Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भद्रकालीमा युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

१३ असार, काठमाडौं । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् । काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ […]

विद्युत् प्राधिकरणले बनायो कसिलो विनियमावली, नयाँ कर्मचारीको भर्ना खुल्दै

१३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ ‘कर्मचारी सेवा शर्त विनियमावली’ लागू गरेको छ । कर्मचारी भर्ना, परिचालन र व्यवस्थापनका आधारहरु तय गर्ने गरी प्राधिकरणले नयाँ विनियावली ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोकसेवा आयोगको प्रत्यक्ष सहभागितामा नै नयाँ विनियमावली ल्याइएको बताए । घिसिङका अनुसार यो विनियमावली आएपछि एक वर्षदेखि रोकिएको प्राकिरणको […]

चोरबाटोबाट राष्ट्रिय निकुञ्जमा केबलकार चलाउने तयारी

१३ असार, काठमाडौं । सरकारले कानूनविपरीत राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा केवलकार, रोपवे लगायतका भौतिक संरचना निर्माणको अनुमति दिने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाएर यस्तो संरचना बनाउन दिन लागेको हो । कार्यविधिमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विपरीतका गतिविधि […]

विश्वकप क्रिकेट : श्रीलंका र दक्षिण अफ्रिका भिड्दै, पल्लाभारी कसको ?

१३ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुँदैछ । दुई टिम जितको खोजीमा हुनेछन् । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलंकाको लागि जित्नै पर्ने हुन्छ । तर पराजित भएमा श्रीलंकाको सेमिफाइनल पुग्ने […]

श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा एक पक्राउ

१३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले चाबहिल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा १ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । […]

रुपन्देहीका १० जनाको जीपीए चार

१२ असार, बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा रुपन्देहीका १० जनाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) चार अंक हासिल गरेका छन् । बिहीबार सार्वजनिक नतिजाअनुसार बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट मात्रै सातजनाले जीपीए चार अंक प्राप्त गरेका हुन् । विद्यालयका अपिल चौधरी, क्षितिज डुम्रे, सोदिक्षा कुँवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का […]

सामुदायिकतर्फ एक प्रतिशतको पनि ‘ए प्लस’ आएन

१२ असार, काठमाडौं । बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा १७ हजार ५८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । परीक्षा नियन्त्रण कार्यालयकाअनुसार उनीहरू मध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजार ७८८ छन् भने सामुदायिकका जम्मा २ हजार ७९२ जना छन् । जबकी सहभागी संख्या निजीको तुलनामा समुदायिकमा झण्डै तीन गुणा बढी छ […]

कसका लागि लडे नेपालीले विश्वयुद्ध ?

१२ असार, काठमाडौं । विसं १९९० को भूकम्पको दुई महिनापछि प्रधानमन्त्री जुद्धसमशेरले कमान्डिङ इन चिफ रुद्र समशेरका खलकलाई सर्वस्वहरण गरेर पाल्पा धपाए । रुद्रका नाति पुरुषोत्तम समशेर राणाका अनुसार रुद्र खलकका सदस्य, सहयोगी, सुरक्षा गारतसमेत गरी दुई सयजना चारबुर्जा दरबार (हालको निर्वाचन आयोग भवन) छाडेर पाल्पा गएका थिए । रुद्र समशेरका चारबुर्जा दरबारमै जन्मिएका एकजना […]

माछापुच्छ्रे गाउँपालिकाले सबै विद्यालय प्याडयुक्त बनाउने

१२ असार, पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आउँदो आर्थिक वर्षमा सबै विद्यालय प्याडयुक्त हुने भएका छन् । गाउँपालिकाले बिहीबार आर्थिक वर्ष ०७५/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै विद्यालयलाई प्याडयुक्त बनाउने घोषणा गरेको हो । किशोरीहरु महिनावारीकै कारण बीचैमा पढाइ छाड्नेलगायतका समस्या उत्पन्न हुन थालेपछि गाउँपालिकाले नै स्यानिटरी प्याड वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष […]

दैलेखमा पेट्रोलियम अन्वेषण शुक्रबारबाट, आइपुग्यो चिनियाँ टोली

१२ असार, काठमाडौं । चीनले नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्ने भएको छ । यसका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आइसकेका छन् । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले शुक्रबारै दैलेख पुगेर पेट्रोलियम अन्वेषण सुरु गर्न लागेको हो । तीनवटा फरक-फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको […]

मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकलाई जसरी हुन्छ मर्जर (गाभिने) मा जानैपर्ने भन्दै दबाब दिएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले बिहीबार वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाई एक आपसमा गाभिनैपर्ने गरी निर्देशन दिए । गभर्नर नेपालले २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरका लागि साथी खोज्न बैंकलाई निर्देशन […]

चुरोटको स्टिकर गुट्खामा टाँसेर राजस्व छली, साढे ८७ करोडको मुद्दा

१२ असार, काठमाडौं । चुरोटको अन्तशुल्क स्टिकर गुट्खामा टाँसेर उद्योगी र व्यवसायीले राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योग र त्यसका उत्पादन बिक्री गर्ने व्यापारीविरुद्ध ८७ करोड ५५ लाख रुपैयाँ विगो दाविसहित नक्कली स्टिकर टाँसेर राजस्व छलीको आरोपमा मुद्दा दर्ता गरेको छ । राजस्व अनुसन्धान विभागले […]

कांग्रेसको आरोप : शेरधन राई भोजपुरको मात्रै मुख्यमन्त्री बने

१२ असार, विराटनगर । नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेटमा मुख्यमन्त्री शेरधन राईले आफ्नो जिल्ला भोजपुरमा ठूला योजना र कार्यक्रम केन्द्रित गरेको आरोप लगाएका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पुर्वाधार विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशभरीको बजेट भोजपुर जिल्लामा […]

प्रदेश ३ को विनियोजन विधेयक पारित

१२ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक बर्ष २०७६/७७ को विनियोजन बिधेयक प्रदेश सभाबाट बहुमतले पारित भएको छ । बिहीबार विधेयकमाथिको छलफल पश्चात आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले विधेयक पारितको लागि सभामा पेश गरेका थिए । मंगलबार, बुधबार र बिहीबार गरी तिनदिन विनियोजन बिधेयकमाथि प्रदेश सभामा छलफल भएको थियो । विधेयकमाथि छलफलमा […]

कुटपिटबाट युवकको मृत्युपछि शवसहित प्रदर्शन

१२ असार, सप्तरी । अपरिचित व्यक्तिको कुटाइबाट ज्यान गुमाएका युवकको परिवार र छिमेकीले बिहीबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । सप्तरीकै तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ बर्षीय कृष्ण बिराजीलाई राजविराज ७ मा अपरिचित व्यक्तिहरुको समूहले कुटपिट गर्दा ज्यान गएको थियो । कुटाइबाट गम्भीर घाइते भएका उनको विराटनगरमा उपचारको क्रममा ज्यान गएको छ । […]

वीरगञ्ज भन्सारमा आयात र निर्यातको फरक ५ खर्ब भन्दा बढी

१० असार, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा आयात र निर्यातबीचको फरक ५ खर्बभन्दा माथि पुगेको छ । २०७५ साउन देखि २०७६ जेठसम्ममा ५ खर्ब ३७ अर्ब ८७ करोडको मालसमान आयात भएको भने जम्मा २२ अर्ब ७४ करोड रुपैयाँको सामान मात्रै निर्यात भएको छ । वीरगञ्ज भन्सार हुँदै भारत तथा तेस्रो […]

प्रदेश २ का मन्त्रीप्रति राजपा नेतृत्व असन्तुष्ट

१२ असार, जनकपुरधाम । प्रदेश २ सरकारका सहभागी पार्टीका मन्त्रीहरुको कामकारबाहीप्रति राष्ट्रिय जनता पार्टी (राजपा) को नेतृत्व असन्तुष्ट देखिएको छ । नेताहरुका अनुसार मन्त्री हेरफेरबारे समेत आगामी बैठकमा छलफल हुनसक्छ । प्रदेश २ सरकारमा राजपाका तीन मन्त्री र तीन राज्यमन्त्री छन् । उनीहरुको कामकारबाही प्रभावकारी नभएको, धेरै बजेट आफ्नो क्षेत्रमा लगेको र आफू निकट कार्यकर्तालाई […]

एसईईमा ग्रेड कम आए के गर्ने ?

१२ असार, काठमाडौं । पुरानो एसएलसीको रिजल्ट सुन्ने बानी परेकाहरु एसईईको नतिजा आयो भन्नासाथ प्रश्न गर्छन्- यस वर्ष कतिजना पास भएछन् ? अनि कति विद्यार्थी फेल भएछन् ? तर, ग्रेडिङ सिस्टमले एसएलसीवालाहरुको पुरानो प्रश्नको सहज जवाफ दिँदैन । अर्थात यो प्रणालीमा विद्यार्थीलाई सीधै फेल भएको मानिँदैन । उनीहरु ग्रेडिङमा कम हुन सक्छन् । तर, ग्रेड […]

आँधी प्रभावित क्षेत्रका सुत्केरी र गर्भवतीलाई राहत सामग्री हस्तान्तरण

१२ असार, वीरगञ्ज । गत चैत १७ गते आएको आँधी प्रभावित क्षेत्रका २ सय जना भन्दा बढी गर्भवती, सुत्केरी महिलालाई बिहीबार राहत वितरण गरिएको छ । बाराको सुवर्ण गाउँपालिका वडा नं ४ हर्दिया, वडा नं ८ प्रसुरामपुर, वडा नं १ कवहीमा राहत वितरण गरिएको हो । असल छिमेकी नेपाल पोखराको टोलीले टोर्नाडो प्रभावित क्षेत्रमा पुगेर राहत […]

भारतीय फिल्म अवार्ड काठमाडौंमा गर्ने निर्णय

१२ असार, काठमाडौं । भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड) नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सहआयोजक रहनेछ । आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले ८ असारमा एउटा समिति गठन गरेको […]

५० जनाको एसईई रद्द, तीनखाले गडबडीले विद्यार्थीलाई तनाव

१२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ सालको एसईई परीक्षामा ५० विद्यार्थीको नतिजा रद्द भएको छ । तर, विभिन्न तीनवटा कारणले विहीबार नतिजा रोकिने विद्यार्थी चाहिँ अरु पनि छन्, सजका सम्बन्धमा आफूहरु गम्भीर रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । दुई जना विद्यार्थीको सबै विषयको नतिजा रद्द भएको छ । ४८ जनाको एउटा […]



from समाचार – Online Khabar https://ift.tt/2ITOjbQ
via IFTTT
Powered by Blogger.