Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मार्जिन ट्रेडिङले सेयर लगानीकर्ता उत्साहित, बजारमा के पर्ला असर ?

१२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहीबार ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ सम्बन्धी कारोबार गर्न अनुमति दिएको छ । नेप्सेले एक कार्यक्रम गरेर ती कम्पनीहरुलाई अनुमति पत्र वितरण गर्‍यो । क्रिस्टल कंचनजंघा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सेक्योर्ड सेक्यूरिटिज, श्री कृष्ण सेक्यूरिटिज, प्राईमो सेक्यूरिटिज र नेपाल स्टक हाउसले मार्जिन ट्रेडिङका लागि नेप्सेबाट अनुमति पाएका छन् […]

भारतबाट आउने तरकारी र फलफूल कुहिएपछि बजारमा !

१२ असार, बुटवल । काठमाडौंको कालिमाटीमा पुगेर विषादी परीक्षण गर्नुपर्दा हुने ढिलाइले भारतबाट आयात हुने तरकारी र फलफूल कुहिएपछि मात्रै नेपालका थोक बजारसम्म पुग्ने गरेको छ । सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून अघिल्लो हप्ताबाट लागू गरेको छ । तर, सबै भन्सार नाकाहरुमा प्रयोगशाला नहुँदा देशभरका नाकाबाट आयात हुने तरकारी […]

‘धर्ती माता’ लाई प्रहरीले बोलायो, उजुरी दिन पीडितलाई आग्रह

१२ असार, काठमाडौं । नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि आफूलाई धर्ती माता बताउने महिलाले युवतीलाई यातना दिएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । सामाजिक सञ्जालमा महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानविन सुरु गरेको हो । अनुसन्धान अधिकृतका अनुसार त्यसरी कुटपिट गर्ने महिला बुटवलकी विष्णु […]

मुख्यमन्त्री पोखरेल र जापानी राजदूतबीच भेटवार्ता

१२ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए । राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको […]

संसदीय समितिमा बहस : प्रदेश र जिल्ला प्रहरी प्रमुख संघको कि प्रदेशको ?

१२ असार, काठमाडौं । प्रहरी कर्मचारीको समायोजन सम्बन्धी विधेयकमा प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख संघकै रहने ब्यवस्था गरिएकोमा सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विधेयेकमाथि दफावार छलफल भएको थियो । ‘प्रदेश प्रहरी संघको रहने भन्ने प्रावधान संघीयताविरुद्ध छ । यसलाई संशोधन गर्नुपर्छ’ बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद […]

‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा छ । नयाँ मौद्रिक नीतिले के-कस्ता नयाँ विषय सम्वोधन गर्ला भन्ने विषय यतिबेला मुख्य चासो बनेको छ । ठूला बैंकहरुको मर्जर (बिग मर्जर) विषय पनि उत्तिकै चर्चामा छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुको संख्या घटाएर गुणस्तर बढाउने योजना […]

गाउँपालिकाको नयाँ कार्यक्रम : गरीवसंग अध्यक्ष, महिलासंग उपाध्यक्ष

१२ असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा दुईवटा नयाँ कार्यक्रम घोषणा गरेको छ । ती हुन् ‘गरीबसँग अध्यक्ष’ र ‘महिलासंग उपाध्यक्ष’ कार्यक्रम । मंगलबार गाउँसभामा पेश गरिएको आगामी आर्थिक बर्षको कार्यक्रम तथा वजेटमा यी दुई नयाँ कार्यक्रमहरु समावेश गरिएको छ । गाउँपालिकाभित्रका बिपन्न परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउनका लागि ‘गरीबसंग […]

निर्माण व्यवसायीको गुनासो–अलकत्रा नै पाइदैन कसरी काम गर्ने ?

१२ असार, बुटवल । असारे विकास सक्ने चटारो बढिरहेका बेला निर्माण व्यवसायीहरुले अलकत्रा अभाव भएको बताएका छन् । भारत र तेश्रो मुलुकबाट नेपाल आयात हुने अलकत्रा र मट्टीतेलको अभाब हुँदा काम गर्न समस्या भएको निर्माण व्यवसायीहरुको गुनासो छ । भारतबाट नेपाल आयात हुने अलकत्रको आयात दर ९९ प्रतिशत (गाडी संख्याको आधारमा) कम भएपछि रुपन्देही क्षेत्रमा […]

दैलेखमा पेट्रोलियम अन्वेषण शुक्रबारबाट, आइपुग्यो चिनियाँ टोली

१२ असार, काठमाडौं । चीनले नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्ने भएको छ । यसका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आइसकेका छन् । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले शुक्रबारै दैलेख पुगेर पेट्रोलियम अन्वेषण सुरु गर्न लागेको हो । तीनवटा फरक-फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको […]

बोइङ बेच्न निगमले निकाल्यो टेन्डर, न्यूनतम मूल्य ८५ करोड

१२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले बोइङ ७५७ जहाज बिक्रि गर्न टेन्डर आहृवान गरेको छ । न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्रि मूल्य तोकेर टेन्डर आह्वान गरिएको हो । निगमले बुधबारदेखि लागु हुने गरी प्रकाशित टेण्डरको समयावधि ४५ दिन राखिएको […]

संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन पाउनुपर्छ : महानिरीक्षक खनाल

१२ असार, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था […]

प्रदेश २ का मन्त्रीप्रति राजपा नेतृत्व असन्तुष्ट

१२ असार, जनकपुरधाम । प्रदेश २ सरकारका सहभागी पार्टीका मन्त्रीहरुको कामकारबाहीप्रति राष्ट्रिय जनता पार्टी (राजपा) को नेतृत्व असन्तुष्ट देखिएको छ । नेताहरुका अनुसार मन्त्री हेरफेरबारे समेत आगामी बैठकमा छलफल हुनसक्छ । प्रदेश २ सरकारमा राजपाका तीन मन्त्री र तीन राज्यमन्त्री छन् । उनीहरुको कामकारबाही प्रभावकारी नभएको, धेरै बजेट आफ्नो क्षेत्रमा लगेको र आफू निकट कार्यकर्तालाई […]

बुबा जेल परेपछि फेरिएको जीवन

जुडो नखेलेको भए अहिले म के गर्दै हुन्थेँ होला ? केही न केही त गर्थें होला, तर अहिलेको जस्तो सम्मान र सन्तुष्टि भने पाउने थिइनँ जस्तो लाग्छ । फर्केर हेर्दा अचम्म पर्छु, कहाँबाट कहाँ पुगेँ । यो पढिसक्दा तपाईहरु पनि त्यस्तै अचम्ममा पर्नुहुनेछ । कति नसोचेका सफलताहरु पाएँ । कति नगरेका कामहरु गरेँ । मेहनत […]

अज्ञात समूहको कुटपिटबाट सप्तरीमा युवकको मृत्यु

१२ असार, सप्तरी । अज्ञात समूहको कुटपिटबाट सप्तरीमा एक युवकको ज्यान गएको छ । तिरहुत गाउँपालिका–३ स्थित पिप्राही निवासी उपेन्द्र यादवका २५ वर्षीय छोरा कृष्ण विराजी (यादव) को कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार राति राजविराज नगरपालिका– ७ मा अपरिचित व्यक्तिको समूहले कुटपिट गरी घाइते बनाएर छाडेका थिए । स्थानीयको खबरपछि तत्कालै […]

माग नै नगरिएको पदमा कर्मचारी भर्नाको विज्ञापन

१२ असार, काठमाडौं । देशभरका स्थानीय तहका लागि लोक सेवा आयोगले ९ हजार १६१ पदमा विज्ञापन आह्वान गर्‍यो । यो विज्ञापनमा संखुवासभाको चैनपुर नगरपालिकाका २७ जना कर्मचारी माग गरिएको छ । दरखास्त दिने म्याद सकिनै लाग्दा चैनपुर नगरपालिका आफैंले विज्ञापन रद्ध गरिदिन आग्रह गर्दै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । […]

कांग्रेसनिकट जनप्रतिनिधिले लगाए पोखरा महानगरको गेटमा ताला !

१२ असार, पोखरा । पोखरा महानगरपालिकाको गेटमा कांग्रेसनिकट जनप्रतिनिधिले बिहीबार ताला लगाएका छन् । महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरुले महानगरको मूलद्वारमा ताला लगाएका हुन् । नगरसभाको चौथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित […]

विदेशिने युवाको सीप प्रमाणीकरण पछि धकेलिने

१२ जेठ, काठमाडौं । सरकारले असार १५ गतेदेखि गर्ने भनेको वैदेशिक रोजगारीमा जानेको अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था केही पछि धकेलिने भएको छ । विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्ने सरकारले बनाएको थियो । तर, असार १५ बाट गर्ने भनिए पनि तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने […]

दुई दिनदेखि डोल्पाको टेलिफोन सेवा अवरुद्ध

१२ असार, डोल्पा । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । टेलिफोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । सदरमकाम दुनैबाट टाढाको दूरीमा रहेकाले मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । यद्यपि, मर्मतका […]

भारतको धौलीगङ्गा बाँध खोलियो

१२ असार, बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गएरातिदेखि खोलिएको छ । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गएराति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् । महाकालीको तटीय […]

चितवनमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१२ असार, चितवन । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८, भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो । दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नम्बरको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र […]

खानीको लेदोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

१२ असार, काठमाडौं । सडकमाथिबाट खसेको लेदोले बिहीबार बिहान २ः३० बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । लेदोले पुरिएको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारदेखि महेशदोभान बजारसम्मको एक किलोमिटर सडकको अवरोध एकतर्फी पन्छाएर  सवारी सञ्चालनमा ल्याइएको हो । सडकलाई पूर्ववत सञ्चालनमा ल्याउन अहिले गाउँपालिका र बालुवाखानी व्यवसायीको डोजर प्रयोग गरेर काम भइरहेको प्रहरीले […]



from समाचार – Online Khabar https://ift.tt/2NgL7eN
via IFTTT
Powered by Blogger.