Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रहरीले फेसबुकबाटै थाल्यो सोधपुछ !

१० असार, काठमाडौं । सामाजिक सञ्जालको विषयलाई लिएर नेपाल प्रहरीमा दैनिक दर्जनौं गुनासा आउँछन् । हरेक पीडितको चाहना हुन्छ, चाँडै न्याय पाइयोस् । तर, प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम […]

क्लीन फिडको विरोधमा किन छन् टेलिभिजन वितरक ?

९ असार, काठमाडौं । टेलिभिजन वितरकहरु प्रस्तावित ‘क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । आन्दोलनका नाममा उपभोक्ता अधिकारमाथि प्रहार गर्दै वितरकहरुले हिजो दिउसो ३ बजेदेखि २४ घन्टा सबै विदेशी च्यानलको प्रशारण बन्द गराए । कानूनका ज्ञाताहरु टेलिभिजिन वितरकको यस्तो कदमलाई अवैध र गैरकानुनी कार्य मान्छन् । साइबर कानूनका […]

पोखरीया नगरपालिकाको बजेट ४४ करोड ८३ लाख

१० असार, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाले ४४ करोड ८३ लाख ४० हजार १ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । तेस्रो नगर सभाको उद्घाटनसत्रमा नगरपालिकाको उप प्रमुख सलमा खातुनले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । बजेटको स्रोतमा आन्तरिक आय १ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ११ करोड ४६ लाख, राजश्व बाँडफाँडबाट […]

प्रहरी भ्यान दुर्घटना हुँदा २ थुनुवाको मृत्यु

१० असार, रौतहट । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् । थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको […]

पर्सामा गर्मीले दुई विद्यार्थी बेहोस

१० असार, वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा मंगलबार दुई विद्यार्थी बेहोस भएका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभुत विद्यालय र नेपाल राष्ट्रिय मावि निचुटामा अध्ययनरत विद्यार्थी मंगलबार विहान बेहोस भएका हुन् । उनीहरुलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि घर पठाइएको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई विद्यालयको कक्षा कोठामा बसेर […]

चितवनका ६ स्थानीय तहको बजेट कति ?

१० असार, चितवन । जिल्लाका ७ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकासहित रत्ननगर, कालिका, माडी, खैरहनी र राप्ती नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याएका हुन् । माडी नगरपालिकाले सोमबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्यो भने […]

विप्लवलाई बम्बई पुर्‍याएको होइन, काठमाडौं ल्याएको हुँ : प्रचण्ड

१० असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चहरुबाट नेत्रविक्रम चन्द विप्लव मूलधारमा आउने दाबी गर्दै आएका छन् । मंगलबार भरतपुर महानगरको नगरसभालाई सम्बोधन गर्दा पनि उनले ढिलो चाँडो विप्लव मूलधारमा आउने दाबी गरे । त्यसक्रममा उनले एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग अलिअलि खल्बलिने गरी गरेको तर्क सुनाए […]

चट्याङ लागेर रुपन्देही र दाङमा ६ जनाको मृत्यु

१० असार, बुटवल । रुपन्देही र दाङमा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा ३ र दाङमा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुपन्देहीको सैनामैना वडा नंं ७ आमी भन्ने स्थानका ६२ बर्षका चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं २ फुलबारीका ६० बर्षका नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा ७ […]

कास्कीका स्थानीय तहको बजेट साढे ९ अर्ब

१० असार, पोखरा । कास्कीका ५ स्थानीय तहमध्ये ४ स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । पोखरा महानगरपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिकाले मंगलबार बजेट ल्याएका छन् । अन्नपूर्ण गाउँपालिकाले भने सोमबार नै बजेट ल्याएको छ भने माछापुच्छ्रे गाउँपालिकाले १२ गतेमात्र बजेट ल्याउने भएको छ । कास्कीका ४ स्थानीय तहबाट साढे ८ करोडभन्दा […]

सिद्धार्थनगर भैरहवाले ल्यायो १ अर्ब १८ करोडको बजेट

१० असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्ब १८ करोडको बजेट ल्याएको छ । मंगलबार भैरहवामा आयोजित पाँचौं नगर सभामा नगर उपप्रमुख उमा काफ्लेले १ अर्ब १८ करोड ४७ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् । बजेटमा पूँजीगततर्फ १ अर्ब रुपैयाँ र चालुतर्फ समाजिक सुरक्षा समेत […]

राक्षस तर्साउने त्रिशुल जात्रा, हेर्नुस् ९ तस्वीर

१० असार, काठमाडौं । काठमाडौं उपत्यका जात्रैजात्राको शहर पनि हो । यहाँ अनेक जात्रा मनाइन्छ । त्यसमध्ये पशुपतिनाथ मन्दिर पवपर मनाइने त्रिशुल जात्रा भने भिन्न छ । यात्रामा बालबालिकालाई त्रिशुल रोपेको देखाइन्छ । नेपाल सम्वत तछलागा, भलाष्टमीको दिन पशुपतिनाथको देवपतन (ग्वल देश) र पशुपतिको जयबागेश्वरी क्षेत्रमा नेवार समुदायले मनाउने जात्रा हो यो । यो राजा […]

सैनामैनाको बजेट ९० करोड ८५ लाखको बजेट

१० असार बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार नगर प्रमुख चित्रबहादुर कार्कीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४४ करोड ११ लाख १० हजार र पुँजीगततर्फ ४६ करोड ७४ लाख ४१ हजाररुपैयाँ विनियोजन गरिएको छ । बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त […]

कांग्रेसको अवरोधले ३० मिनेट संसद स्थगित

१० असार, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक बर्ष २०७६/७७ को लागि प्रदेश ३ सरकारले ल्याएको विनियोजन बिधेयकको विरोध गरेको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा बोलेको भन्दा फरक गरी विनियोजन बिधेयक ल्याएको र बजेट मन्त्री र नेतामुखी भएको आरोप लगाउँदै कांग्रेसले बजेटको विरोध गरेको हो । १३ जिल्ला मध्ये ४ जिल्लालाई […]

काठमाडौं महानगरको बजेट : पूर्वाधारमा ३९ प्रतिशत

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । महानगरकी उपमेयर हरिप्रभा खड्कीले मंगलबार नगरसभालाई सम्वोधन गर्दै बजेट सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट चालु आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । महानगरले […]

नक्कली ‘सगुन’सँग प्रेम, बिहे गरौं भन्दा मृत्युको खबर !

१० असार, काठमाडौं । दोलखाका २४ वर्षीय हरिबहादुर कार्कीलाई छिमेकी संगीता बस्नेतले म्यासेन्जरमा ‘सगुन’ को ‘प्रोफाइल लिंक’ पठाउँदै भनिन्, ‘सी लभ्स यू ।’ नेपाली सेनाका जागिरे कार्की बिहेका लागि उपयुक्त साथीको खोजीमा थिए । छिमेकीबाट आएको म्यासेजले उनलाई लोभ्यायो । तुरुन्त सगुनलाई फेसबुकमा साथी बन्न प्रस्ताव गरे । उनीहरुबीच कुराकानी हुन थाल्यो । काममा व्यस्त […]

तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड, शिक्षामा बढी

१० असार, बुटवल । शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभामा नगर उप–प्रमुख जागेश्वरी चौधरीले मंगलबार आर्थिक वर्ष २०७६/७७ को लागि एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो वजेट चालु आर्थिक वर्षको भन्दा झण्डै १९ […]

प्रदीप यादवलाई ६ महिना निलम्वन गर्ने समाजवादी पार्टीको निर्णय

१० असार, काठमाडौं । समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ । लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई निलम्बन गरिएको हो । गत मेमा भएको कार्यक्रममा यादवसँगै राजपाका सांसद एकवाल मियाँ सहभागी भएका थिए । नेपाली सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक […]

भरतपुरका जनप्रतिनिधिलाई प्रचण्डको सुझाव : भष्टाचार गरेको भए आजैबाट छाड्नुस्

१० असार, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर नमुना महानगर बन्न सक्ने बताएका छन् । मंगलबार चौथो नगरसभालाई सम्बोधन गर्दै प्रचण्ड भष्टाचार नहुने स्थानीय तहका रुपमा भरतपुर महानगरपालिकालाई नमूना रुपमा प्रस्तुत गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । भरतपुरका मेयर रेनु प्रचण्डकी छोरी हुन् । ‘कम्तीमा रेनुलाई त म राम्रोसँग चिन्छु […]

पोखरामा नीति तथा कार्यक्रमबाटै हरायो मोनोरेल !

१० असार, पोखरा । पोखरा महानगरपालिकाले गत वर्ष नीति तथा कार्यक्रममा ‘महानगरमा गौरवका योजना’ भन्दै महत्वाकांक्षी योजनाहरु अघि सार्‍यो । एक वर्षपछि मंगलबार आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रम ल्याउँदा केही गौरव योजनाले निरन्तरता पायो भने केही हटाइएको छ । महानगरले गत वर्ष चालु आवमा फेवादेखि बेगनास तालसम्म मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने […]

बुटवलको बजेट एक अर्ब ९० करोड

१० असार बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान समावेश […]

साढे ३५ करोडमा जम्मा ३७३१ सीमास्तम्भ !

१० असार, काठमाडौं । नेपालले भारतसँगको आधा सीमास्तम्भ पनि दुरुस्त राख्न सकेको छैन । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार प्रतिनिधिसभामा दिएको जानकारी अनुसार विगत पाँच वर्षमा जम्मा ३७ सय ३१ वटा सीमास्तम्भ मर्मत र निर्माण भएका छन् । जसमध्ये दुई हजार ३५ वटा नयाँ र एक हजार ६९६ वटा मर्मत सम्भार भएको ज्ञवालीले बताए । […]



from समाचार – Online Khabar https://ift.tt/2RztmFO
via IFTTT
Powered by Blogger.