Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कावासोती नगरपालिकाका उपमेयरको गाडीमा आगजनी

१० असार, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । आजगनीबाट गाडीको  पछाडिको भाग सामान्य जलेको छ । प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा […]

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

१० असार, सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन […]

पर्यटक प्रहरीमा उजुरी : सामान हराएकोदेखि आफैं हराएकोसम्म

१० असार, काठमाडौं । पटक–पटक हुने बन्द–हड्ताल, कमजोर भौतिक पूवार्धार, दूर्घटनाजस्ता कारणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खराब प्रचार हुने गर्छ । यसको सीधा असर पर्यटन उद्योगमा पर्छ । तर, पछिल्लो समय नेपालको पर्यटन क्षेत्र निकै सुरक्षित देखिएको छ । सन् २०१८ मा आएका कूल ११ लाख ७३ हजार ७२ जना पर्यटकमध्ये केवल ६ सय १९ जना […]

नेपाल–चीन रेलवार्ता : डीपीआर मुद्दामा किन पसेन चीन ?

१० असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले गर्ने भाषण पत्याउने हो भने चीन र काठमाडौंलाई रेलमार्गले जोड्न धेरै वर्ष लाग्दैन । तर, दुई देशबीच भएको पछिल्लो बैठकमा चीनले आधारभूत विषयमै प्रश्न उठाएपछि नेपाली पक्ष नाजवाफ बनेको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सूचीकृत केरुङ–काठमाडौं रेलमार्ग निर्माणको प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन प्राविधिक […]

मनसुनले ल्याउने विपद् टार्न तीन ठाउँमा हेलीकोप्टरको तयारी

१० असार, काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु भइसकेको छ । मनसुनको वर्षा किसानका लागि जति महत्वपूर्ण छ, यसले निम्त्याउने खतराहरु पनि कम छैनन् । खासगरी प्राकृतिक विपत्तीको समयमै आंकलन गर्न नसक्नु, दुर्घटना भइसकेपछि बेलैमा उद्धार टोली पुग्न नसक्नु र पूनस्र्थापनामा ढिलाईले अत्यधिक जनधनको क्षति हुने गर्छ । त्यसैले सरकारले हरेक वर्ष मनसुन अगाडि […]

नक्कली बमको त्रास : कहीँ माटो र तार, कहीँ झोलाभित्र किताब

१० असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरको कार्यालयमा मंगलबार बिहानै एक स्थानीयले टेलिफोन गरे, ‘नयाँबजार गेटनजिकै बम छ, आइदिनुपर्‍यो ।’ स्थानीयको खबरलगत्तै बम भनिएको स्थानमा प्रहरी पुग्यो । त्यतिबेलासम्म त्यहाँ हेर्नेको भीड नै लागिसकेको थियो । सडकमा भीड लागेकाले सवारी आवागमनसमेत रोकिएको थियो । त्यसपछि प्रहरीले शंकास्पद वस्तुलाई घेरा हाल्यो र नेपाली सेनाको बम […]

डेनमार्कमा कांग्रेसको भेला : कति सफल, कति असफल ?

१० असार, बार्सिलोना । डेनमार्कको कोपनहेगनमा नेपाली कांग्रेसको तीनदिने प्रशिक्षण भेला सकिएको छ । कोपहेगनको भेस्टरपोर्टमा अवस्थित रिचमण्ड होटलमा तीन दिनसम्म चलेको भेलामा विश्वभरबाट २४ जनसम्पर्क समितिका २ सय बढी प्रतिनिधिले भाग लिएका थिए । पार्टीको केन्द्रिय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको थियो । डेनमार्कमा हुने प्रशिक्षण […]

बन्दले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित

१० असार, काठमाडौं । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको […]

नेकपा महासचिव विष्णु पौडेल कोरिया प्रस्थान

१० असार, काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेल सोमबार साँझ दक्षिण कोरियाको भ्रमणमा निस्केका छन् । कोरियन सरकारको निम्तोमा महासचिव पौडेलले कोरियाको चार दिने भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा महासचिव पौडेलले दक्षिण कोरियामा जलविद्युत आयोजना, रेल कम्पनी, आइसीटी केन्द्र र सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्ने नेकपाका कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जनाएका छन् । […]

इरानमा अमेरिकाले लगायो नयाँ प्रतिबन्ध, सर्वोच्च नेता खमेनी पनि निशानामा

१० असार, काठमाडौं । अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । प्रतिबन्धको निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पनि पारिएको बीबीसीले जनाएको छ । ट्रम्पले भनेका छन् नयाँ प्रतिबन्ध अमेरिकी ड्रोनमा आक्रमण गरेका लगायतका कारण लगाइएको हो । नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि […]

चिलीलाई हराउँदै उरुग्वे समूह विजेता

१० असार, काठमाडौं । उरुग्वे कोपा अमेरिका फुटबलमा समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान भएको खेलमा चेलीलाई १-० गोलअन्तरले पराजित गर्दै उग्रुवे क्वाटरफाइनलमा प्रवेश गरेको हो । यद्यपि चिली पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेको उरुग्वेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न सफल […]

वेष्ट इन्डिजका अलराउण्डर रसेल विश्वकपबाट आउट !

१० असार, काठमाडौं । वेष्ट इन्डिजका अलराउण्डर आन्ड्रे रसेल विश्वकप क्रिकेटबाट आउट भएका छन् । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा रसेलले चोटकै कारण राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी)ले जनाएअनुसार रसेलले घुँडाको चोटको कारण विश्वकपका बाँकी खेल गुमाएका हुन् । रसेलको स्थानमा २६ वर्षीय ब्याट्सम्यान सुनिल अम्बरिसलाई टिममा बोलाइएको छ […]

विश्वकप क्रिकेटः आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

१० असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्ड्समा हुने विश्वकप खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । यी दुई टिमबीचको खेल यो अर्थमा पनि महत्वपूर्ण छ कि अष्ट्रेलिया सेमिफाइनल प्रवेश नजिक छ भने इंग्ल्यान्ड पनि सेमिफाइनल दौडमा छ । आफ्नो पहिलो खेलमा […]

आजका पत्रपत्रिका : केबुल टीभीको दादागिरी, ग्राहकसँग पैसा असुलेर च्यानल बन्द

१० असार, काठमाडौं । मंगलबार प्रकाशित पत्रपत्रिकाले केबुल टेलिभिजनद्वारा अन्तर्राष्ट्रिय च्यानल दुई दिन बन्द गरेकोमा आपत्ति जनाएका छन् । विदेशी विज्ञापन बजाउन पाउनुपर्ने भन्दै केबुल टीभीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण गराएका थिए । ग्राहकसँग पैसा असुलेर यसरी च्यानल बन्द गराउनु गलत भएको नयाँ पत्रिका र कान्तिपुरले लेखेका छन् । नयाँ पत्रिकाले ‘उपभोक्ता […]

१४ जनाले गरे दुई युवतीको सामूहिक बलात्कार

९ असार, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा १४ जनाको समूहले दुई युवतीको सामूहिक बलात्कार गरेका छन् । त्यसमा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक समेत पक्राउ परेका छन् । घटना २ असारको साँझ हो । तर एक सातापछि उजुरी परेको प्रहरीले जनाएको छ । पीडित युवतीहरुले दिएको जाहेरीअनुसार उनीहरु २ गते साँझ स्थानीय […]

टेबलमाथि सलामी थाप्ने मेयर भन्छन्– बदनाम हुँदा नमज्जा लाग्यो !

९ असार, काठमाडौं । अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ । एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन्, जसमध्ये धनकुटाको […]

वीरगञ्ज महानगरको बजेट ४ अर्ब ४८ करोड

९ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६-०७७ का लागि ४ अर्ब ४८ करोडको बजेट सार्वजनिक गरेको छ । ‘औद्योगिक तथा व्यापारिक शहर, सुसंस्कृत, सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नाराका साथ सोमबारबाट शुरु भएको नगर सभाको पाँचौ अधिवेशनमा नगर प्रमुख विजय कुमार सरावगीले नीति तथा कार्यक्रमका साथै ४ अर्ब ४८ करोड १३ लाख […]

बुटवल उपमहानगरको नीति : मेगा सिटी बनाउने, ३ वर्षमा बेरोजगारी शून्यमा झार्ने

९ असार, बुटवल । शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरको आजबाट सुरु पाँचौं नगरसभामा आव २०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे । बुटवल उप–महानगरपालिकाले आसपासका नगर […]

गगनले गरे प्रधानमन्त्री ओलीलाई हुन सेनसँग तुलना

९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकारले कम्युनिस्ट सत्ता निर्माणको प्रयास गरेको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा मन पर्ने देश भन्दै कम्बोडियाको उदाहरण दिए । उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्यो भन्ने होइन । सरकार चलाउन नसकेको नेपाल कम्युनिस्ट पार्टीले […]

वीरगञ्जको सुन पसलबाट २ किलो सुन र ४२ लाखसहित ८ जना पक्राउ

९ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्ज माइस्थानस्थित केपी स्वर्णकार केन्द्र ज्वेलर्समा छापा मारी ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम सुन नियन्त्रणमा लिएको छ । प्रहरीले सुन पसलमा काम गर्ने २ जना भारतीय नागरिकसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । […]

नक्कली स्मार्ट लाइसेन्स बनाउने युवक पक्राउ

९ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट नक्कली स्मार्ट लाइसेन्स बनाएर ठगी गरेको आरोपमा एक युवकलाई पक्रेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १४ पिपरा बस्ने २८ बर्षका सन्तोष राउत कुर्मी पक्राउ परेका हुन् । नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) बनाउने कार्यमा संलग्न भएकोले कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नक्कली […]



from समाचार – Online Khabar http://bit.ly/2XuL7M6
via IFTTT
Powered by Blogger.