समाचार
१० असार, काठमाडौं । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको […]
१० असार, काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेल सोमबार साँझ दक्षिण कोरियाको भ्रमणमा निस्केका छन् । कोरियन सरकारको निम्तोमा महासचिव पौडेलले कोरियाको चार दिने भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा महासचिव पौडेलले दक्षिण कोरियामा जलविद्युत आयोजना, रेल कम्पनी, आइसीटी केन्द्र र सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्ने नेकपाका कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जनाएका छन् । […]
१० असार, काठमाडौं । अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । प्रतिबन्धको निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पनि पारिएको बीबीसीले जनाएको छ । ट्रम्पले भनेका छन् नयाँ प्रतिबन्ध अमेरिकी ड्रोनमा आक्रमण गरेका लगायतका कारण लगाइएको हो । नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि […]
१० असार, काठमाडौं । उरुग्वे कोपा अमेरिका फुटबलमा समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान भएको खेलमा चेलीलाई १-० गोलअन्तरले पराजित गर्दै उग्रुवे क्वाटरफाइनलमा प्रवेश गरेको हो । यद्यपि चिली पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेको उरुग्वेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न सफल […]
१० असार, काठमाडौं । वेष्ट इन्डिजका अलराउण्डर आन्ड्रे रसेल विश्वकप क्रिकेटबाट आउट भएका छन् । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा रसेलले चोटकै कारण राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी)ले जनाएअनुसार रसेलले घुँडाको चोटको कारण विश्वकपका बाँकी खेल गुमाएका हुन् । रसेलको स्थानमा २६ वर्षीय ब्याट्सम्यान सुनिल अम्बरिसलाई टिममा बोलाइएको छ […]
१० असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्ड्समा हुने विश्वकप खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । यी दुई टिमबीचको खेल यो अर्थमा पनि महत्वपूर्ण छ कि अष्ट्रेलिया सेमिफाइनल प्रवेश नजिक छ भने इंग्ल्यान्ड पनि सेमिफाइनल दौडमा छ । आफ्नो पहिलो खेलमा […]
१० असार, काठमाडौं । मंगलबार प्रकाशित पत्रपत्रिकाले केबुल टेलिभिजनद्वारा अन्तर्राष्ट्रिय च्यानल दुई दिन बन्द गरेकोमा आपत्ति जनाएका छन् । विदेशी विज्ञापन बजाउन पाउनुपर्ने भन्दै केबुल टीभीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण गराएका थिए । ग्राहकसँग पैसा असुलेर यसरी च्यानल बन्द गराउनु गलत भएको नयाँ पत्रिका र कान्तिपुरले लेखेका छन् । नयाँ पत्रिकाले ‘उपभोक्ता […]
१० असार, काठमाडौं । शकिब अल हसनको सानदार प्रदर्शनमा बंगलादेशले विश्वकप क्रिकेटमा अफगानिस्तानलाई ६२ रनले हराएको छ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा सोमबार अफगानिस्तानलाई हराउँदै बंगलादेश सात अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । यो जितसँगै बंगलादेशले विश्वकप सेमिफाइनलमा पुग्ने आफ्नो लक्ष्यलाई कायमै राखेको छ । २६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ४७ ओभरमा सबै विकेटको क्षतिमा […]
९ असार, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा १४ जनाको समूहले दुई युवतीको सामूहिक बलात्कार गरेका छन् । त्यसमा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक समेत पक्राउ परेका छन् । घटना २ असारको साँझ हो । तर एक सातापछि उजुरी परेको प्रहरीले जनाएको छ । पीडित युवतीहरुले दिएको जाहेरीअनुसार उनीहरु २ गते साँझ स्थानीय […]
९ असार, काठमाडौं । अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ । एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन्, जसमध्ये धनकुटाको […]
९ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६-०७७ का लागि ४ अर्ब ४८ करोडको बजेट सार्वजनिक गरेको छ । ‘औद्योगिक तथा व्यापारिक शहर, सुसंस्कृत, सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नाराका साथ सोमबारबाट शुरु भएको नगर सभाको पाँचौ अधिवेशनमा नगर प्रमुख विजय कुमार सरावगीले नीति तथा कार्यक्रमका साथै ४ अर्ब ४८ करोड १३ लाख […]
९ असार, बुटवल । शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरको आजबाट सुरु पाँचौं नगरसभामा आव २०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे । बुटवल उप–महानगरपालिकाले आसपासका नगर […]
९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकारले कम्युनिस्ट सत्ता निर्माणको प्रयास गरेको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा मन पर्ने देश भन्दै कम्बोडियाको उदाहरण दिए । उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्यो भन्ने होइन । सरकार चलाउन नसकेको नेपाल कम्युनिस्ट पार्टीले […]
९ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्ज माइस्थानस्थित केपी स्वर्णकार केन्द्र ज्वेलर्समा छापा मारी ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम सुन नियन्त्रणमा लिएको छ । प्रहरीले सुन पसलमा काम गर्ने २ जना भारतीय नागरिकसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । […]
९ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट नक्कली स्मार्ट लाइसेन्स बनाएर ठगी गरेको आरोपमा एक युवकलाई पक्रेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १४ पिपरा बस्ने २८ बर्षका सन्तोष राउत कुर्मी पक्राउ परेका हुन् । नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) बनाउने कार्यमा संलग्न भएकोले कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नक्कली […]
९ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको जिल्ला कमिटी घोषणा गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा जिल्ला कमिटीका सचिव कृष्णभक्त पोखरेलले ११५ सदस्यीय जिल्ला कमिटीको घोषणा गरे । नयाँ जिल्ला कमिटीमा तत्कालिन नेकपा एमालेबाट ८० र तत्कालिन माओवादी केन्द्रबाट ७५ जना समावेश गरिएको छ । नेकपाको प्रदेश कमिटीले जिल्ला कार्यसमितिमा […]
९ असार, रामेछाप । सुनापति गाउँपालिका २ का सवओभरसियर हिमाल खड्कालाई वडाअध्यक्ष कमल केसीले कुटपीट गरेपछि प्राविधिकहरुले सोमबारदेखि कामकाज ठप्प पारेका छन् । वडाअध्यक्ष माथि एक हप्ताभित्र कानुनी कारबाही सुरु नगरे जिल्लाभरिकै प्राविधिक आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन तर्फका असिष्टेन्ट सव इञ्जिनियर वझाङका खड्कामाथि वडाअध्यक्ष […]
९ असार, विराटनगर । आइतबार मोरङ प्रहरीले बेलबारी स्कुलडाँडाबाट अशोक राई र सुदीप भनिने कंश धिमाललाई पक्राउ गर्यो । माओवादी केन्द्र हुँदै विप्लव समूहमा लागेका राईले पछिल्लो समय मोरङ जनपरिषद प्रमुखको जिम्मेवारी पाएका थिए । विस्फोटका घटनामा संलग्न भएका राई प्रहरीबाट जोगिन पछिल्लो केही दिनयता कानेपोखरी गाउँपालिका– ६ स्थित कंशको घरमा थिए । कंशसँगै को […]
९ असार, काठमाडौं । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले भ्याटमा दर्ता हुनुपर्ने निर्णय नसच्याए डेलिभरी अर्डर नलिने घोषणा गरेको छ । संघको प्रदेश १ स्तरीय बैठकले व्यवसायीमैत्री व्यवस्था नल्याए प्रदेश एक अन्तर्गतका र सप्तरी, सिराहाका डिपोमा पनि पीडिओ (प्रडक्ट डेलिभरी अर्डर) नबुझ्ने निर्णय गरेको हो । यस्तै व्यवसायीहरुले फ्ल्याटमा कर तिर्न पाउनुपर्ने व्यवस्था गरिदिन पनि […]
९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति बनाउने अन्तिम तयारीमा छ । मौद्रिक नीतिमा आउने विविध विषयमध्ये एउटा चासोको विषय हो मर्जर नीति । विगतमा एक्कासी चार गुणा चुक्ता पुँजी बढाउने निर्णय गर्दा आलोचना खेपेको राष्ट्र बैंक अन्ततः सफल भयो । यस वर्ष पनि ठूला बैंकहरुको […]
९ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ७ सय ५३ वटै स्थानीय तहको बजेट भोलि (मंगलबार) सार्वजनिक हुँदैछ । अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्यवको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । अघिल्लो वर्ष धेरै स्थानीय […]
from समाचार – Online Khabar http://bit.ly/2xbuLcv
via IFTTT






















