समाचार
८ साउन, सुर्खेत । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफ्नै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए । […]
८ साउन, तम्घास । पहिरोका कारण गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घा सडक सम्पर्कबाट पूर्णरुपमा बिच्छेद हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भएको छ । ठूलोलुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । राहत बोकेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै रोकिएका छन् । करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानेकुरा पुर्याउन नसक्दा बिचल्ली […]
८ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले बुधबार बिहान चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ का वडाध्यक्ष चइन्द्र […]
८ साउन, डोटी । बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८, आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका […]
८ साउन, काठमाडौं । ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसका लागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ । वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा […]
८ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् । अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो । प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन । यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्याएर फर्कंदै गरेको […]
८ साउन, काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बजे र्याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए । ‘हाम्रो सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘साँझ ४ […]
८ साउन, काठमाडौं । सशस्त्र प्रहरीले १५१ डीएसपीको एकैपटक सरुवा गरेको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने उल्लेख छ । हेर्नुहोस् सरुवा […]
८ साउन, काठमाडौं । बोरिस जोन्सन ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । ब्रेक्जिट विवादका कारण टेरिजा मेले पद त्यागेपछि बोरिसले बुधबार ब्रिटेनको सत्ता सम्हाल्दै छन् । सत्ताधारी कन्जर्भेटिभ पाटीको नेताको लागि भएको चुनावमा बोरिसको प्रतिस्पर्धा जेरेमी हन्टसँग भएको थियो । अन्ततः यो प्रतिस्पर्धामा बोरिस सफल भए । प्रधानमन्त्रीको बागडोर सम्हाल्न लागेका बोरिसको जीवन उतारचढावले […]
८ साउन, काठमाडौं । क्यालम हडसन ओडोईले चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका छन् । १८ वर्षीय हडसनले साताको एक लाख पाउण्ड पाउने गरी चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । चोटकै कारण मैदानबाहिर रहँदै आएका उनले चेल्सीबाट गएको सिजनमा २४ खेल मात्रै खेले । जसमा उनले पाँच गोल गर्न भने सफल […]
८ साउन, पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युतगृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युतगृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा […]
८ साउन, काठमाडौं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय गौरवका आयोजनामा करीव ७७ अर्ब रुपैयाँ खर्च गरेको छ । विनियोजित कुल रकममा यो खर्च औसत ८९ प्रतिशत हो । देशको अर्थतन्त्रलाई नै माथि उठाउने भनेर सरकारले महत्व दिएका आयोजनाहरुको प्रगति गत आवमा सन्तोषजनक छैन । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल होस या दू्तमार्ग, मेलम्ची खानेपानी […]
८ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याएको भोलिपल्टै अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘तपाईंहरु एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं ।’ बजेटमा सडक सुधारका लागि भन्दै डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ‘सडक सुधार कर’ लगाएका खतिवडाले अब खाल्डो भएको सडकमा हिँड्न र सवारी गुडाउनु नपर्ने बताएका थिए । बजेट आएको […]
८ साउन, काठमाडौं । पर्यटक बढ्ने आशामा नेपालमा ठूलो लगानीका तारे होटलहरु खोल्ने क्रम बढिरहेको छ । तर, अहिले भएकै होटलहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा होटेलको अकुपेन्सी औसत ६५ प्रतिशत हाराहारी थियो । सन् २०१९ को पहिलो ६ महिनासम्म औसत ६० […]
७ साउन, काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको वर्ष दिन हुन लागेको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले गरेका ११ महिनाका प्रयास अहिलेसम्म खेर गएका छन् । एकातर्फ निर्मलाका हत्यारा पत्ता लगाउनु दूरहपूर्ण बनिरहेको […]
७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो । वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ […]
७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणको राजनीतिकरण भएको भन्दै असन्तुष्टि जनाएका छन् । गृह जोडिएको छ, अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद भएको उनले बताए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको बताए । तर यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसक्ने भन्दै उनले […]
७ साउन, काठमाडौं । नेपालमा प्रशारित विदेशी टेलिभिजनहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउने उद्देश्यसहित सरकारले ल्याएको विज्ञापन नियमनसम्बन्धी विधेयक राष्ट्रिय सभामा काटकुट भएको छ । अहिले यो विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफलमा छ । मंगलबार पनि समितिमा यसबारे गर्मागर्मी बहस भयो । यो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पास भएर प्रतिनिधि सभाको विकास तथा […]
७ साउन, काठमाडौं । सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा एउटा निजी कम्पनी भने एक कदम अगाडि बढिसकेको छ । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म बिजुली बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गर्यो । सुन्दरले काठमाडौंसहित देशमा मुख्य शहरहरुलाई लक्षित गर्दै चीनको ‘बीएके’ ब्रान्डका […]
७ साउन, इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक स्थानमा रहेका तर व्यक्तिले उपभोग गरिरहेका पोखरी उपमहानगरको मातहतमा ल्याउने अभियान सुरु गरेका छन् । त्यस्ता पोखरीहरु व्यक्तिले प्रयोग गरिरहेको भन्दै मेयर चौधरीले पोखरीमा माछाका भुरासमेत हाल्ने कामसमेत थालेका छन् । जमिन्दारहरुले पचासांै बर्षदेखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको […]
७ साउन, पोखरा । बेलायती नागरिक रोय वल्स्टन कफ्ट त्यहाँका सरकारी जागिरे थिए । ‘डबल पेन्सन’ खाइरहेका उनलाई एउटै रहर थियो, बाँकी जीवन नेपालमै बिताउने । नेपालमा बस्ने रहरले नै उनले नेपाली केटीसँग बिहे पनि गरे । तर बिहेपश्चात रोयले बिहे गरेकी केटी बेलायत गएर बसिन् । नेपाली श्रीमती नेपाल आउनै नमानेपछि उनले सम्बन्धविच्छेद गरे […]
from समाचार – Online Khabar https://ift.tt/2y8EQHo
via IFTTT






















