समाचार
११ असार, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै फलामे अनुशासन भएको चुस्त मानिन्छ । धेरैले चीनको छलाङ र विश्वव्यापी प्रभावलाई पार्टी अनुशासनकै उपज मान्छन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङ अझै पनि पार्टीको पछिल्लो गतिविधि र अवस्थाबाट उति सन्तुष्ट छैनन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न केही […]
११ असार, अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु हो । मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका […]
११ असार, रामेछाप । रामेछापका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाले कृषि, पशुपालन तथा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७ को लागि ६८ करोड ५३ […]
११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज पाकिस्तानले अपराजित रहेको न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा यी दुई देशबीचको खेल सुरु हुनेछ । न्युजिल्यान्ड सेमिफाइनल यात्राबाट एक कदम मात्रै पछि छ । यदि आजको खेलमा […]
११ असार, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । नयाँ पत्रिका दैनिकले भारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) चाहिने नियम अध्यागमनले परिमार्जन गरेको लेखेको छ । भारतले एक वर्षदेखि आफ्नो देश हुँदै जाने नेपालीका लागि यस्तो नियम लागू गर्दै आएको थियो । तर, […]
११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया जारी विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने पहिलो टिम पनि बनेको छ । २८६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.४ ओभरमा सबै विकेटको […]
१० असार, काठमाडौं । सामाजिक सञ्जालको विषयलाई लिएर नेपाल प्रहरीमा दैनिक दर्जनौं गुनासा आउँछन् । हरेक पीडितको चाहना हुन्छ, चाँडै न्याय पाइयोस् । तर, प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम […]
९ असार, काठमाडौं । टेलिभिजन वितरकहरु प्रस्तावित ‘क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । आन्दोलनका नाममा उपभोक्ता अधिकारमाथि प्रहार गर्दै वितरकहरुले हिजो दिउसो ३ बजेदेखि २४ घन्टा सबै विदेशी च्यानलको प्रशारण बन्द गराए । कानूनका ज्ञाताहरु टेलिभिजिन वितरकको यस्तो कदमलाई अवैध र गैरकानुनी कार्य मान्छन् । साइबर कानूनका […]
१० असार, काठमाडौं । मंगलबार देशका ६ वटै महानगरपालिकामा आगामी आर्थिक वर्ष २०७६/७७ का बजेट सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिकाले सोमबार नै सार्वजनिक गरेको थियो । अन्य ५ महानगरपालिकाले मंगलबार आ–आफ्नो नगरसभामा बजेट प्रस्तुत गरे । ६ वटा महानगरपालिकाको कूल बजेट ३९ अर्ब ६६ करोड ९४ लाख पुगेको छ । चालु आव २०७५/७६ मा […]
१० असार, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाले ४४ करोड ८३ लाख ४० हजार १ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । तेस्रो नगर सभाको उद्घाटनसत्रमा नगरपालिकाको उप प्रमुख सलमा खातुनले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । बजेटको स्रोतमा आन्तरिक आय १ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ११ करोड ४६ लाख, राजश्व बाँडफाँडबाट […]
१० असार, रौतहट । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् । थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको […]
१० असार, वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा मंगलबार दुई विद्यार्थी बेहोस भएका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभुत विद्यालय र नेपाल राष्ट्रिय मावि निचुटामा अध्ययनरत विद्यार्थी मंगलबार विहान बेहोस भएका हुन् । उनीहरुलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि घर पठाइएको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई विद्यालयको कक्षा कोठामा बसेर […]
१० असार, चितवन । जिल्लाका ७ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकासहित रत्ननगर, कालिका, माडी, खैरहनी र राप्ती नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याएका हुन् । माडी नगरपालिकाले सोमबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्यो भने […]
१० असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चहरुबाट नेत्रविक्रम चन्द विप्लव मूलधारमा आउने दाबी गर्दै आएका छन् । मंगलबार भरतपुर महानगरको नगरसभालाई सम्बोधन गर्दा पनि उनले ढिलो चाँडो विप्लव मूलधारमा आउने दाबी गरे । त्यसक्रममा उनले एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग अलिअलि खल्बलिने गरी गरेको तर्क सुनाए […]
१० असार, बुटवल । रुपन्देही र दाङमा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा ३ र दाङमा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुपन्देहीको सैनामैना वडा नंं ७ आमी भन्ने स्थानका ६२ बर्षका चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं २ फुलबारीका ६० बर्षका नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा ७ […]
१० असार, पोखरा । कास्कीका ५ स्थानीय तहमध्ये ४ स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । पोखरा महानगरपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिकाले मंगलबार बजेट ल्याएका छन् । अन्नपूर्ण गाउँपालिकाले भने सोमबार नै बजेट ल्याएको छ भने माछापुच्छ्रे गाउँपालिकाले १२ गतेमात्र बजेट ल्याउने भएको छ । कास्कीका ४ स्थानीय तहबाट साढे ८ करोडभन्दा […]
१० असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्ब १८ करोडको बजेट ल्याएको छ । मंगलबार भैरहवामा आयोजित पाँचौं नगर सभामा नगर उपप्रमुख उमा काफ्लेले १ अर्ब १८ करोड ४७ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् । बजेटमा पूँजीगततर्फ १ अर्ब रुपैयाँ र चालुतर्फ समाजिक सुरक्षा समेत […]
१० असार, काठमाडौं । काठमाडौं उपत्यका जात्रैजात्राको शहर पनि हो । यहाँ अनेक जात्रा मनाइन्छ । त्यसमध्ये पशुपतिनाथ मन्दिर पवपर मनाइने त्रिशुल जात्रा भने भिन्न छ । यात्रामा बालबालिकालाई त्रिशुल रोपेको देखाइन्छ । नेपाल सम्वत तछलागा, भलाष्टमीको दिन पशुपतिनाथको देवपतन (ग्वल देश) र पशुपतिको जयबागेश्वरी क्षेत्रमा नेवार समुदायले मनाउने जात्रा हो यो । यो राजा […]
१० असार बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार नगर प्रमुख चित्रबहादुर कार्कीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४४ करोड ११ लाख १० हजार र पुँजीगततर्फ ४६ करोड ७४ लाख ४१ हजाररुपैयाँ विनियोजन गरिएको छ । बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त […]
१० असार, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक बर्ष २०७६/७७ को लागि प्रदेश ३ सरकारले ल्याएको विनियोजन बिधेयकको विरोध गरेको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा बोलेको भन्दा फरक गरी विनियोजन बिधेयक ल्याएको र बजेट मन्त्री र नेतामुखी भएको आरोप लगाउँदै कांग्रेसले बजेटको विरोध गरेको हो । १३ जिल्ला मध्ये ४ जिल्लालाई […]
१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । महानगरकी उपमेयर हरिप्रभा खड्कीले मंगलबार नगरसभालाई सम्वोधन गर्दै बजेट सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट चालु आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । महानगरले […]
from समाचार – Online Khabar https://ift.tt/2NfVOOv
via IFTTT






















