको अर्थव्यवस्था पहिलेदेखि नै […]
१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन् । भारत र वेष्ट इन्डिजबीचको खेल नेपाली समयानुसार ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुदैछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा छ । किनभने आज वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ । यता, भारत भने […]
१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जारी विश्वकपमा न्यूजिल्याण्डको यो पहिलो हार हो । यो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना बढेको छ । २३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले खराब सुरुवात गरेको थियो । उसका दुई विकेट छिट्टै गुमे । यद्यपि बाबर आजमले वर्ल्ड कपमा आफ्नो पहिलो शतक […]
१२ असार, काठमाडौं । एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ । एसईईको नतिजा अनलाइनखबर डटकममा हेर्न सकिन्छ । […]
११ असार, काठमाडौं । काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ । काठमाडौं उपत्यकामा पशुपतिनाथ […]
काठमाडौं । चारबुँदे सहमतिसँगै गायक शम्भु राई र प्रकाश सपुतको विवाद टुंगिएको छ । सपुतको चर्चित गीत बलबन्दीको भाका आफूले धेरे पहिले गएको देउसी गीतको एउटा अंशसँग मिलेको दाबी गरेपछि विवाद सुरु भएको थियो । पछिल्लो समय केहीले यसलाई जातीय रंग दिन पनि खोजे । विवाद अर्कैतिर मोडिन थालेपछि मिलनबिन्दु खोजेको भन्दै राईले भने, ‘यहाँ […]
११ असार, काठमाडौं । सेयर लगानीकर्ताहरुले अब ब्रोकर कार्यालयहरुबाटै कर्जा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेगरी स्वीकृति दिएको हो । अन्य ५ वटा ब्रोकर कम्पनीहरुलाई पनि राष्ट्र बैंकले केहि दिनमै स्वीकृति दिने जनाएको छ । ६ वटा कम्पनीले भने राष्ट्र बैंकबाट बुधबार स्वीकृति […]
११ असार, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा द्वन्द्वपीडितहरुले न्याय पाउनेमा शंका व्यक्त गरेका छन् । बुधबार राष्ट्रिय मानवअधिकार आयोगले राजधानीमा गरेको कार्यक्रममा सहभागी द्वन्द्वपीडित र सरोकारवालाहरुले दुबै आयोगलाई काम गर्न सक्ने वातावरण बनाउन माग गरे । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले द्वन्द्वपीडितहरुको […]
११ असार, पोखरा । पोखरा महानगरपालिकाको वार्षिक बजेट विवरण (रेडबुक) कांग्रेस निकट वडाध्यक्षहरुले च्यातेका छन् । बुधबार नगरसभाको चौथो दिन आएको रेडबुकमा उनीहरुले असहमति जनाउँदै च्यातेका हुन् । रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको पोखरा ९ वडाध्यक्ष रामराज लामिछानेले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका […]
११ असार, वीरगञ्ज । जनप्रतिनिधि र कर्मचारीलाई भत्ता दिने निर्णय गर्दै वीरगञ्ज महानगरपालिकाको पाँचौ नगर सभा सकिएको छ । नगरसभाले जनप्रतिनिधिलाई प्रतिबैठक १ हजार ५ सय बैठक भत्ता, कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी मेयर विजय सरावगीले भने, ‘नगरसभा तथा कार्यपालिका बैठक विशेष काम भएको र […]
११ असार, जनकपुरधाम । अढाई बर्षअघि आफ्नै पत्नीको हत्या गरी फरार रहेका धनुषाका एक व्यक्तिलाई प्रहरीले भारतीय सिमानाबाट बुधबार पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका १ बस्ने २५ बर्षीय रामसुन्दर यादवलाई प्रहरीले जनकनन्दनी गाउँपालिका १ स्थित नेपाल–भारतको सिमानाबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । रामसुन्दरले २२ बर्षीय आफ्नै पत्नी […]
११ असार, काठमाडौं । त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् । हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिन्छन् । सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने […]
११ असार, विराटनगर । मोरङमा बुधबार अपरान्ह चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । रंगेली नगरपालिका ९ का १४ का अभत ऋिषिदेव र वर्ष १६ का अनिल ऋिषिदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार दिउँसो ३ बजेतिर पानीसँगै परेको चट्याङ लागेर उनीहरुको स्थानीय दोहमना बजारमा मृत्यु […]
११ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई न्यूनतम दुई रुख रोप्न निर्देशन दिएको छ । सरकारले असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाउँदैछ र देशभर वृक्षारोपण कार्यक्रम हुँदैछ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्ला कमिटीलाई पत्र पठाएर वृक्षारोपणमा सहभागी हुन निर्देशन दिएको […]
११ असार, डडेल्धुरा । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार ११ गते राति १२ बजेदेखि असार १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लसिङ’, सरसफाइ गर्दा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो […]
११ असार, काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई नै मुख्य कारण ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथीभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर […]
११ असार, काठमाडौं । असारे झरीमा धमाधम सडक पिच गर्ने क्रम अघिल्ला वर्षहरुमा जस्तो व्यापक यसपाली देखिएको छैन । तर, यो नसोच्नुस कि सरकार सुध्रिएर असारमा सडक पिच नगर्ने नीति लिएको हो । यसपाली पनि वर्षे झरीबीचमै सडक कालोपत्रे गर्ने तयारीमा थिए निर्माण व्यवसायी र विकासे अड्डाका हाकिम । तर, बिटुमिन अर्थात् अलकत्रा आयातमा गरिएको […]
११ असार, काठमाडौं । मकवानपुरका विपिन ढकालले गत भदौमा सवरीको ट्रायल पास गरे । झण्डै एक वर्षपछि स्मार्ट लाइसेन्स उनको हातमा पर्यो । तर, खुशी हुनुको साटो उनी आक्रोशित बनेका छन् । ढकालले पाएको नयाँ लाइसेन्समा बुवा थर र नागरिकता नम्बरको केही भाग मेटिएर अस्पष्ट छ । नयाँमै जीर्ण देखिएको लाइसेन्स प्रयोगमा आएपछि झन् कस्तो […]
from समाचार – Online Khabar https://ift.tt/2ZO3XLr
via IFTTT